• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शित्रूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

by
३१ असार २०८१,
0
शित्रूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशुलीमा बेपत्ता दूइृ वटा बस खोजीगर्दा आज भेटिएका कपडा र फर्किदै गरेका सुरक्षाकर्मी । साँझसम्म बस नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ । तस्बिर :कृष्ण आचार्य / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेको दुई बस र ५७ जना यात्रुको अवस्था अझै अज्ञात छ ।

त्रिशूली नदीमा चार दिनदेखि बेपत्ता दुई बस र त्यसमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमा उपलब्ध सबै प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’ चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाडौंबाट गौरका लागि छुटेका बसमा ३८ जना र वीरगञ्जदेखि काठमाडौंका लागि छुटेका बसमा २७ गरी ६५ जना यात्रु थिए । तीन जना यात्रु पौडिएर बाँच्न सफल भए ।

अस्ती र हिजो भेटिएका पाँचवटा शव बसमा रहेका यात्रुको भएको पुष्टि भएको छ । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ । बाँकी ५७ यात्रुको अवस्था भने अझै थाहा हुन सकेको छैन । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए-नभएको पुष्टि भइसकेको छैन ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीन जना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शवह भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।

हराएका यात्रु र बसको खोजी आज पनि भइरहेको चितवन प्रहरीले जनाएको छ । गृह मन्त्रालयका अनुसार धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको छ । खोजीका लागि विदेशी उपकरण प्रयोग भइरहेको छ । पानीभित्र खोज्न सकिने सोनार उपकरण, वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन लगायतका अत्याधुनिक उपकरण प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोनार उपकरणले पानीको गहिराइमा वस्तु पत्ता लगाउन सहयोग गर्छ भने वाटर ड्रोनको सहयोगले नदीभित्रका दृश्य हेर्न सकिन्छ । यी प्रविधि विश्वका अन्य देशमा निकै प्रभावकारी मानिन्छन् । यी उपकरण विदेशमा नबग्ने पानी अर्थात् समुद्रमा परीक्षण भएका हुन्छन्, तर नेपालमा बग्ने पानी अर्थात् नदी खोलामा प्रयोग गर्दा प्रभावकारी नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार श्रीलंका गएर तालिम पाएका दक्ष गोताखो पनि खोजी काममा खटिएका छन् । तर त्रिशूली नदीको तीव्र बेग र धमिलो पानीले खोजी कार्य अत्यन्त कठिन बनाएको प्रहरीको भनाइ छ ।

Previous Post

एमालेले ८ मन्त्रीको नाम टुंगो लगायो, को-को हुँदैछन् मन्त्री ?

Next Post

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

सम्बन्धित खबर

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
आवाज

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

२२ बैशाख २०८३,
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
Load More
Next Post
पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In