• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यसरी बन्दैछ रुपन्देहीको रोहिणी खोलामा पेट्रोलियम भण्डारण केन्द्र

by
१३ साउन २०८१,
0
यसरी बन्दैछ रुपन्देहीको रोहिणी खोलामा पेट्रोलियम भण्डारण केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपालमा कुनै पनि बेला पेट्रोलियम पदार्थको माग र आपूर्तिमा सन्तुलन बिग्रियो भने संकट पर्न सक्छ भनेर सरकारले आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममै सातै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति लिएको थियो । सोही नीतिअनुसार नेपाल आयल निगमले मुलुकका सात प्रदेशमै जग्गा खरिद गरिसकेको छ । र, अहिले खरिद गरिएका जग्गाहरूमा निगमले पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माणको प्रारम्भिक काम सुरु गरेको छ ।

यसैक्रममा रुपन्देही जिल्लाको रोहिणी खोला पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि अहिले जग्गा सम्याउने र तारबार लगाउने काम अघि बढेको छ । रोहिणी खोलादेखि पूर्वपट्टि १४ बिघा सात कठ्ठा १४ धुर जमिन आयल निगमको स्वामित्वमा छ । ओमसतिया गाउँपालिकाको ७० प्रतिशत र रोहिणी गाउँपालिकाको ३० प्रतिशत भूभाग ओगटेको रोहिणी खोला किनारको जग्गामा यतिवेला लुम्विनी प्रदेशको मागलाई धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माणको प्रारम्भिक काम सुरु भएको हो । भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख ई.प्रदीपकुमार यादवका अनुसार सरकारको नयाँ नीतिअनुसार नै २० दिनलाई पेट्रोलियम पदार्थ पुग्ने गरी भण्डारण केन्द्र निर्माण गर्न थालिएको हो ।

- प्रदीप यादव, नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना
– प्रदीप यादव, नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना

पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । निगमले भण्डारण केन्द्र निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ । रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ चार दशमलव पाँच मिटरको रिटेनिङ वाल लगाइनेछ । तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार परियोजनाको निर्माणस्थलमा खटिएका छन् ।

रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ चार दशमलव पाँच मिटरको रिटेनिङ वाल लगाइनेछ । तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ ।

आयल निगमले कस्तो र कत्रो पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्ने भनेर विस्तृत योजना बनाइसकेको भने छैन । यसको सम्पूर्ण प्राविधिक अध्ययनको जिम्मेवारी काठमाडौं विश्वविद्यालयलाई दिइएको छ । तर, प्रारम्भिक अध्ययनले यो भण्डारण केन्द्रमा २१ सय किलालिटरको तीनवटा डिजल ट्यांक, एक हजार ६ सय किलोलिटरको दुईवटा पेट्रोल ट्यांक र मट्टीतेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्यांक बन्न सक्ने देखाएको छ । भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख यादवले रोहिणी खोलाको बहाव, बाढी र कटानको अध्ययन गरेर विस्तृत योजना वनाइरहेकोे जानकारी दिए ।

भण्डारण केन्द्र निर्माणका लागि प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरी काम सुरु गरिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्स्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । त्यसका लागि करिब आठ करोड रुपैयाँमा ठेक्का लगाइएको हो । सातवटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुआती चरणमा रहेको छ । प्याकेज नम्बर ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति भने ७० प्रतिशतभन्दा बढीको अवस्थामा रहेको दाबी यादवले गरेका छन् ।

