काठमाडौं । रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने जम्मा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । असार ७ चुनिखेलामा बानियाँको निर्माणाधीन रिसोर्टमा ज्यान मार्ने उद्देश्यले उनीमाथि बाँनियामाथि खुँडा प्रहार गरेका थिए । बाँनियाँमाथि खुडा प्रहार गर्ने दुई समुहका रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि बानियाँमाथि खुँडा प्रहार गर्ने मुख्य आरोपित धनकुटाका दीपक बान्तवा राईलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि गुरुङलाई समातिएको हो ।
गुरुङसहित खुँडा प्रहार गर्ने घटनामा संलग्न ६ जना पक्राउ परिसकेका छन् भने मंगलबा्र अर्को समुहका एक आरोपितलाई प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले मंगलबार चाबहिलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थायी ठेगाना धरान भएका विभाग गुरुङ रहेका छन् ।
खुँडा प्रहारबाट घाइते भएका बानियाँ नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । बायाँ हात र खुट्टा तथा तीघ्रामा गहिरो चोट लागेको थियो । भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसीको योजनामा उनीमाथि खुँडा प्रहार गरिएको प्रहरीको निष्कर्ष रहेको छ । केसीसहित उनका सहयोगी सुरेन्द्र महर्जन, आयुमान अधिकारी र आलिंकन लामिछानेलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । घटनामा संलग्न स्नोप भण्डारीसहित तीनजना अझै फरार छन् ।
केसी र बानियाँले जग्गासम्बन्धी कारोबार गर्दै आएका थिए । उनीहरूबीच जग्गाकै विषयमा कुरा नमिलेपछि बान्तवासहितका युवालाई ‘सुपारी’ दिएर खुँडा प्रहार गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका महर्जन र बान्तवा यसअघि समेत जेल परेका थिए । महर्जन प्रहरीको हत्या गरेको अभियोगमा १० वर्ष र राई लागुऔषध मुद्दामा जेल बसेको खुलेको प्रहरीले जनाएको छ ।













