• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वायुसेवा निगमका अध्यक्ष अधिकारीसहित पाँचजनामाथि कारबाही

by
१२ असार २०८१,
0
वायुसेवा निगमका अध्यक्ष अधिकारीसहित पाँचजनामाथि कारबाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निगमले २२ जुलाईमा नियमित उडानबाट दुबई लगेको एयरबस–३३० जहाज सि–चेकका लागि क्यानको अनुमतिविना इटाली पठाएपछि अध्यक्ष युवराज अधिकारी कारबाही गर्दैै अन्तिम निर्णय नहुँदासम्म काम गर्न प्रतिबन्ध लगाइएको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले निगम नेतृत्वले सि–चेकका लागि अनुमति लिएको नलिएको एएमओ छनोट भएको इटालियन कम्पनीले समेत इजाजत नलिएपछि अहिले निगमको उच्च व्यवस्थापनबाटै हवाई सुरक्षामा गम्भीर लापरबाही भएपछि एक्सनमा उत्रिनुपरेको बताएका छन् ।

अनुमति नै नलिई वाइडबडी जहाज एयबरस–३३० सि–चेकका लागि इटाली पठाएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँचजनालाई सक्रिय ड्युटीबाट निलम्बन गरेको छ । प्रचलित ऐन, कानुन, आदेश तथा निर्देशन पालना नगरी गैरजिम्मेवार कार्य गरेको भन्दै क्यानले अध्यक्ष अधिकारीलाई ‘एकाउन्टेबल म्यानेजर’को सक्रिय जिम्मेवारीबाट हटाएको हो ।

निगमको उच्च व्यवस्थापनबाटै हवाई सुरक्षामा गम्भीर खेलाँची भएपछि एक्सनमा उत्रिनुपरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अध्यक्ष अधिकारीले जहाजको सि–चेक गर्न क्यानको सामान्य प्रक्रिया पूरा गर्न अटेरी गर्दा निगमका अपरेसन डाइरेक्टर वरिष्ठ क्याप्टेन दिपु जुहार्चन, कन्टिन्युइङ एयरवर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोल पनि निलम्बनमा परेका छन् । यस विषयमा अन्तिम निर्णय नहुँदासम्म सम्बन्धित व्यक्तिहरूले आफ्नो पोजिसनमा बसेर पदीय जिम्मेवारी निर्वाह गर्न नपाउने भुलले जानकारी दिए ।

सि–चेकका लागि क्यानसँग अनुमति नै नलिई जहाज पठाएको क्यानले जनाएको छ । निगम व्यवस्थापनले ९एन–एएलवाई कलसाइनको वाइडबडी जहाज सि–चेकका लागि इटाली पठाउँदा कानुनी प्रक्रिया पूरा नगरेको क्यानको आरोप लगाएको छ  । निगमले २२ जुलाईमा नियमित उडानबाट जहाज दुबई लगेको र उतैबाट इटाली पुर्‍याएको क्यानको जिकिर छ । नागरिक उड्डयन नियमावली, २०५८ अनुसार क्यानबाट एओसी प्राप्त गरेको वायुसेवा कम्पनीले आफ्ना जहाजको मर्मत–सम्भार गर्न पठाउँदा क्यानको अनुमति लिनुपर्छ । सि–चेक गर्ने एयरक्राफ्ट मेन्टेनेन्स अर्गनाइजेसन (एएमओ)ले पनि क्यानबाट इजाजत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

वायुसेवा कम्पनीले कुन जहाज, कहाँ लगेर सि–चेक गर्ने, पहिल्यै अनुमति लिनुपर्छ । त्यो जहाज चेक गरेपछि फेरि क्यानले नै अथोराइज्ड गर्ने व्यवस्था छ । यसैले एएमओ कम्पनीले पनि क्यानबाट सि–चेकका लागि इजाजत लिनुपर्ने हुन्छ , सुचना अधिकारी भुलले भने ।

वाइडबडी ९एन–एएलवाई कलसाइनको जहाज १० असारमा सि–चेक गर्ने तालिका थियो । निगम नेतृत्वले अन्तिम समयमा हतार–हतार इटालियन कम्पनी एटिटेक एसपिएलाई सि–चेकका लागि एएमओ छनोट गरेको थियो । सो कम्पनीले अहिलेसम्म जहाजको सि–चेकका लागि निवेदन नै नदिएको क्यानका सूचना अधिकारी भुलले बताए । उनका अनुसार जहाज मर्मत–सम्भार तथा सि–चेकका लागि विदेशी कम्पनीले सबैभन्दा पहिला क्यानमा निवेदन दिने र महानिर्देशकले आवश्यक अध्ययन गरेर मान्यता दिनुपर्ने व्यवस्था छ ।

निगमले लगत्तै विज्ञप्ति जारी गर्दै प्राधिकरणको कारबाहीप्रति आपत्ति जनाएको छ ।

Previous Post

विवाहको लागि तयार छु, केटा पाइएन: अमिषा पटेल

Next Post

रोचक तथ्यः अथाह सुन छ समुद्रमा !

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?

रोचक तथ्यः अथाह सुन छ समुद्रमा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In