१५ दिनमा एक दिन व्रत बस्नु (एकादशी)
कुसको चकटीमा बसेर प्राणायाम गर्नु ।
अमृतान्न भोजन हप्तामा एकपटक अनिवार्य गर्नु ।
माछामासु धेरै नखानु ।
फलफूल र सागसब्जीको सेवन गर्नु ।
तीनै छाकको खाना फरक फरक गर्नु ।
सुत्ने समय बाहेक ढल्केर नबस्नु ।
सूर्याेदय पहिला उठ्ने र सूर्याेदय स्पर्श गर्ने ।
हप्तामा एकपटक सिँचाइको नियम पालना गर्नु (उल्टो सुताइ) । शिर्षाशन गर्ने । गोडालाई सिरानी, टाउको खाली ।
दिनमा २ पटक वायुस्पर्श र जलस्पर्श गर्नु (नाङ्गो सुत्नु) ।
धेरै बाक्लो बिस्तरा प्रयोग नगर्नु, कडा खाटमा सुत्नु ।
पानी प्रशस्त पिउनु ।
समयको पालना ।
चरित्र निर्माण ।
मिठो बोली ।
निस्कासन क्रियामा ध्यान दिनु ।
हरियो तरकारी र पहेँला फलफूलको सेवन ।
सन्तुलित आहार ।
सन्तुलित बिहार ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट