• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा

by
१६ साउन २०८१,
0
मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा

जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

जबकि गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ ।

यस वर्ष कोशी प्रदेशमा ९० दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशीमा दुई लाख ५० हजार ६ सय २४ दशमलव ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३ सय ८६ दशमलव ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको तथ्याङ्क रहेको छ । यस प्रदेशमा गत वर्ष ८३ दशमलव ३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो ।

मधेस प्रदेशमा गत वर्ष ५८ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा पनि रोपाइँको अवस्था बढेको तथ्याङ्कले देखाएको छ । यस प्रदेशमा अघिल्लो वर्ष ८० दशमलव १ प्रतिशत रोपाइँ भएकामा यस वर्ष बढेर ९० दशमलव ८ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ८२ दशमलव ३ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ८० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा गत वर्ष यही अवधिमा ९९ दशमलव २ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ६८ दशमलव ६ प्रतिशतमा रोपाइँ भएको थियो । यो भनेको जम्मा नौ लाख ५९ हजार ७४६ दशमलव ०२ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो । तर रोपाइँको अवस्था बढेर आजसम्म १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले मनसुन यता अहिलेसम्म औसतभन्दा बढी पानी परेको जानकारी दिए । ‘आजसम्म ५८ दशमलव ६ प्रतिशत अर्थात् देशभर औसतमा आठ सय ६७ मिलिमिटर पानी परेको छ,’ उनले भने, ‘कतिपय स्थानमा कम पानी र कतै बढी पानी परेको छ । उदाहरणका लागि विराटनगरमा झन्डै शतप्रतिशत पानी परेको छ भने दिपायल र डोटीमा ९० प्रतिशत वर्षा भएको छ । यसैगरी सिमरामा भने जम्मा ३३ प्रतिशत वर्षा भएको छ ।’

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकैभरमा सम्पन्न हुने गरेका छन् । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ । जसले गर्दा अधिकांश किसानले आकाशबाट कहिले पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था रहेको छ । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष राम्रो वर्षा हुँदा गत वर्षको तुलनामा धान रोपाइँ राम्रो भएको जानकारी दिए । ‘गत वर्षको तुलनामा यस वर्ष राम्रो वर्षा भएकाले रोपाइँ विस्तार भएको छ, यस वर्ष शतप्रतिशत नै रोपाइँ हुने अपेक्षा छ,’ उनले भने, ‘समयमा नै रोपाइँ हुँदा यस वर्ष धान उत्पादनमा पनि वृद्धि हुनेछ ।’

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भरपर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीले जानकारी दिए । ‘अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समय नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,’ उनले भने ।

सूचना अधिकारी जोशीका अनुसार तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूपश्चिममा भएको छ भने कम रोपाइँ मधेस प्रदेशमा भएको देखिन्छ । पूर्वक्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको देखिन्छ । सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ । सुदूरपश्चिममा सबैभन्दा चाँडो रोपाइँ सुरु गर्ने भएर पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी रोपाइँ भएको जोशीको भनाइ छ ।

‘मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा नै पुग्न सकिरहेको छैन तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवर्द्धन गरिने योजना छ,’ जोशीले भने, ‘कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा धानले सिँचाइ नपाउनेजस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा समस्या आउने गर्छ ।’

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि वृद्धि हुने बताए । ‘धान उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समयसमयमा धानले सिँचाइ पाउनुपर्छ,’ उनी भन्छन्, ‘तर नेपालको अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेलामा वर्षा भएन भने त धानको उत्पादन पनि त बढ्दैन ।’

डा यादवले धानको आयात प्रतिस्थापन गरेर कृषिबाटै मुलुकको समृद्धि हासिल गर्न सम्भव रहेकोसमेत बताए । ‘हामी धान चामल आयात गरिरहेका छौँ, तर अब कसरी आयात प्रतिस्थापन गर्ने भन्नेतर्फ ध्यान जान जरुरी छ,’ उनले भने, ‘यसका लागि सिँचाइ सुविधामा वृद्धि हुनुपर्छ, किसानलाई प्रशिक्षण, गुणस्तरीय बीउ उत्पादन तथा किसानले समयमा नै मल पाउनुपर्छ ।’

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ८ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब ९ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षेभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभाद्वारा चैत २०८० मा प्रकाशित जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिकामा उल्लेख छ ।

‘हाल ठूला बहुउद्देश्यीय अन्तर–जलाधार जल–पथान्तरणका केही आयोजना निर्माणका क्रममा रहेका छन् भने केही निर्माणको तयारीका क्रममा रहेका छन् । करिब ५० प्रतिशत सिञ्चित कृषिक्षेत्र किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीमा रहेका छन्,’ पुस्तकमा उल्लेख छ, ‘निर्माण सम्पन्न भइसकेका साना आयोजना जलउपभोक्तालाई हस्तान्तरण गर्ने नीतिबमोजिम सम्बन्धित जनउपभोक्तालाई हस्तान्तरण गरिसकिएका छन् र सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका छन् । मझौला तथा ठूला सिँचाइ आयोजना भने सरकार तथा जलउपभोक्ता संस्थाहरूको संयुक्त संयुक्त व्यवस्थापनको अवधारणाअनुरूप सञ्चालनमा रहेका छन् ।’

धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आवमा धानको कूल उत्पादन गत आवभन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आव को औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।

गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मे टनप्रति हेक्टरसहित अग्र स्थानमा रहेको छ भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिक प्रतिहेक्टर सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।

गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

Previous Post

कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

Next Post

‘इजरायली कारबाही’मा मारिए हमासका प्रमुख नेता

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
‘इजरायली कारबाही’मा मारिए हमासका प्रमुख नेता

‘इजरायली कारबाही’मा मारिए हमासका प्रमुख नेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In