• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै

by
२४ असार २०८१,
0
पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् ।

कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीयस्तरमा ‘कृषक पाठशाला’ सञ्चालन गरिएको थियो । तीन वर्षअघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म ७५ वटा तालिम भइसकेका लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताए ।

पहिलो वर्ष आधुनिक खेती प्रणालीका लागि दक्षता हासिल गरेका १५ सय कृषक थिए । दोस्रो वर्षमा तीन हजार र तेस्रो वर्ष चार हजार पाँच सय कृषक पुगेका उनले बताए । उक्त संस्थाले वडास्तरमा कृषक पाठशाला सञ्चालन गरी उक्त सङ्ख्यामा आईपीएम प्रविधिमा खेती गर्ने दक्ष कृषक बनाएको हो ।

विशेषगरी आईपीएम प्रविधिअनुसार उत्पादित तरकारी अर्गानिक हुने प्रमुख ज्ञवालीले बताए । उनका अनुसार बालीमा शत्रुलाई मार्ने र मित्र जीवलाई बचाउनेलगायत जैविक विषादी निर्माण, प्रयोग विधि, उत्पादित तरकारीलगायत खाद्यान्न अर्गानिक हुने गर्दछ । संस्थाले हालै मात्र पाँचखाल–६ धोत्रामा सञ्चालित २३ हप्ते आईपीएम तालिम समापन गरेको छ ।

आईपीएम प्रविधि, कृषि विज्ञको सल्लाह तथा सुझावका आधारमा जैविक एवम् आधुनिक तरिका अपनाउँदा उत्पादन वृद्धि भई नाफा हुन थालेको स्थानीय कृषक बताउँछन् ।

“रासायनिक विषादी हाल्दा महङ्गो र स्वास्थ्यलाई असर गर्ने हुन्छ । तालिमपछि स्थानीयस्तरमै उपलब्ध सामग्रीबाट घरमै जैविक मल र विषादी बनाएर प्रयोग गर्दा कम खर्चिलो र उत्पादनबाट केही नाफा बढेको छ”, धोत्रा कृषक समूहका अध्यक्ष पिताम्बर दनुवारले भने । उनका अनुसार पाँचखालमा तालिमप्राप्त कृषकले आईपीएम प्रविधिबाट खेत गर्दै आएका छन् ।

तीन वर्षअघि आईपीएम तालिम लिएका पाँचखाल–६ का कृषक केदार ढुङ्गानाले स्थानीय तितेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको बताए ।

“तालिम लिएपछि रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न प्राङ्गारिक खेती गर्न थालेका हौँ”, उनले भने । कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा हुने भएकाले कृषकले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान र सीप पाठशालाबाट पाइएको ढुङ्गानाको भनाइ छ ।

आईपीएम प्रविधिको खेतीले पाँचखालमा उत्पादित विषादीरहित तरकारी उत्पादन हुँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर नगर्ने बताइएको छ । वडा नं ६ का वडाध्यक्ष रामशरण दुलालले विगतका वर्ष खेतीमा आधुनिकीकरण थाहा नपाएका कृषकलाई आईपीएम प्रविधि निकै प्रभावकारी रहेको बताए ।

“यहाँका कृषक पूर्णरुपमा अर्गानिक तरकारी उत्पादनमा जोड दिइरहनुभएको छ, यसका वडाको तर्फबाट सहयोग भइरहेको छ”, उनले भने । पाँचखालमा उत्पादित तरकारी परीक्षण गरी बिक्री स्थलको व्यवस्थापनतर्फ लाग्ने दुलालको भनाइ छ ।

संस्थाले पाँचखाल नगरलाई ‘विषादीरहित तरकारी उत्पादन हव’को रुपमा परिचित गराउने कार्यमा निरन्तर लागेको जनाएको छ । आईपीएम प्रविधि जानेका कृषकले नजानेका कृषकलाई सिकाउने अभियान थालिने ज्ञवालीले बताए । उनका अनुसार खेतीमा कुनै समस्या आएमा तत्काल खेतबारीमा पुग्ने प्राविधिककोसमेत व्यवस्था गरिएको छ ।

संस्थाले करिब तीन वर्षको अवधिमा माध्यमिकस्तरका पाँच हजार दुई विद्यार्थीलाई विद्यालयमा रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय, दिगो कृषिको अवधारणालगायत विषयमा कक्षा सञ्चालन गरेको थियो ।

यसैबीच पाँचखालका कृषकलाई प्रयोगशाला केन्द्र (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याव) मा उत्पादित तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि नगरपालिकाले सबैमा अपील गर्दै आएको छ । केन्द्रमा करिब चार वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ ।

सङ्कलित नमूनाको विषादी अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । गत वर्षको परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको देखाएको थियो ।

वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधी, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ । काभ्रेपलाञ्चोसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोटमा आरबीपीआर ल्याव रहेका छन् ।

Previous Post

हतुवागढीले दियो किसानलाई हल गोरु

Next Post

ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण

ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In