• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन’

by
२५ असार २०८१,
0
‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर (कैलाली) । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए। “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्‍याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए। जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए। “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”

नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् । बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताए । “खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला रु”, उनी भन्छन्, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ । त्यसैमाथि सडक सहारा भएको छ ।”

यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन् । टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए । “मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौँ, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो”, उनले भने, “अहिले पनि बस्ती जलमग्न छ । डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन ।”

टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए ।

डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

Previous Post

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

Next Post

सिङ्गापुर : १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
सिङ्गापुर : १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

सिङ्गापुर : १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In