• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

by
११ साउन २०८१,
0
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस सुरु भएको छ ।

उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो स्पष्ट देखिन्छ । तर उनको लागि सबैभन्दा ठूलो चुनौती नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु हुनेछ ।

कमला ह्यारिस पार्टीको राष्ट्रपति पदको उम्मेद्वार बन्नुले एकातिर, डेमोक्र्याटहरूमा नयाँ उत्साह थपेको त देखिन्छ, तर बाइडेन दौडमा हुँदा चिन्ताको विषय नभएका केही कमजोरीहरूलाई पनि उजागर गरेको छ । हालैको चुनावी सर्वेक्षणमा कमला ह्यारिस पूर्व राष्ट्रपति ट्रम्पभन्दा अलि पछाडि देखिएकी थिइन् । अनुमानित सर्वेक्षण तथ्याङ्क र ग्राउण्ड डाटामा सधैं उतारचढाव हुने सम्भावना रहन्छ ।

तर राष्ट्रपति बाइडेनको स्वास्थ्य र सार्बजनिक रुपमा बहस गर्ने क्षमतालाई लिएर डिफेन्सिभ मोडमा पुगेका डेमोक्रेटिक नेताहरु ह्यारिस उम्मेदवार बन्ने भएपछि उत्साहित देखिएका छन् ।

कमला ह्यारिसको शक्ति

पूर्व सभामुख न्यान्सी पेलोसी लगायत अन्य सबै प्रमुख प्रतिद्वन्द्वीहरूले कमला ह्यारिसलाई पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारको समर्थन गरिसकेका छन् । पेलोसी अहिलेपनि डेमोक्रेटिक पार्टीको राजनीतिमा सबैभन्दा प्रभावशाली नेता मानिन्छिन् ।

अहिले समग्रमा अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कडा प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ । उपराष्ट्रपति ह्यारिसले पूर्व राष्ट्रपति ट्रम्पलाई मन नपराउने र प्रमुख स्विङ राज्यहरूमा केन्द्रवादी मतदातालाई आकर्षित गर्नुका साथै केही समयदेखि ओरालो लागेको उनको डेमोक्र्याटिक मत आधारलाई बलियो बनाउनु अवसर जत्तिकै चुनौतीपूर्ण हुनेछ । डेमोक्र्याटहरूका लागि ट्रम्प समर्थकहरूको उत्साहको बराबर आफ्ना समर्थकहरूलाई सक्रिय पार्नु धेरै महत्त्वपूर्ण हुनेछ । अर्को पक्ष यस पटक, डेमोक्र्याटहरूले चुनावी अभियानमा सबैभन्दा बढी चन्दा पाएका छन्।

बाइडेनको पछि हट्ने घोषणा पछि, २४ घण्टामा चन्दा मार्फत ८० मिलियन डलरभन्दा बढी उठाइएको छ, जुन यस चुनावमा कुनै पनि उम्मेद्वारको लागि एकै दिनमा सबैभन्दा धेरै चन्दा हो । ह्यारिसको चुनावी अभियानले बाइडेन-ह्यारिसको चुनावी अभियानको लागि जम्मा गरेको करिब १० करोड डलर चन्दा रकमबाट बलियो आर्थिक आधार पाउनेछ ।

यदि ह्यारिस उम्मेदवार बन्ने भएसँगै उमेरलाई मुद्दा बनाएर राष्ट्रपति बाइडेनलाई घेरेका ट्रम्पलाई अब सोहि मुद्धामा घेर्ने प्रयास गर्ने छिन् । ७८ बर्षिय ट्रम्प र ५९ बर्षिय ह्यारिसको प्रतिष्पर्धामा अब उमेर एउटा प्रमुख एजेण्डा बन्ने निश्चित जस्तै देखिन्छ । विगत केही महिनादेखि चुनावी अभियानका क्रममा ट्रम्पले बाइडेनलाई उमेरका कारण कमजोर र सजिलै भ्रमित भएको भन्दै निशाना बनाउँदै आएका थिए भने अब ह्यारिसले सोहि विषय ट्रम्प तिर फर्काउने देखिएको छ ।

अर्को तर्फ ह्यारिसले आफ्नो पक्षमा अश्वेत मतदाताको समर्थन प्राप्त गर्न सक्ने देखिएको छ । भर्खरको सर्वेक्षण अनुसार, अश्वेत मतदाताहरूले बाइडेनको साथ छोडिरहेको देखिएको थियो ।

