काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछाने माथि गम्भिर आरोप लगाएका छन् । प्रधानमन्त्री बनाउने सहमतिमा नेपाललाई भारतीय प्रान्त बनाउनेगरी हस्ताक्षर गर्ने तयारीमा रहेको भन्दै मुकुलले रविमाथि गम्भिर आरोप लगाएका हुन् ।
मुकुल जस्तो जिम्मेवार व्यक्तिको यो अभिव्यक्ति सँगै यतिबेला राजनीतिक बृत्तमा तरंग सृजना भएको छ । एकखाले जानकारहरु नेपाली राजनीतिक उथलपुथलमा सँधै छिमेकी मुलुक भारत र चीनको हस्तपक्षप हुने बताउँदै आएका छन् । यतिमात्र होइन नेपाली राजनीतिमा युरोपियन युनियन र अमेरिकाको समेत चासो हुने उनिहरुको बुझाई छ ।
यता अर्काथरिका विश्लेषकहरु भने आन्तरिक राजनीतिको विषयलाई लिएर छिमेकी तथा मित्र राष्ट्रहरुलाई आरोप लगाउन नहुने चर्चा गर्छन् । आफू कमजोर हुने अनि अरुलाई दोष दिने प्रबृत्ति ठिक नभएको उनिहरुको बुझाई छ ।
हुनपनि अहिले सामान्य भन्दा सामान्य अवस्थामा पनि नेपालले मित्रराष्ट्रहरुबाट सहयोग लिनु पर्ने अवस्था छ । नेपालमा सहयोग गर्ने मुलुकको सूची मध्य पहिलो नम्बरमा भारत पर्छ । चाहे विनाशकारी भूकम्प होस्, चाहे कोभिड महामारी, चाहे विद्यालय निर्माणमा होस् चाहे, गुम्बा निर्माणमा हरेक क्षेत्रमा छिमेकी मुलुक भारत सरकारले नेपालमा सहयोग गर्दै आइरहेको छ ।
भारत मात्र होइन, चीन, अमेरिका, युरोपियन मुलुकलगायत देशहरुको कुनै न कुनै रुपमा सहयोग नेपालमा रहेको छ । यस्तो अवस्थामा विना प्रमाण आधारहिन कुरा तथा तर्क गरेर छिमेकीहरुसँगको सम्बन्ध विगार्नु उचित हुँदैन । नेपाल जस्तो गरिव मुलुकले सबैलाई मिलाएर सबै सँग फाइदा लिन सक्नुपर्छ ।

तर पछिल्ला समय छिमेकी राष्ट्रहरुलाई दोष दिने जुन प्रबृत्ति देखिएको छ, यो मुलुकको हितमा कदापि पनि छैन । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक झगडाको विषयलाई लिएर छिमेकी मुलुक भारतसँगको सम्बन्धमा नै दरार आउने प्रबृत्तिका जुन अभिव्यक्तिहरु बाहिरएका छन् यो आफ्नै खुट्टामा बन्चरो हान्ने मुर्खता सिवाय केही होइन, त्यसैले आन्तरिक कुरालाई लिएर मैत्रीपूर्ण सम्बन्धमा खलल आउने प्रकारका अभिव्यक्ति दिनु कुनै दृष्टिकोणबाट पनि राम्रो होइन ।
मुकुलको आरोप पनि यति गम्भिर छ की, नेपाललाई भारतको राज्य बनाउने सहमति गरेर रवि लामिछानेले प्रधानमन्त्रीको दाउ ताकेका छन् । उपसभापति डा. स्वर्णिम वाग्ले लगायतले नेपाललाई भारतको राज्य बनाउने तथा भुटान बनाउनका लागि भारतसँग हस्ताक्षर गर्ने तयारी गरको उनको भनाई छ । यदि यो भनाई सत्य हो भने पुराना राजनीतिक दललाई गाली गरेर जनमत आफ्नो पोल्टामा पारेका रास्वपाका सभापति रविले देशको अस्तित्व नै मेटाउन खोजेको उनको भनाईले पुष्टि गर्छ ।
मुकुलकै भनाईलाई आधार मान्ने हो भने देश बनाउनका लागि राजनीतिमा आएको भन्ने रवि सत्ता र पदका लागि जेसुकै गर्न सक्छन् भन्ने भाष्य निर्माण भएको छ । रविले प्रधानमन्त्री बन्नका लागि देशलाई नै बेच्न लागेको तथ्य र प्रमाणहरु फेला परे उनलाई कानुनी उपचार समेत हुनसक्ने सम्भावना छ ।
मुकुलले रास्वपाका सभापति रवि र उपसभापति स्वर्णिमलाई लगाएको आरोप चानचुने होईन् । उनले भने यो भनाई प्रमाणित भए रवि र स्वर्णिम कारबाहीमा पर्नसक्ने सम्भावना समेत रहन्छ । यदी मुकुलले लगाएको अरोप प्रमाणित नभए मकुल स्वयम पनि कानुनी फन्दामा पर्न सक्ने देखिन्छ । यस्तो गम्भिर विषयमा अनावश्यक रुपमा छिमेकी मलुकहरुलाई मुछ्नु गलत हो । यसतर्फ सबै सचेत बन्नैपर्छ ।













