• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हदबन्दीको जग्गामा पतञ्जलीको रजाइँ,सिआइबीको अनुसन्धान सुरु

by
१३ असार २०८१,
0
हदबन्दीको जग्गामा पतञ्जलीको रजाइँ,सिआइबीको अनुसन्धान सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता भएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा पाएको ८१५ रोपनी जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ ।

विसं २०६६ माघ १८ गतेको मन्त्रीपरिषद्को विधायन समितिको सिफारिसमा सरकारले काभ्रेपलाञ्चोक चलाल गणेश तथा श्रीखण्डपुर (साबिक गाविस) मा रहेको ८१५ रोपनी जग्गा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा खरिद गर्न दिने निर्णय गरेको थियो ।

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले हदबन्दी छुटमा पतञ्जली योगपीठले पाएको जग्गा गैरकानुनी रूपमा बिक्री गरेकोबारे विस्तृत अनुसन्धान सुरु भएको जानकारी दिए । अनुसन्धान सुरु गर्नुअघि मङ्गलबार ब्युरोका प्रहरी उपरीक्षकसमेत रहेका होविन्द्र बोगटीको नेतृत्वको सिआइबी टोलीले हिनामिना भएको सो जग्गाको स्थलगत निरीक्षणसमेत गरिसकेको छ । बोगटीले भने , “पतञ्जली योगपीठले आयुर्वेद फर्म चलाउन भनी अनुमति पाएको ८१५ रोपनी जग्गामध्ये ५९२ रोपनी जग्गा पतञ्जली योगपीठले न्यूनतम मूल्यमा खरिद गरी ३५३ रोपनी जग्गा करोडौँ मूल्यमा अनधिकृत तवरले बिक्री गरेको पाइएको छ । यसबारे हामीले विस्तृत रूपमा अनुसन्धान सुरु गरेका छौँ ।”

पतञ्जली योगपीठले ३५३ रोपनी जग्गा जम्मा चार करोड रुपियाँमा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको पाइएको सिआइबीले जनाएको छ ।

भारतीय योगगुरु रामदेवको नाममा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफको नाममा २०६४ पुस २० गते नेपालमा दर्ता भएको थियो । कम्पनीका नेपाल प्रमुख (ट्रस्टी) शालिग्राम सिंहमार्फत नेपालमा पतञ्जलीको आर्थिक कारोबार भइरहेको छ ।

भूमि व्यवस्थासम्बन्धी ऐन, २०२१ को दफा १२ अनुसार उद्योग/प्रतिष्ठान सञ्चालन गर्न हदबन्दी छुटमा खरिद गर्न वा भाडामा लिन पाउने व्यवस्था रहे पनि जुन प्रयोजनका लागि खरिद गरिएको हो त्यसविपरीत प्रयोग, सट्टापट्टा तथा बिक्रीवितरण गर्न कानुनले नै रोक लगाएको छ । झापाको गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिना प्रकरणमा २०८० माघ २४ को सर्वोच्च अदालतले गरेको फैसलामा समेत यसैलाई सदर गरेको छ ।

झन्डै ३५४ रोपनी जग्गा प्लटिङका लागि बिक्री गरेको र पुनः १०३ रोपनी जग्गा पतञ्जली योगपीठले खरिद गरेको पाइएको छ । सिआइबीले स्थलगत अनुगमन, मन्त्रीपरिषद्, भूमि व्यवस्था मन्त्रालय र विभागबाट भएका विभिन्न मितिका निर्णय, पतञ्जलीको कारोबार तथा भूमिसम्बन्धी कागजपत्र सङ्कलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सरकारी अभिलेखमा भने उक्त जग्गा किनबेच गर्दा प्रति रोपनी सरदर एक लाखका दरले सरकारलाई राजस्व बुझाइएको र बिक्री गर्दा चार करोड देखाइएको पाइएको र यथार्थ कारोबार १० औँ गुण बढी रहेको सिआइबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Previous Post

फेसियल किन गर्ने, यस्ता छन् फाइदा

Next Post

वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदुषण रोक्ने कार्य योजना लागू गर्न ११ संघसंस्थाको माग

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदुषण रोक्ने कार्य योजना लागू गर्न ११ संघसंस्थाको माग

वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदुषण रोक्ने कार्य योजना लागू गर्न ११ संघसंस्थाको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In