• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

by
२९ असार २०८१,
0
सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस अझै फेला पार्न सकिएको छैन । तस्बिरः कृष्ण आचार्य÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरूका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरूले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताए ।

“बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ”, उनले भने ।

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबारनै चितवन आएका छन् । आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए । शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ । पटेलले भने, “शव फेला परे लैजान्थ्यौँ । अरु त केही आश छैन ।”

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गरे । आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आएका उनले हेलिकप्टर दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको बताए । “सुरक्षाकर्मी खटिरहनुभएको छ, उनले भने, “भेलबाढीले पानी धमिलो छ, गोताखोरसमेत तल पुगेर खोज्न सक्ने अवस्था छैन ।” पचास बढी परिवार र आफन्त पीडामा रहेको भन्दै उनले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गरे ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूहहरू दिनभर खटिएको बताए । “नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो”, उनले भने, “घटनास्थलबाट तीन/चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन ।” उनले नदीमा पानीको बहाव उच्च र धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको बताए।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार वटा, नेपाल प्रहरीको एउटा गरी पाँच मोटरबोट, गोताखोर टोली र प्रविधि र स्रोत साधनको समेत प्रयोग गरिएको छ । उनले शुक्रबार केही कपडा भेटिएको भन्दै त्यही ठाउँलाई आधार बनाएर आजै बिहानैबाट उद्धार सुरु गरिने बताए ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जनाले पैडिएर ज्यान जोखाउन सफल भएका थिए । उनीहरूको चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

Previous Post

ओलीले पेश गरे प्रधानमन्त्रीमा दाबी

Next Post

स्पेनले यामललाई फाइनलमा पूरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
स्पेनले यामललाई फाइनलमा पूरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

स्पेनले यामललाई फाइनलमा पूरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In