रोहिणी खोलादेखि पूर्वपट्टि १४ बिघा सात कठ्ठा १४ धुर जमिन आयल निगमको स्वामित्वमा छ । ओमसतिया गाउँपालिकाको ७० प्रतिशत र रोहिणी गाउँपालिकाको ३० प्रतिशत भूभाग ओगटेको रोहिणी खोला किनारको जग्गामा यतिवेला लुम्विनी प्रदेशको मागलाई धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माणको प्रारम्भिक काम सुरु भएको हो ।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको जग्गामा निर्माण गर्न लागिएको भण्डारण केन्द्र सबै दृष्टिकोणले उपयुक्त रहेको विज्ञहरूले दाबी गरेका छन् । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आइएको छ । काठमाडौंको थानकोट डिपोमा क्षमता अभिवृद्धि गरी निगमले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका प्रायः सबै जिल्लामा करिब एक महिनाको माग धान्ने गरी इन्धनको मौज्दात गर्दै आएको छ । रोहिणी खोलामा बन्न लागेको परियोजना कस्तो प्रकृतिको बन्ने भन्ने सम्पूर्ण डिजाइन आगामी असोजभित्र पूरा गरी मंसिरमा शिलान्यास गर्ने तयारी निगम लागेको छ । तीन अर्बभन्दा लागतमा भण्डारण केन्द्र बन्न लागेको परियोजना प्रमुख यादवले संकल्पखबरलाई बताएका छन् ।

०८३ मा भण्डारण केन्द्र सञ्चालनमा आउने

आयल निगमले लुम्बिनी प्रदेशलाई पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पुग्ने गरी भण्डारण केन्द्र निर्माण गर्न लागेको हो । निगमको योजना पूरा भएमा २०८३ सालमा भण्डारण केन्द्र सञ्चालनमा आउनेछ । तर कतिपय मानिसलाई खोलाको छेउमा किन भण्डारण केन्द्र बनाउन लागेको होला भन्ने जिज्ञासा उत्पन्न भएको छ । २० दिनसम्मको लुम्बिनी प्रदेशको आठ जिल्लाको माग धान्न सक्ने गरी निर्माण गर्न लागिएको भण्डार केन्द्र हचुवाको भरमा नभई दीर्घकालीन सोचअनुसार बन्न लागेको इञ्जिनियर अंकित रिजालले दाबी गरेका छन् ।

अहिले लुम्विनी प्रदेशलाई पेट्रोलियम पदार्थको आपूर्ति भलवारी डिपोले गरिरहेको छ । कुनैबेला दशवटा ट्यांकरबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार पारिएको भलवारी डिपोको क्षमता विस्तार गरिएको छ, तर यसले बढ्दो मागको पूर्ति गर्न सकिरहेको छैन । भलवारी डिपोमा यतिबेला डिजेल, पेट्रोल र मट्टीतेल गरी करिब चार हजार किलोलिटर मात्र भण्डारण गर्न सकिन्छ ।
लुम्विनी प्रदेशका २५० पम्पमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको यो डिपोले जम्मा चार दिनलाई पुग्ने मात्र पेट्रोलियम पदार्थ भण्डार गर्न सक्छ ।

बढ्दो जनसंख्या, घनावस्ती र मुख्य सडकसँगै जोडिएको डिपो कम चुनौतीपूर्ण छैन । भलवारीबाट डिपो सार्न स्थानीयले दबाब दिएपछि विकल्प खोज्न लागेको आयल निगम यतिवेला रोहिणी खोलामा भण्डारण केन्द्र निर्माण गर्न उत्साहित भएर लागेको छ । घनाबस्तीभन्दा पर रहेर फैलिएको जमिन, जमिनको छेउमा रहेको सधैं बगिरहने नदी र भण्डारण केन्द्रमा आकस्मिक दुर्घटना भएमा वैकल्पिक मार्ग प्रयोग गरेर सहज रूपमा निस्कन सक्ने बाटो भएकाले पनि भण्डारण केन्द्र रणनीतिक स्थानमा रहेको प्रमुख यादवको भनाइ छ ।

भण्डारण केन्द्र निर्माणको खबरले स्थानीय खुसी
रोहिणी खोला किनारमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माण गर्ने खबरले स्थानीय जनता, राजनीतिक दल र व्यापारी जगत खुसी देखिएका छन् । ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जितसिंह यादवले अहिले आयल निगमले निर्माण गर्न लागेको भण्डारण केन्द्रको निर्माण कार्य सफल बनाउन गाउँपालिकाले पूरा सहयोग गर्ने बताएका छन् ।

