• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निसासिएको समयको कथा: नाटक पूर्णविराम

by
२३ असार २०८१,
0
निसासिएको समयको कथा: नाटक पूर्णविराम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘आखिर कसले अठ्याइरहेको छ समयको गर्धन? निसासिइरहेको छ प्रत्येक पल वर्तमान,

फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू?

कसको षड्यन्त्रमा फसेको छ, वायु? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु?’

मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ। एकसरो बेरिएको कपडामा रहेका वृद्ध मरुभूमिजस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन्।

‘दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व भयभित, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू

ए सेपियन्सहरू! बन्द गर अब सृष्टि।

मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानीकारक छ।’

वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे भेषमा खासखुस गर्दै देखा पर्छन्। पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा विरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन्। वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन्। डिटेक्टर मेसिनसहित पानीको खोजीमा आएका मानिसहरु मरुभुमीमा चिसो ठाउँ भेट्टाउँछन्। यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन्। त्यसपछि ती वृद्धले सबै रहस्यहरु सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ।

यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक ‘पूर्णविराम’को।

काठमाडौँको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक सुरज पराजुली हुन्। बढ्दो सहरीकरण र वातावरण विनासले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन्। उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केही दिनलाई नै सही शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन्। धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन्। वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन्। माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन। यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो। छट्पटि नै भएको थियो।’

उनले त्यही छट्पटी नाटक पूर्णविराममा पोखेको बताउँछन्। उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरुलगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे।

नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन्। नाटकको विषयवस्तुले आफूलाई तानेको उनी बताउँछन्। मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ। निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ। जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ। जानेर या नजानेर भावि पिँढीलाई जिउनसमेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ। यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन्।

नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ। नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन्।

नाटकले केही जटिल प्रश्नहरू उठाएको छ। बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ। राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ।

कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन्। जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ। मानिसहरुलाई सास फेर्नसमेत गाह्राे हुन्छ र विरुवाहरु खोज्न थाल्छन्। एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ। नाटक पूर्णविराम वातावरण विनास गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो।

नाटकलाई काठमाडौँ महानगरपालिका- २९को सहयोगसमेत रहेको छ। असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजेपनि रहनेछ।

Previous Post

‘एनिमल’ पछि बलिवुडमा उदाएकी तृप्ति ‘ब्याड न्युज’ ले चर्चामा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार
आर्थिक

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In