बराक ओबामाको सन् २००८ र २०१२ को विजयी गठबन्धनजस्तै कमला ह्यारिसले यस चुनावमा पनि अश्वेत मतदाता, अल्पसंख्यक र युवा मतदातालाई एकताबद्ध गरेमा ट्रम्पलाई कडा चुनौती दिन सक्ने देखिएको विश्लेषकहरुले बताएका छन् ।

विशेष गरी केही स्विङ राज्यहरूमा जसले यस पटकको चुनावको टोन तय गर्नेछ । अभियोजकको रूपमा कमला ह्यारिसको पृष्ठभूमिले पनि उनको छवि उज्यालो बनाउन सक्छ । सन् २०२० को चुनावी अभियानमा वामपन्थीले दिएको नारा ‘कमल इज ए कप’ ले यस पटकको चुनावमा ट्रम्पविरुद्धको अभियानमा कमला ह्यारिसलाई सघाउन सक्छ ।

उपराष्ट्रपति कमला ह्यारिस पनि गर्भपतनको मुद्दामा बाइडेन सरकारका लागि पोइन्ट पर्सन बनेकी छिन्। गर्भपतनको मुद्दा हालैका चुनावहरूमा डेमोक्रेटको भोट आधारलाई उत्प्रेरित गर्ने सबैभन्दा प्रभावकारी मुद्दाहरू मध्ये एक साबित भयो ।

ह्यारिसका कमजोरी

ह्यारिसको सबै शक्तिका बाबजुद केही डेमोक्र्याटहरू सुरुमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउने पक्षमा थिएनन् । गर्भपतनको मुद्दामा डेमोक्रेट समर्थकहरूमा उत्साह उत्पन्न भए पनि, ह्यारिसको उपराष्ट्रपतिको रूपमा रेकर्ड मिश्रित र औसत रहेको छ ।

प्रशासनको प्रारम्भिक चरणमा, ह्यारिसलाई अमेरिका-मेक्सिको सीमामा आप्रवासन संकटको मूल कारणहरू सम्बोधन गर्ने जिम्मेवारी दिइएको थियो । एनबीसी न्यूजको एन्कर लेस्टर होल्टसँगको जुन २०२१ को अन्तर्वार्ता सहित धेरै गलत कदम र कथनहरूले ह्यारिसको छविलाई क्षति पुर्याएको मानिन्छ । रिपब्लिकनहरूले कमला ह्यारिसलाई राष्ट्रपतिको ‘सीमा जार’ भनेर निन्दा गरिरहेका छन् । साथै, उनीहरुले ह्यारिसलाई बाइडेन प्रशासनको अलोकप्रिय अध्यागमन नीतिहरूको अनुहार बनाएर लक्षित गर्न खोजिरहेका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको एउटा कमजोरी उनको उम्मेदवारको रूपमा रहेको ट्र्याक रेकर्ड हो । सन् २०२० मा डेमोक्रेट राष्ट्रपतिको उम्मेदवारीको दौडमा उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो । ह्यारिसले सुरुमा नेतृत्व लिएको भए पनि उनको असफल अन्तर्वार्ता, स्पष्ट परिभाषित दृष्टिकोणको अभाव र कमजोर चुनावी अभियानले उनलाई प्रारम्भिक निर्वाचन प्रक्रियाबाट नै बाहिर हुनुपर्ने बाध्यात्मक अवस्था निम्त्यायो ।

ह्यारिससँग छाप छोड्ने अवसर

ह्यारिसका लागि सबैभन्दा ठूलो चुनौती हो कि उनी बाइडेन जस्तो राष्ट्रपति होइनन् । यस कारणले, ह्यारिसले आफूलाई बाइडेनका केही अलोकप्रिय निर्णयहरूबाट टाढा राख्न सक्छिन् । रिपब्लिकनहरूले ट्रम्पलाई ‘अत्यधिक अप्रमाणित’ र ‘अत्यधिक जोखिमपूर्ण’ भनी प्रमाणित गरेर राष्ट्रपति पदका लागि ह्यारिसको विरुद्धमा एकमात्र प्रामाणिक उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने विश्वास गरिन्छ ।

तर, आगामी दिनमा उपराष्ट्रपति ह्यारिससँग पहिलो पटक अमेरिकी जनतामा नयाँ छाप छोड्ने मौका छ । यदि उनी यसमा असफल भएमा पार्टीमा द्वन्द्व सुरु हुन सक्छ, जुन अगस्टमा पार्टीको राष्ट्रिय महाधिवेशनमा नयाँ नेता चयनपछि टुंगिनेछ । पछिल्ला चार हप्तामा ह्वाइट हाउसको दौडमा तीव्र गतिमा परिवर्तन भएको ह्यारिसले अब आफू ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।

Previous Post

‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

Next Post

असाधारण सोचः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

असाधारण सोचः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In