• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    अनि हुन्छ… जमल जलमग्न

    अनि हुन्छ… जमल जलमग्न

    येन स्थिरतामा अमेरिकाको जोड

    येन स्थिरतामा अमेरिकाको जोड

    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमसीसीका तीनवटै सबस्टेशनको ठेक्का लाग्यो

by
१७ साउन २०८१,
0
एमसीसीका तीनवटै सबस्टेशनको ठेक्का लाग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता आज सम्पन्न भएको घोषणा गरेको छ ।

यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेशनजस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेशनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले यी तीनवटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे ।

समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरेले भने, ‘यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरेका निरन्तर प्रयासको राम्रो सङ्केत हो । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्त्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।’

अमेरिकी राजदूत थम्प्सनले भने, ‘आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमाकाँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।’

अगाडि थपे, ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अङ्ग बन्दैछ ।’

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोसेढुङ्गा हो । यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकाय अर्थ मन्त्रालय, एमसिए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।’

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेशनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ ।

अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

Previous Post

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

Next Post

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

सम्बन्धित खबर

त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
फिचर-ब्यानर

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

२० साउन २०८३,
अनि हुन्छ… जमल जलमग्न
फिचर-ब्यानर

अनि हुन्छ… जमल जलमग्न

२० साउन २०८३,
येन स्थिरतामा अमेरिकाको जोड
अन्तर्राष्ट्रिय

येन स्थिरतामा अमेरिकाको जोड

२० साउन २०८३,
इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
समाचार

इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

२० साउन २०८३,
न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
समाचार

न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

२० साउन २०८३,
प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय
समाचार

प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

२० साउन २०८३,
Load More
Next Post
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In