• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शीतलनिवासका दुई तयारी : नयाँ सरकार सातामै, अध्यादेश निष्क्रिय

by
२ पुस २०७९,
0
सरकार गठनमा संवैधानिक अस्पष्टता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा राखेर दलहरुलाई प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न आह्वान गर्ने राष्ट्रपति कार्यालयले गृहकार्य थालेको छ । प्रधानमन्त्रीका लागि बहुमतसहित दाबी गर्न सोमबारभित्रै दलहरुलाई आह्वान गर्ने शीतलनिवासको तयारी छ ।

शीतलनिवास स्रोतले दिएको जानकारी अनुसार निर्वाचन आयोगले बुझाएको चुनावी नतिजामा कुनै दलको एकल बहुमत पुगेको नदेखिएकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गरिनेछ ।

संविधानको सो उपधारामा एकल बहुमत नपुगेको स्थितिमा दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउने प्रावधान उल्लेख छ ।

स्रोतका अनुसार दलहरुलाई प्रधानमन्त्री दाबी गर्नका लागि सुरुमा ५ दिनको समय दिने तयारी भइरहेको छ । तोकिएको समयमै दलहरुले बहुमतसहित दाबी गर्ने र अर्को साता नै नयाँ सरकार बन्ने राष्ट्रपति कार्यालयको आकलन छ ।

अध्यादेश टार्ने रणनीति

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी सरकारले पेस गरेको फौजदारी कार्यविधि संहिता २०७४ अध्यादेश जारी नगर्ने मनस्थितिमा पुगेकी छन् ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले विभिन्न कारागारमा रहेका बन्दी कैदीलाई छुटाउनका लागि फौजदारी कार्यविधि संहिता संशोधन सम्बन्धी अध्यादेश अघि बढाएको थियो । सरकारले अध्यादेश शीतलनिवास पठाइसके पनि अहिलेसम्म राष्ट्रपति भण्डारीले कुनै प्रक्रिया अघि बढाएकी छैनन् ।

अध्यादेशबारे राष्ट्रपति भण्डारी अध्ययनमा रहेको र नयाँ सरकार गठनसँगै यो विषय सेलाउने राष्ट्रपति निकट स्रोतले जनाएको छ ।

सत्ता गठबन्धन दलले नयाँ सरकार गठनका लागि बहुमत पुर्याउनकै लागि आजीवन कैद भोगिरहेका ब्यक्तिलाई छुटाउन अध्यादेश ल्याएको भन्दै विरोधसमेत भइरहेको छ ।

राष्ट्रपतिलाई कतिपय विधेयकहरु पुनर्विचारका लागि संसदमा फिर्ता पठाउन सक्ने अधिकार संविधानले दिएको छ । यही अधिकार प्रयोग गर्दै उनले केही समयअघि नागरिकता विधेयक संसदलाई फिर्ता पठाएकी थिइन् । अध्यादेश प्रमाणीकरण नगर्ने अधिकार भने राष्ट्रपतिलाई संविधानले दिएको छैन । तर, अध्यादेश कति दिनभित्र प्रमाणीकरण गर्नुपर्छ भन्ने संविधानमा स्पष्ट छैन ।

सपथ खुवाउन जेष्ठ सांसदको खोजी

शीतलनिवासबाट सरकार गठनको आह्वान गर्ने तयारी भइरहेका बेला संसद सचिवालयले पनि नयाँ सांसदलाई सपथ खुवाउने तयारी थालेको छ ।

प्रतिनिधिसभामा निर्वाचित सांसद मध्येबाट जेष्ठ सदस्यको पहिचान गरी पठाइदिन निर्वाचन आयोगलाई पत्राचार गरेको छ । आयोगले नाम दिएपछि ती सदस्यले नै नवनिर्वाचित सांसदलाई शपथ गराउने छन् ।

जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र अन्य सांसदलाई उनैले शपथ खुवाउने व्यवस्था छ । अघिल्ला निर्वाचनमा परिणामसँगै उमेरको विवरण पनि आउने गरेको तर यसपाली आयोगले नछुट्टाएकोले पत्राचार गर्नुपरेको संसद सचिवालयले जनाएको छ ।

अहिले निर्वाचित भएका मध्ये महेन्द्र राय यादव, पशुपति शमशेर जबरा, महन्थ ठाकुर र चित्रबहादुर केसी ८० वर्ष कटेका छन् ।

आयोगबाट विवरण प्राप्त गरेसँगै राष्ट्रपति कार्यालयसँग परामर्श एक साता समय दिने तयारी छ ।

सांसदहरुको शपथसँगै सरकार गठन प्रकृया पनि एकैसाथ अघि बढ्ने छ । त्यसैले संसद सचिवालयले थपिएका दलहरुलाई कार्यालय व्यवस्थापनको काम पनि तिब्र पारेको छ ।

संसद सचिवालयभित्रको संरचना अपुग भएपछि प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको भवनमा दलहरुलाई कार्यालय दिने तयारी छ ।

Previous Post

पाकिस्तानी सेना अभूतपूर्व संकटको सामना गर्दैछ

Next Post

कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ?

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ?

कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In