• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्मार्ट पालिका बन्दै काठमाडौं महानगर

by
१ पुस २०७९,
0
काठमाडौं महानगरपालिका क्षेत्रमा खुलारुपमा आगो बाल्न नपाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वमा प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । अत्यन्तै झन्झटिला कामहरू पनि प्रविधिले निकै स्मार्ट तरिकाले सम्पन्न गर्न सक्षम छ । प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्ने हो भने सेवाग्राहीको समय र पैसा दुवै जोगिन्छ । घण्टौँ लाइन बसेर सरकारी सेवा लिन बाध्य आमसर्वसाधाराणलाई प्रविधिको माध्यमबाट सेवा दिन सक्ने हो भने घरमै बसी बसी आफ्नो काम गर्न सक्छन् । सर्वसाधारणलाई बिना झन्झट प्रविधिका माध्यमबाट सेवा प्रदान गर्ने सेवादाता बन्ने अभियानमा जुटेको छ काठमाडौँ महानगरपालिका ।

लामो समय लाइनमा बसेर वडा कार्यालयबाट लिने विभिन्न सिफारिससँगै कर तिर्न भोगिरहेको झन्झटबाट काठमाडौँ महानगरबासीले राहत पाउने भएका छन् । महानगरपालिकाले सेवाग्राहीको सहजिकरणका लागि ‘काठमाडौँ महानगरपालिका सेवा प्रवाह’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी पूरा गरेको छ । सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्न महानगरपालिकाले २८सौँ महानगर दिवसको अवसरमा सो एप सार्वजनिक गरेको हो ।

महानगरवासीलाई अधिकतम सेवा सहजरूपमा प्रदान गर्न डिजिटल सेवा शुरु गरिएको महानगर प्रमुख बालेन्द्र शाहले बताए । ‘सेवाग्राहीले आफूलाई चाहिएको सिफारिस तत्काल उपलब्ध गराउन सकिन्छ’, १७ नं वडाका वडाअध्यक्ष नवीन मानन्धरले भने । सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न सबै वडाका अध्यक्ष र कर्मचारीलाई तालिम प्रदान गरिसकिएको महानगर सूचना प्रविधि समितिका संयोजकसमेत रहनुभएका मानन्धरले जानकारी दिए । उनले सामान्य खालका सिफारिस मोबाइल एपबाटै लिन सकिने बताए ।

आवश्यक कागजात अपलोड गरेर महानगरले तोकेको सेवा शुल्क तिरेपछि डाउनलोड या प्रिन्ट गरी लिन सकिने गरी स्मार्ट सेवा दिन एप निर्माण गरिएको महानगर सूचना विभागका विभागीय प्रमुख नवराज ढकालको भनाइ छ । सेवाग्राहीको काममा प्रविधिको अधिकतम प्रयोगलाई सहज गराउन हरेक वडाध्यक्षलाई ट्याबसमेत प्रदान गरिसकेको ढकालले बताए ।

स्मार्ट पालिका सफ्वेयर डेभलपरले तयार गरेको एपमा महानगरका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जनगुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोहर भट्टराईले बताए । उनले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट महानगरबासीले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दाबी गरे । उनका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप महानगरले सञ्चालनमा ल्याएको हो ।

एकदमै राम्रो शुरुआत भएको भन्दै वडाअध्यक्षहरूले यसलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसले वडा कार्यालयको ६० देखि ७० प्रतिशत सेवाग्राहीको चाप कम हुनेछ । ‘यो एप पूर्णरूपले सञ्चालनमा आयो भने वडा कार्यालयमा हुने ७० प्रतिशत सेवाग्राहीको चाप घट्छ’, वडा नं वडाध्यक्ष ख्यामराज तिवारीले भने, ‘साना साना कामका लागि पनि वडा कार्यालयमा आउनु पर्ने बाध्यता हट्ने भएकोले सेवाग्राही र महानगर दुवैका लागि यो अत्यन्तै उपयोगी छ ।’

Previous Post

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

Next Post

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In