• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलौरी बासीको दुखेसोः चार दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक

by
११ असार २०८१,
0
बेलौरी बासीको दुखेसोः चार दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्‍यो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थितिमा भएको सो कार्यक्रममा स्थानीयवासीले प्रहरीसितका गुनासाभन्दा पनि दक्षिण क्षेत्रको विकास एवं लामो समयदेखि ओझेल परेको बेलौरी छोटी भन्सार स्तरोन्नतिसम्मका माग प्रमुख जिल्ला अधिकारी समक्ष राखेका थिए ।

‘प्रतिनिधिसभा सदस्यदेखि नगर प्रमुखसम्मलाई ४० वर्षदेखि नबनेको सडकका विषय पटक–पटक आग्रह गर्दा पनि अझै कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्र भएन’, स्थानीय नागरिक अगुवा केशवराज जोशीले भने, ‘बेलौरी छोटी भन्सारको जग्गामा भएको झाडी सरसफाइ गर्दा हामीले वन मुद्दा खेप्नुपरेको पीडा छ ।’

सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । उनले २०१९ सालमा स्थापना भएको छोटी भन्सार कैलाली भन्सार मातहत राखेर सञ्चालनमा ल्याइए पनि प्रधानमन्त्रीस्तरसम्म सो विषय उठान गर्दा दक्षिण क्षेत्रका नागरिकले आश्वासन मात्र पाएको बताए ।

उनले जिल्ला सदरमुकाम जान छोटो पर्ने बेलौरी–कलुवापुर खण्ड चार दशकदेखि ठेक्का हुँदै आए पनि अझै कालोपत्र पूरा हुन नसकेको बताए । इलाका प्रहरी कार्यालय बेलौरीको संयोजनमा भएको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय प्रकाशराज पन्तले दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत पचुई क्षेत्रमा भारतीय अवरोधले कालोपत्र हुन नसकेको बताए । ‘पचुई क्षेत्रको कालोपत्र निर्माणमा भारतीय पक्षसित पहल गर्न स्थानीय प्रशासनसित आग्रह गर्दछु’, उनले भने, ‘बेलौरी–कलुवापुर खण्डअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणमा बाधा पुर्‍याएको छ ।’

त्यसैगरी स्थानीयवासी गोविन्द सापकोटाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रणलगायत शान्ति सुरक्षामा प्रहरी प्रशासनले सक्रियता बढाएको बताए । ‘बेलौरी छोटी भन्सार व्यवस्थापन गर्न पाए खुला सीमानाकाबाट हुने अवैध गतिविधि पनि एक हदसम्म कम हुने थिए’, उनले भने, ‘जिल्लाको पुरानो सदरमुकाम भए पनि यहाँ हरेक दृष्टिकोणले पछि पारिएको छ ।’ पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बढाइएको उपस्थितिले सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत्याभूति पाएको सापकोटाको भनाइ थियो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई राज्यले दिएको कर्तव्य पालना गरिरहेको बताए । ‘सीमामा कडाइ भयो भन्ने छ तर त्यो होइन’, सशस्त्र प्रहरी उपरीक्षक चन्दले भने, ‘हामीले कर्तव्य पालना गरेको हो, कडाइ होइन ।’ उनले आम नागरिकलाई नभई गलत मनसाय राखेर काम गर्नेहरूका लागि कडाइ गरिएको बताए । ‘तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय भएर लागेको छ’, उनले भने, ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणदेखि सीमारक्षाका लागि हाम्रो सक्रियता बढ्दै गएको छ ।’ त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले नागरिक प्रहरीको आँखा भएको बताउँदै तस्करी नियन्त्रण तथा लागुऔषध न्यूनीकरणका लागि सबैको भूमिका आवश्यक रहनेमा जोड दिए ।

‘समाजमा खटिरहँदा प्रहरी कर्मचारीबाट गलत नियतका साथ मुनाफा लिने गरेको प्रमाण दिनुस् म कारबाहीको दायरामा ल्याउँछु’, उनले भने, ‘नेपाल–भारत सीमा क्षेत्रमा हुने हरेक गतिविधिमा प्रहरीले निगरानी बढाइरहँदा त्यसमा स्थानीयको पनि साथ र सहकार्य चाहिन्छ ।’ कार्यक्रममा प्रजिअ सापकोटाले प्रहरी र नागरिकबीच सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिए ।

‘आपराधिक गतिविधिदेखि लागुऔषध नियन्त्रणमा सूचना र समन्वय आवश्यक पर्छ’, उनले भने, ‘कानुनको पालना सबैले गर्नुपर्छ, सरकार अभिभावकसँगै नियमनकर्ता पनि हो ।’ कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विक, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमखु प्रहरी निरीक्षक गौरीप्रसाद जैसीलगायत सहभागिता थियो ।

Previous Post

एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
सामान्य ज्ञानः पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In