• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ललितानिवासको जग्गा किर्ते मुद्दामा वैशाख अन्तिमसम्म सबैलाई म्याद जारी

by
१५ असार २०८१,
0
ललितानिवासको जग्गा किर्ते मुद्दामा वैशाख अन्तिमसम्म सबैलाई म्याद जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी किर्ते गरेको विषयमा गत वर्ष दायर मुद्दामा सबै प्रतिवादीलाई म्याद जारी भएको छ । जिल्ला अदालत काठमाडौंले गत वैशाख मसान्तसम्म सबैलाई म्याद पठाएको हो ।

गत वर्ष १० भदौमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन सय १२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । ‘विशेषले आफ्नो फैसला लेखनका लागि हामीसँग फाइल मागेपछि दुई महिना लगभग उतै थियो । अहिले हामीले सबै प्रतिवादीका नाममा म्याद काटिसकेका छौँ,’ जिल्ला अदालतका एक इजलास अधिकृतले भने, ‘वैशाखको १७, २५ र केहीलाई ३१ गते म्याद गएको छ । २१ दिने म्याद छ, बाँकी १५ दिन थाम्ने–थमाउने समय हुन्छ ।’

ललितानिवासको मुद्दामा अढाई सयभन्दा बढी प्रतिवादीलाई फरार कायम गरी मुद्दा दायर भएको थियो । तत्काल उपस्थित १८ जनालाई मात्र उपस्थित गराइएको थियो । उनीहरूका भिन्नभिन्न ठेगाना रहेका कारण सम्बन्धित जिल्लाबाटै तामेल गराउनुपर्ने म्याद भएकाले समय लागिरहेकोमा सबैलाई म्याद जारी भएको जिल्ला अदालतले जनाएको छ ।

सरकारी कागजात कीर्ते गरी व्यक्तिका नाममा दर्ता गरिएको भन्दै सिआइबीले उक्त मुद्दा दर्ता गरेको थियो । जसमध्ये २१ प्रतिवादीको मृत्यु भइसकेको अभिलेख छ । सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरको यो मुद्दा १० पटक पेसी चढेको छ । गत वर्ष २४ भदौयता यो मुद्दामा पेसी तारेख तोकिएको छैन । यसअघि विशेष अदालतले ललितानिवासको भ्रष्टाचार मुद्दामा जिल्ला अदालतसँग केही कागजात माग गरेको थियो । यसै घटनामा मुछिएकाहरूमाथि ६० वर्षअघि दायर मुद्दाहरूका कागजात विशेषले मागेको थियो ।

यस मुद्दामा विशेषले भने फैसला दिइसकेको छ । ०७६ माघमै दायर मुद्दामा ३ फागुनमा फैसला आएको थियो । उक्त मुद्दामा १७५ जना प्रतिवादी रहेकोमा १२ जना दोषी ठहर भएका थिए । विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले राजीनामा तथा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफतको फैसला सुनाएको थियो । यद्यपि, फैसलाको पूर्णपाठ भने आइसकेको छैन ।

जिल्ला अदालतमा दायर मुद्दामा ७२ जनाले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी रितपूर्वक अधिग्रहण गरेको जग्गालाई जफत गरेको भनी व्यक्तिविशेषमा कायम गरेको उल्लेख छ । उनीहरूले ०४९ सालको निर्णयअनुसार उक्त जग्गा लिएको दाबी गरिएको छ ।

यसैगरी, ०६२ सालमा सुनीति राणाले सरकारी जग्गालाई आफ्नो नाममा दर्ता गर्न छुट भएको भनी १२ आना जग्गा आफ्नो नाममा कायम गराएकी थिइन् । ०७६ सालमा प्रधानमन्त्रीनिवास विस्तार तथा जग्गा सट्टापट्टा शोधभर्नामा २५ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको भेटिएको थियो । बिचौलिया तथा यस प्रकरणका योजनाकार भनिएका रामकुमार सुवेदी, शोभाकान्त ढकालसमेत यसमा संलग्न १३ जनालाई प्रतिवादी बनाइएको छ ।

चारजनालाई भने चार रोपनी १४ आना जग्गा आफ्नो नाममा कायम गराएको भनी मुद्दा चलाइएको छ । साथै सरकारी पदमा रही सरकारी छाप दस्तखत किर्तेको कसुर गरेको दाबीसहित दुई सयभन्दा बढीलाई प्रतिवादी कायम गरिएको छ । हाल कायम ५२ जना जग्गाधनी, दोस्रो चरणका वा बीचका २५ जना जग्गाधनीलाई भने जफत प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । तत्कालीन मन्त्रीहरू डम्बर श्रेष्ठ, विजयकुमार गच्छदार, सञ्जय साहका साथै उच्चस्तरका अधिकृतहरूसमेत यस मुद्दामा प्रतिवादी छन् । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन

Next Post

औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In