• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओझेलमा छाङ्गा बाराही झरना

by
५ साउन २०८१,
0
ओझेलमा छाङ्गा बाराही झरना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)। पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।

सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको यात्रा गरेपछि करिब ३० मिनेटमा यहाँ पुगिन्छ । कही उकालो र कही समथल बाटोको यात्रा गरेपछि यहाँ पुग्दा जो कोही मोहित हुन्छन् र थकान मेटिएको आभाष हुन्छ । यहाँ गाउँपालिका वडा नं १४ कुलुङ गाउँबाट आउने पानीले झरनाको रूप लिएको छ ।

पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने यो ठाउँ प्रचारप्रसारको कमीले ओझेलमा परेको झरनामा घुम्न पुगेका व्यास नगरपालिका–२ बागबजार निवासी सुदीप गफ्फारले बताए । दमौलीको उखरमौलो गर्मीका बेला यहाँको शीतलताले आनन्दित बनाएको उनको भनाइ छ ।

“झरनाको पानी एकदम चिसो, गर्मीका बेला त साह्रै आनन्द आउने । हरियाली वातावरणले झनै आकर्षित गर्ने ठाउँ रहेछ”, उनले भने । यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्नसके धेरै लाभ लिन सकिने भन्दै गफ्फारले थपे, “छाब्दी बाराही मन्दिर दर्शन गर्न आउने भक्तजनलाई यस ठाउँसम्म आउने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो भएमा यो राम्रो पर्यटकीय क्षेत्र बन्नसक्छ ।”

व्यास नगरपालिका–१ का सुनिल श्रेष्ठले चिसो पानी, मनमोहक वातावरणले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने उल्लेख गरे । प्रचारप्रसारका कारण यस झरनामा सोचेजति चहलपहल नभएकाले स्थानीय तहले यसतर्फ ध्यानदिनुपर्ने उनको भनाइ छ ।

व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ यस ठाउँको पर्यटन प्रवद्र्धनका लागि केही वर्ष पहिला झरनामा ‘क्यानोनिङ’ (चट्टानमा डोरीको सहाराले हाम्फाल्ने) शुभारम्भ गरिए पनि त्यसले सार्थकता नपाएको बताए । उनले भने, “छाब्दी बाराही मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट हजारौँ भक्तजन आउँछन् । यहाँ आउने भक्तजनलाई झरनासम्म पु¥याउन सकिरहेका छैनौ । छाब्दीमा आउनेलाई झरनासम्म पुग्ने वातावरण बनाउन पाए पर्यटन प्रवर्द्धनमा टेवा पुग्थयो तर हाम्रो प्रयासले मात्र सम्भव भएको छैन ।”

झरनासम्म पुग्ने बाटोमा करिब एक सय मिटर ढलान गरिएको छ । वडाको सीमित बजेटले मात्रै यहाँ पूर्वाधार निर्माण गर्न कठिनाइ भएको श्रेष्ठको भनाइ छ । उनले भने, “वडाको सानो बजेटबाट धेरै काम गर्न सकिएको छैन । पूर्वाधार निर्माण गर्नका लागि स्रोत छैन । अब पालिका र अन्य सरोकार भएकाहरूले पनि यसमा सहयोग गर्नुपर्छ, अनि मात्रै आवश्यक पूर्वाधार निर्माण तथा प्रचारप्रसारका काममा सहज हुन्थ्यो ।”

Previous Post

दुई वर्ष भित्र बनेको नेपालको तेस्रो गठबन्धन सरकार: चल्न गाह्रो !

Next Post

सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक नेपालीको भागमा साढे ८३ हजार

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक नेपालीको भागमा साढे ८३ हजार

सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक नेपालीको भागमा साढे ८३ हजार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In