१. सत्यको शोधमा जो व्यक्ति लोकाचारको बाधा पार्छन्, तिनलाई नाश गर्नुपर्छ ।
२. विश्वास कुनै कोमल फूल होइन जो बतास र मौसमले ओइलाओस्, त्यो त अटल हिमालयको समान छ, ठूलाठूला आँधीले पनि त्यसलाई हल्लाउन सक्दैनन् ।
३. विश्वास विना काम गर्नु गहिरो खाडलमा लड्नु झैँ हो । विश्वास गर्नु एक गुण हो भने अविश्वास दुर्बलताको जननी हो ।
४. सेवा उसैको गर्नु जसलाई सेवाको आवश्यकता छ । जसलाई आवश्यकता छैन उसको सेवा गर्नु आडम्बर हो, घमण्ड हो ।
५. सन्तका लाग एकान्तमा बसेर विचार मात्र गर्नाले पनि सेवा गर्न सक्नु सम्भव हुन्छ तर यस्तो लाखौँमा एक निस्कन सक्छन् ।
६. तपाईं यदि ईश्वर साक्षात्कार गर्न चाहनुहुन्छ भने दरिद्रनारायणको सेवा गर्नुहोस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट