• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस पटकको निर्वाचनको बदर मत २०४८ यताकै बढी

by
१ पुस २०७९,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुनेगरी मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरेअनुसार बदर मत प्रतिशत घटेन।

२०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो। जिल्लागत आधारमा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७।४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९।४५ प्रतिशत मत बदर भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “बदर मतको प्रतिशत सोचेभन्दा पृथक् नै आयो, कारण खोतल्न सकेका छैनौँ।” प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५।१९ प्रतिशत मत बदर भएका छन्। २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५।१८ प्रतिशत मत बदर भएको थियो। प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६।५५ प्रतिशत छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ ५।०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४।०७ प्रतिशत मत बदर भएका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५।०६ मत बदर भएको छ। आयोगले बदर मत घटाउन प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरेर अलग्गै मतपत्र छापेको थियो। चार प्रकारका मतपत्रमा उम्मेदवार हुने दलको मात्रै निर्वाचन चिह्नमा मत सङ्केत गर्न मिल्ने व्यवस्था गरियो।

महोत्तरीमा मतगणनामा संलग्न नवीनकुमार मिश्रका अनुसार प्रायजसो बदर मतपत्रमा एकभन्दा बढी स्वस्तिक चिह्न लागेको पाइयो। स्थानीय निर्वाचनमा एउटै पानामा सातवटा स्वस्तिक चिह्न लगाएका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समेत एउटै पानामा तीनदेखि चारवटा स्वस्तिक चिह्न लगाएको हुन सक्ने उहाँको बुझाइ छ। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन ग¥यो तर मतपत्रमा लगाइएको स्वस्तिक चिह्नअनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको देखियो। प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतगणना अधिकृतसँग निर्वाचन समीक्षा कार्यक्रममा छलफल गरेर आगामी दिनमा सुधार गर्न प्रयासरत रहनेछौँ।”

मनाङ, मुस्ताङमा थोरै बदर

स्थानीय तह निर्वाचनमा दुर्गम ग्रामीण क्षेत्रको भन्दा महानगर र शिक्षित मतदाताको बसोबास हुने सहरमा बदर मतको प्रतिशत बढी रह्यो तर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भने सहरोन्मुख क्षेत्रमा बदर मतको प्रतिशत बढेको देखिन्छ।

डडेल्धुरामा प्रतिनिधि सभाको समानुपातिकतर्फ सबैभन्दा बढी ९ प्रतिशत मत बदर भएको छ। चितवनमा प्रदेश सभाको समानुपातिकतर्फ ८।७३ र प्रत्यक्षतर्फ ५।९१ प्रतिशत मत बदर भएको हो।

मधेश, बागमती र गण्डकीलगायतका प्रदेशमा अपेक्षाकृत बदर मतको प्रतिशत कम देखिन्छ। प्रदेश १ को पहाडी र सुदूरपश्चिम एवं लुम्बिनी प्रदेशको सुगम र अपेक्षाकृत साक्षरता प्रतिशत बढी रहेको जिल्लामा भने बदर मतको प्रतिशत बढी देखिएको छ।

पछिल्ला दुई निर्वाचनमा सदर मतको प्रतिशतमा सुधार नदेखिनुमा आयोगले निर्वाचनपिच्छे निर्वाचन शिक्षा कार्यक्रमको स्वरूप परिवर्तनलाई समेत कारक मानिएको छ। विगतमा घरदैलो कार्यक्रम गरेर मतदातालाई शिक्षित बनाउँदै आएको आयोगले स्थानीय निर्वाचन २०७९ मा भने उक्त कार्यक्रमलाई स्थगित ग¥यो। मतदान केन्द्रमै प्रत्येक मतदातालाई मतदान विधिबारे बुझाउने नीति बनायो तर कार्यान्वयन हुन सकेन। मतपत्रको जटिल प्रकृतिले एउटा पदमा ४० प्रतिशतभन्दा बढी मत बदर हुने स्थिति आयो।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि पालिकालाई नै जिम्मेवार बनाउने नीति लिए पनि उक्त नीतिसमेत प्रभावकारी देखिएन।

आयोगले स्थानीय निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रमतर्फको बजेटसमेत घटाउँदै लग्यो। प्रमुख आयुक्त थपलिया बदर मत घटाउने उपायबारे भन्नुहुन्छ, “मतगणना अधिकृतहरूसँग छलफल गर्नेछौँ, मत बदर भएका अवस्था के कस्ता छन्, केलाएर आगामी दिनमा सुधारको प्रयास गर्नेछौँ।”

Previous Post

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

Next Post

भारतले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परिक्षण

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
भारतले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परिक्षण

भारतले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परिक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In