• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

    समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

    संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

    संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

    सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

    सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नारायणगढ बुटवल सडक खण्ड : वर्षाका कारण सडक विस्तारको काम रोकियो

by
२४ असार २०८१,
0
नारायणगढ बुटवल सडक खण्ड : वर्षाका कारण सडक विस्तारको काम रोकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकारअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रूपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए ।

‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । यस वर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरू घटाउँदै लगेको थियो” उनले भने, “पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए। नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको मगरले बताए । निर्माण कम्पनीले विभिन्न कारणहरू देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ उनले भने, काम सुरु गर्ने बेलामा फैलिएको कोभिड प्रकोप, ढिला गरी दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।

निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरू छलफलमा नै रहेको मगरले बताए। कति दिन म्याद थप गर्ने भन्ने विषयमा कन्सल्टेन्ट र हामी मिलेर छलफल गरिरहेका छौँ, उनले भने, हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा फाइल पठाउँछौँ । म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको थापाले बताए ।

Previous Post

बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

Next Post

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

सम्बन्धित खबर

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
समाचार

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

२९ बैशाख २०८३,
समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड
समाचार

समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

२९ बैशाख २०८३,
संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा
फिचर-ब्यानर

संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

२९ बैशाख २०८३,
सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई
फिचर-ब्यानर

सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

२९ बैशाख २०८३,
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
Load More
Next Post
किन मर्दैछन् पाटेबाघ ?

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In