• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोकिएन काभ्रेमा प्रतिबन्धित लागुऔषध तस्करी

by
८ साउन २०८१,
0
रोकिएन काभ्रेमा प्रतिबन्धित लागुऔषध तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।

तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो ।

साथै, तामाङसहितका लागुऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा लागुऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए ।

उनका अनुसार आव २०७९/८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागुऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।

कार्यालयका अनुसार प्रहरीले हालसम्म लागुऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खेरो हिरोइन बरामद गरेको छ । यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ ।

बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ । गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो ।

घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बिपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।

पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो । प्रहरीको अनुसन्धानले विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको सुवेदी बताउछन् । घटना विवरणअनुसार तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेको बनेपालाई बनाएको देखिन्छ ।

यसैबीच काभ्रेमा लागुऔषध प्रयोग बढ्दो क्रममा रहेको पाइएपछि प्रहरीले यसविरुद्ध अभियान सञ्चालन गरिने जनाएको छ । जिल्लास्थित प्रशासन कार्यालय र प्रहरी कार्यालयले सरोकार भएकाहरूसँग समन्वय गरी जिल्लाभर सचेतना तथा नियन्त्रणसम्बन्धी अभियान चलाइने भएको खड्काले बताए।

उनका अनुसार लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्न सूचना महत्त्वपूर्ण हुने भएकाले परिवार वा समुदाय नै सचेत भए यसको नियन्त्रण सम्भव देखिन्छ । लागुऔषध प्रयोगकर्ता कम उमेरका अर्थात् युवा–विद्यार्थी पाइएपछि यसको कुलतमा फसेर जीवन बर्बाद हुने भएकाले परिवार र शिक्षकलाई सचेतना गरिने भएको हो ।

यस्तै अभियानका क्रममा लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नबारे ‘सुराकी’ र सूचना प्रदान गर्न अपिल गरिएको छ । “नाकाहरूमा लागुऔषध आपूर्ति नियन्त्रण गर्न सुरक्षा–जाँचमा कडाइ गरिएको छ”, प्रहरी प्रमुख खड्काले भने ।

Previous Post

विपद् व्यवस्थापनमा नेपाली सेनाको सक्रियता, १ सय ५५ स्थानबाट सेवा दिँदै

Next Post

सडक मापदण्डभित्रका संरचना हटाउन सुरु

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
सडक मापदण्डभित्रका संरचना हटाउन सुरु

सडक मापदण्डभित्रका संरचना हटाउन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In