• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

    इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

    गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

    गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

    पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

    पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिहारमा १० दिनभित्र भत्किए पाँच वटा पुल

by
१७ असार २०८१,
0
बिहारमा १० दिनभित्र भत्किए पाँच वटा पुल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतको बिहारमा १० दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ । भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ । राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो ।

जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो । वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो ।

त्यसपछि जुन २२ मा बिहारको सिवानको गण्डक नहरमा बनेको कल्भर्ट भत्कियो । महाराजगञ्ज र दारुण्डा ब्लक जोड्ने यो कल्भर्ट ३४ वर्ष पुरानो थियो । स्थानीय बासिन्दाले बताए अनुसार यो पुलले पाटेधा र रामगढ नामक दुई पञ्चायतलाई जोड्ने गर्दथ्यो । यो २० फिट लामो थियो । गण्डक नहरमा पानी आएपछि ओभरफ्लो भएर तल खसेको थियो ।

जुन २२ गते राति पूर्वी चम्पारणको घोरासहन ब्लकको अमवामा निर्माणाधीन पुल भत्किएको थियो । १ करोड ६० लाखको लागतमा निर्माण भएको यो पुल अमवादेखि चैनपुर स्टेशन जाने सडकमा निर्माण हुन लागेको थियो । घोडा सहनपछि जुन २६ मा किशनगञ्ज जिल्लाको मारिया नदीमा बनेको १३ वर्ष पुरानो पुल भत्किएको थियो । अविरल वर्षाका कारण जिल्लाको बहादुरगञ्ज ब्लकको गुबाडी पञ्चायत नजिकको यो पुल भत्किएको हो । यो पुल भत्किँदा करिब १५ गाउँको जनसंख्या प्रभावित भएको छ ।

किशनगञ्जमा पुल भत्किएपछि गत जुन २८ मा मधुबनीको झाँझरपुर उप–डिभिजनको मधेपुर ब्लकस्थित भुटही बलान खोलामा निर्माणाधीन पुलको गर्डर खसेको थियो । २ करोड ९८ लाखको लागतमा निर्माण भएको यो पुलले मधेपुर ब्लकको भेजाकोसी बाँधबाट महापथिया जाने सडक जोड्ने छ । चाखलाग्दो कुरा के छ भने, यो पुल निर्माण कार्य वर्षामा भएको थियो । बिहारमा पुल भत्किने घटना यो पहिलो पटक होइन । तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो ।

बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले सरकारको आलोचना गर्दै भनेका छन्, ‘आजको नेतृत्वमा रहेको ६ दलको डबल इन्जिन एनडीए सरकारमा पुल भत्किँदा जनताको करोडौंको नोक्सान भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको नेतृत्वले यसलाई ‘भ्रष्टाचार’ को सट्टा ‘शालीनता’ भनेका छन् । बिहारमा पुल भत्किने विषयलाई लिएर चर्को राजनीतिको एउटा प्रमुख कारण राज्यमा यस्ता घटना लगातार भइरहेका छन् । बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल भत्किएका छन् ।

Previous Post

सुन तस्करी प्रकरण : ४६ प्रतिवादी, दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो

Next Post

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

सम्बन्धित खबर

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
आवाज

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

७ असार २०८३,
बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
फिचर-ब्यानर

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

७ असार २०८३,
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
फिचर-ब्यानर

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

७ असार २०८३,
इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

७ असार २०८३,
गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या
जीवन शैली

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

७ असार २०८३,
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
आवाज

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

७ असार २०८३,
Load More
Next Post
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In