यस्तै, रोहिणी गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्री पनि आफ्नो गृह क्षेत्रमा भण्डारण केन्द्र निर्माण हुन लागेकोमा खुसी देखिँदै सफल बनाउन सक्दो सहयोग गर्ने बताउँछन् । गाउँबस्ती र भण्डारण केन्द्रमा पानी नपस्ने गरी रिटेनिङ वाल लगाएर बारबन्देज गर्नुपर्ने उनले निगमलाई सुझाव दिएका छन् । यसो गरेमा गाउँपालिकालाई प्रशस्त लाभ हुने उनको ठम्याइ छ ।
स्थानीय जनप्रतिनिधि जस्तै व्यापारी जगत पनि भण्डारण केन्द्र पनि आफ्नो क्षेत्रमा निर्माण हुन लागेकोमा खुसी छ । रोहिणी गाउँपालिकाका व्यापारी योगेन्द्र गुप्ता इन्धन भण्डारण केन्द्र बनेमा यसले नसोचेको लाभ यहाँका स्थानीयले लिने बताउँछन् ।

१४ बिघामा बन्ने परियोजना, दैनिक तीन सयभन्दा बढी ट्यांकर चल्ने कुराले स्थानीय व्यवसायी अत्यन्त उत्साही छन् । उनीहरू यो परियोजनाले रोहिणी गाउँपालिका व्यापारिक केन्द्र बन्ने कुराले दंग छन् । होटल, रेस्टुरेन्ट चल्नेदेखि स्थानीयस्तरमा जग्गाको भाउ वृद्धि हुँदै मानिसको आयखआर्जनमा थप टेवा पुग्ने विश्वास उनीहरूको छ ।
त्यसो त परियोजाको सुरुवाती चरणमा सानोतिनो विरोध नभएको भने होइन । स्थानीयले रोहिणी खोलामा छठ घाट र घाटको व्यवस्थापनको माग राखेर विरोध गरेका थिए । तर आयल निगमले माग सम्वोधन गरिदिने वचन दिएपछि यतिखेर विरोध सेलाएको छ ।

हरेक वर्ष नेपालमा करिब १५ प्रतिशत पेट्रोलियम पदार्थको माग
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको खपत बढ्न थालेको छ । सहरी क्षेत्रमा यसको उपस्थिति बाक्लो देखिए पनि इन्धनबाट चल्ने सवारीसाधन प्रशस्त मात्रामा छन् । नेपालमा अहिले ४० लाखभन्दा बढी पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन छन्् । त्यसमा पनि नेपालमा मालसामान ढुवानी गर्ने ठूला सवारीसाधनको विकल्प तयार भइसकेको छैन ।

यस हिसावले हेर्दा नेपालमा अझै निकै लामो समयसम्म पेट्रोलियम पदार्थको खपत भारी मात्रामा हुने देखिन्छ । नेपालमा हाल सबै प्रकारका पेट्रोलियम पदार्थ भारतबाट आयात गरिन्छ । भारतबाट एक हजार आठ सय ६३ वटा ट्यांकर र ट्रकबाट ल्याएको पेट्रोलियम पदार्थ १५ सय ६३ भन्दा बढी निजी थोक बिक्रेतामार्फत उपभोक्तासमक्ष पु¥याइन्छ । हाल आयल निगमसँग सात प्रदेशमा रहेका डिपोमा गरी कुल ६० हजार ३८४ किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । र, हरेक वर्ष करिव १५ प्रतिशत पेट्रोलियम पदार्थको माग बढिरहेको छ । तर निगमसँग मागलाई धान्ने क्षमता छैन । यसका लागि भण्डारण केन्द्रको निर्माण एक मात्र विकल्प रहेको सरोकारवालाहरू बताउँछन् ।

Previous Post

हौसलाः एक प्रेरक प्रसङ्ग

Next Post

स्मरणशक्ति ताजा राख्ने उपाय

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
स्मरणशक्ति बढाउनलाई कस्ता खानेकुरा खाने ?

स्मरणशक्ति ताजा राख्ने उपाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In