• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

    आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अधुरा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने अनुमान

by
१२ असार २०८१,
0
अधुरा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अधुरा र विविध कारणले सञ्चालन हुन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सञ्चालन गर्न करिब तीन अर्ब लाग्ने अनुमान गरिएको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका उक्त आयोजना सञ्चालन नहुँदा स्थानीयवासीले खानेपानीको समस्या भोगिरहेका छन् । ती समस्या समाधान गर्ने तयारी खानेपानी मन्त्रालयको छ ।

आयोजनामा आवश्यक लागतमध्ये ८० प्रतिशत सरकारले व्यहोर्ने र बाँकी २० प्रतिशत श्रमदानबाट जुटाउनुपर्ने नीतिगत व्यवस्था छ । खानेपानी मन्त्रालयका अनुसार श्रमदान नजुटेपछि केही आयोजना सम्पन्न हुन सकेका छैनन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएसँगै स्थानीय तहमा श्रमदान गर्ने जनशक्ति जुटाउन मुस्किल परेको मन्त्रालयको भनाइ छ । यसअघि पनि खानेपानी मन्त्रालयले ती अपूरा आयोजना सुधार गर्न वित्तीय स्रोतका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । अर्थ मन्त्रालयले वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएपछि वैदेशिक दातृ निकायसँग आग्रह गरिएको छ ।

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले अधुरा आयोजना सुधार गर्न आवश्यक वित्तीय स्रोत व्यवस्थापनका लागि वैदेशिक दातृ निकाय एडिबी र फिनल्याण्डसँग छलफल भइरहेको जानकारी दिए । ‘तराई–मधेशमा देखिएका खानेपानी समस्या समाधान गर्न र सञ्चालनमा आउन नसकेका आयोजनाको यकिन भइसकेको छ,’ आइतबार बसेको प्रतिनिधिसभाको बैंठकमा विनियोजन विधेयक २०८१ का सन्दर्भमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री राईले भने, ‘मधेश प्रदेशमा भूमिगत पानीको गुणस्तर म्यापिङका लागि एसियाली विकास बैंकले सहयोग गर्ने जानकारी गराएको छ ।’

उनका अनुसार सरकारको नीति कार्यक्रम तथा बजेटमा घोषणा भएबमोजिम मधेश प्रदेशका सबै जिल्लामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न सुनकोशी–मरिन, सुनकोशी–कमला तथा भेरी–बबईबाट खानेपानी आपूर्ति गर्ने गरी थोक वितरण प्रणालीको अध्ययन गर्ने तयारी भइरहेको छ ।

सरकारको आगामी आवमा तराई–मधेशका जनघनत्व धेरै भएका स्थानमा डिप बोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने कार्यक्रम छन् । तराई–मधेशमा पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न चुरे संरक्षण र ठूला थोक वितरण प्रणाली निर्माण भएकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री राईले जानकारी दिएका छन् ।

खानेपानी मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर मधु तिमिल्सिनाले अधुरा रहेका र विविध कारण सञ्चालनमा आउन नसकेका आयोजना सुधार तथा सञ्चालन गर्न लागत व्यवस्थापनमा चुनौती भइरहेको बताए । ‘ती आयोजना सञ्चालन हुन नसक्दा तराईवासीले खानेपानी समस्या भोग्दै आएका छन्, आयोजना सञ्चालन गर्न आवश्यक लागत अर्थ मन्त्रालयले दिन अस्विकार गरेपछि दातृ निकायसँग छलफल सुरु गरेका हौँ,’ उनले भने, ‘त्यसका लागि केही रकम एसियाली विकास बैंकले सहयोग गर्न सकारात्मक देखिएको छ, बाँकी रकम कहाँबाट जुटाउने चिन्ता छ ।’

उनका अनुसार सुधार गर्न आवश्यक आयोजना मध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन् । ‘मधेश प्रदेशमा एक सय ७६ खानेपानी आयोजना विविध कारणले सञ्चालनमा आउन सकिरहेका छैनन्, जसले गर्दा मधेश प्रदेशका बासिन्दा खानेपानी माग गर्दै माईतीघर मण्डलामा धर्ना गर्न आउनुभएको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशमा ५१, कोशी प्रदेशमा ३६ र सुदुरपश्चिम प्रदेशका तराई क्षेत्रमा १९ खानेपानी आयोजना अपुरा तथा विभिन्न कारणले सञ्चालन हुन सकेका छैनन् ।’

उनका अनुसार कतिपय आयोजनाका उपभोक्ताले खानेपानीको महसुल भुक्तानी गर्न नचाहँदा पनि आयोजना सुचारु हुन नसकेको हो । तिमिल्सेनाले बर्सेनि खानेपानी मन्त्रालयको बजेट घट्दै जाँदा थप कार्यक्रम राख्न नसकिएको जानकारी दिए । उनले अन्तरसरकारी निकाय, तीनै तहको सरकारबीच समन्वयका आधारमा समस्या समाधान गर्न सम्भव हुने बताए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले अधुरा आयोजना सरकारले प्राथमिकतामा राखेर पूरा गर्नुपर्ने बताए । ‘बीस प्रतिशत श्रमदान अव्यवहारिक छ, तर थोरै श्रमदान या श्रमदान दिन नसक्नेबाट रकम लिएर खानेपानी आयोजनामा जनताको पनि लगानी हुँदा अपनत्व हुन्छ,’ उनले भने, ‘मुलुकमा श्रमदानका कारण मात्रै होइन, कुनै आयोजनाको डिजाइन हुन्छ तर आवश्यकता अनुसार राज्यको लगानी कम हुने र वित्तीय क्षमता अनुसार योजना नबन्दा अधुरै रहन्छ ।’

उनले तीन तहका सरकारबीच खानेपानी व्यवस्थापनमा समन्वय नहुने र ‘डुप्लिकेसन’को समस्या हुने गरेको जानकारी दिए । संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईको हकको व्यवस्था गरिएको छ । तर, नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न पाएका छैनन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतको रूपमा धारा/पाइप (घरपरिसर भित्र) प्रयोग गर्ने ३४ दशमलव छ प्रतिशत छ । धारा/पाइप (घरपरिसर बाहिर) प्रयोग गर्ने २२ दशमलव चार प्रतिशत र ट्युववेल/हाते पम्प प्रयोग गर्ने २९ दशमलव आठ प्रतिशत छन् । ढाकिएको इनार/कुवालाई पानीको स्रोतको रूपमा प्रयोग गर्ने एक दशमलव पाँच प्रतिशत उपभोक्ता रहेको जनगणनामा उल्लेख छ ।

सन् २०३० सम्म पानीको अभाव सम्बोधन गर्न तथा अभाव झेलिरहका उपभोक्ताको सङ्ख्या घटाउन स्वच्छ पानीको दिगो निष्काशन तथा आपूर्ति गर्ने दिगो विकासको लक्ष्य छ ।

Previous Post

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

Next Post

वर्षाले विराटनगरका बस्ती जलमग्न

सम्बन्धित खबर

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ
आवाज

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

१० असार २०८३,
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
आवाज

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
समाचार

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

१० असार २०८३,
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
समाचार

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

१० असार २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

१० असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

१० असार २०८३,
Load More
Next Post
वर्षाले विराटनगरका बस्ती जलमग्न

वर्षाले विराटनगरका बस्ती जलमग्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In