• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ढुङ्गेधारा छ, पानी छैन : कसरी सुक्यो पानी ?

by
१० असार २०८१,
0
ढुङ्गेधारा छ, पानी छैन : कसरी सुक्यो पानी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्छिन्, ‘धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।’

त्यसो त पहिला पहिला अहिलेजस्तो घरघरमा पानीका धाराको सुविधा पनि थिएन । गाउँगाउँ र टोलटोलमा ढुङ्गेधारा थिए र त्यहीँबाट पानीको गुजारा गर्नुपथ्र्याे । सफा र स्वस्थ पानीको खाँचो हुँदैनथ्यो । राजमाया भन्छिन्, ‘मैले देखेका कैयौँ ढुङ्गेधारा सुकिसके । ती धाराको बयान अहिले गर्दा कोही पत्याउँदैन ।’

लोकन्थलीकै हरिबहादुर हेक्काको टोलमा ढुङ्गेधारा त छ तर पानी आउन भने छोडिसकेको छ । ‘पहिले धाराको पानीले पुगेपछि बगेर जाने गर्थ्यो । खेतीमै त्यही पानी लगाउँथ्यौँ । हामी त्यहीँको पानी पिएर हुर्केका हौँ,’ उनी भन्छन्, ‘अहिले भएका धारा पनि सुके, धेरै त विकासका नाममा विनाशै भए । भत्काइदिएका धारा बनाउन अनुरोध गरेका छौँ, खोइ के बनाउलान् ।’

हिजोआज पनि पहिलेकै जस्ता ढुुङ्गेधारा र तिनमा कलकल बगेको पानी हेर्न मन छ उनीहरूलाई तर अब कहाँ पाउनु ? उनीहरू दुवै जनालाई लाग्छ कहिलेकाहीँ त कृत्रिम रूपमै भए पनि कतै पानीको व्यवस्था गरेर ढुङ्गेधारामा पानी बगिरहेको हेर्न मन लागेको छ । यसका लागि स्थानीय नागरिकहरू र स्थानीय तहसँग उनीहरूले माग पनि गरिरहेको सुनाउछन् ।

गत जेठ ३० गते मात्रै उपत्यकाका नेवार जातिले सिथि नखः पर्व मनाउनु भएको छ । इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वमा इनार, कुवा, पोखरी, ढुङ्गेधारालगायत पानीका स्रोतहरूको सफा गरेमा वर्षायाममा मूल फुटेर पानी आउने मान्यता रहेको बताए । उनका अनुसार ढुङ्गेधारा, इनार, कुवा, पोखरी सुकिसकेको भए पनि वर्षामा पानी पलाओस् भनेर सफा गरिन्छ ।

ढुङ्गेधारा, पोखरी, तथा इनारमा पानी नभए पनि मनसुनमा मूल फुटेर आउँछ कि भन्ने अलिकति आशा मनमा अझै बाँकी राखेर पानी पर्खिरहेका छन्, उपत्यकावासीहरू । ‘सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोतवरपर सरसफाइ गर्दा वर्षाको समयमा बगेर आउने फोहोर पानी खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनेर हिजो उपत्यकावासी नेवार समुदायले कुवा, पोखरी, इनार, धारा सफा राख्नुभएको छ,’ उनले भने, ‘हिँउदमा सुक्खा कारण सुकेको र थुनिएको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूल सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको हो ।’

श्रेष्ठका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन भएकाले कुमारको पूजाआराधना गर्नाले वर्षातको समयमा धान रोप्न पानी आउने, शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने चलन छ । उनले लिच्छवीकाल, मल्लकालदेखि नै कुलो तथा अन्य पानीको स्रोतहरू सफा राख्नुपर्ने मान्यता रहिआएको जानकारी दिएका छन् ।

ललितपुरस्थित ठेचोका रत्न मालीले पनि सिथि नखःका अवसरमा धारा, कुवा, इनार, पोखरी सफा गरे । ‘हामी सानो छँदा जुन धाराको पानी खाएर हुर्कियौँ, जुन धारामा नुहायौँ, जुन पोखरीमा पौडी खेल्यौँ ,’ उनले भने, ‘तर आज ती कुराहरू कथाजस्तै लाग्दोरहेछ, धेरैजसो त सुकी नै सके तर वर्षातमा मूल फुट्ला भन्ने मान्यताका साथ हामीले हिजो सिथि नखः मनायौँ ।’

यसैगरी, ललितपुर जिल्ला गोदावारी नगरपालिकाका–१२ का प्रशान्त मालीलाई पनि पोखरीमा पौडी खेलेर, इनारकै पानी निकाले नुहाएको यादहरू ताजै छन् तर ती पोखरीमा पानी छैन । उनले नुहाएको ढुङ्गेधारा छ, पानी छैन । ‘आमाबुबाले ढुङ्गेधाराबाट पानी ल्याउने गर्नुहुन्थ्यो तर अहिले धारा छ पानी छैन,’ उनले भने ।

मनसुन नेपालको पूर्वी क्षेत्रमा भित्रिसकेको छ । सक्रिय हुन भने बाँकी नै छ । पानी पर्न सुरु भएसँगै पलाउलान् त उपत्यकाका सुकिसकेका ती ढुङ्गेधाराहरु ? पछिल्लो समयमा स्थानीय तहहरूले ढुङ्गेधाराको संरक्षण र संवर्द्धन गर्दै पुरानै अवस्थामा फर्काउने प्रयास गर्दै छन् तर ती प्रयासहरू कति सफल हुन्छन्, कति असफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सुक्खायामसँगै जमिनमुनिको पानीको सतह घटिरहेको तथा ढुङ्गेधारा सुकिरहेको भन्दै यसको संरक्षण र संवर्द्धन गर्ने नीतिलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताइन् । ‘ढुङ्गेधारा, इनार, पोखरी तथा अन्य सम्पदाहरूलाई पुरानै शैलीमा फर्काउने गरी काम भइरहेको छ, परम्परागत शैलीबाट नै निर्माण गर्नका लागि हामीले भक्तपुरबाट जनशक्ति झिकाएका छौँ,’ उनीले भनिन्, ‘आधुनिक विकाससँगै ढुङ्गेधाराहरु सुक्न थालेपछि जगेर्नाका लागि काम भइरहेको छ ।’

काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले पनि काठमाडौँमा परम्परागत शैलीका कुवा, पोखरी, ढुङ्गेधारा इनारहरू सङ्कटमा पर्दै गइरहेको भन्दै तिनको संरक्षणका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए । अलान फाउन्डेसनले गरेको अध्ययनअनुसार काठमाडौँ महानगरपालिकामा रहेका ढुङ्गेधारामध्ये ६० प्रतिशतमा पानी नै आउँदैन । महानगरभित्रका एक सय ५४ ढुङ्गेधारामध्ये ६१ वटामा मात्र पानी आउँछ भने ५० वटामा कहिल्यै पानी नआउने, १० वटा सङ्कटमा परेका (लोप हुन लागेको अवस्थामा), २१ वटा हराएका र १२ वटा फेला नपरेको समस्या रहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम रानाले उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फेरि पानी आउन थालेको जानकारी दिए । उनका अनुसार जमिनमुनिको पानीको सतह कम हुँदै गइरहेकाले र भौतिक संरचना निर्माणका कारण ढुङ्गेधारा सुक्दै गएको तथा केही ढुङ्गेधाराहरुलाई पुरानै अवस्थामा ल्याउन नसकिने र केही ढुङ्गेधारामा भने पानी फेरि आउने बनाउन सकिन्छ ।

बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ ओटा ढुङ्गेधारा लोप भइसकेका छन् । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० ढुङ्गेधारा सुकिसकेका छन् । कतिपय ढुङ्गेधारालाई जीवन्त बनाउन पानीको स्रोत खन्नुपर्ने र त्यसो गर्दा झन् पानीको स्रोतहरू हराउने खतरा रहेको रानाको भनाइ छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा विशेषगरी सुक्खायाममा सतहमुनिको पानी सुक्दा आपूर्ति व्यवस्थापनमा चुनौती रहेको बताएका छन् । ‘मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खायाममा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्योमध्ये ४० प्रतिशत भूमिगत पानीले नै निर्भर गर्छ,’ उनले भने, ‘तर भूमिगत पानी कम हुँदै गएकाले माग बढी र आपूर्ति कम भइरहेको छ ।’

उनले मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै खानेपानीको वैकल्पिक स्रोतहरूको समेत खोजी गर्नुपर्ने बताएका छन् । ‘काठमाडौँमा दैनिक ४३ करोड खानेपानी आवश्यक छ, आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन,’ राईले भने ।

भू–गर्भविद् डा सुबोध ढकाल उपत्यका बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारहरूको विकासका कारण सतहमुनि पानीको रिजार्ज नहुनेलगायत कारण सतहमुनिको पानी घट्दै गएको जानकारी दिए । ‘भण्डारमा पानी छैन तर पानी निकाल्न नमिल्ने अवस्थामा पनि निकालिरहेको छ, जतासुकै घरैघर र सडकका कारण आकाशबाट परेको पानी बगेर जान्छ तर जमिनमुनि छिर्दैन,’ उनले भने, ‘अव्यवस्थित सहरीकरणका कारण पनि मुख्य समस्या भइरहेको छ र जलवायु परिवर्तनको कारण पनि सुक्खा बढिरहेकाले जमिनमुनिको पानीको सतह घटिरहेको छ ।’

जमिनमुनिको पानीको संरक्षणका लागि अनुसन्धानबाट समस्या पहिल्याउने र समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । ढकालका अनुसार कृत्रिम पुनर्भरण प्रक्रिया अगाडि बढाउनुपर्ने छ । ‘सुकेका पोखरीमा पानी जम्मा गर्न सकियो भने पनि पुनर्भरण प्रक्रिया अगाडि बढाउन सहज हुनेछ,’ उनले भने, ‘उपत्यकामा खानेपानीको स्रोत सुक्दै जाने समस्या समाधानका लागि ठूलो परियोजना र लागत आवश्यक छ ।’

भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९ मा भूमिगत पानीको व्यवस्थापनसम्बन्धी दीर्घकालीन सोच लिइएको छ । नीतिमा पर्याप्त र गुणस्तरीय खानेपानीमा सबैको सहज, सरल र समान पहुँच सुनिश्चित गर्न र दिगो उपयोगमा टेवा पुर्‍याउनका लागि काठमाडौँ उपत्यकाभित्रको भूमिगत जलस्रोतको प्रभावकारी व्यवस्थापन गरिनेछ उल्लेख छ । यसैगरी काठमाडौँ उपत्यकाभित्रको भूमिगत जलस्रोतको प्रभावकारी व्यवस्थापनमार्फत भूमिगत पानीको माग र यसको उपलब्धताबिच समुचित समन्वय कायम गरी भूमिगत जलस्रोत भण्डारणबाट पानी आपूर्ति गर्ने क्षमतामा हस् आउन नदिने उल्लेख छ ।

यसैगरी काठमाडौँ उपत्यकाको भूमिगत जलस्रोतको दिगो रूपमा संरक्षण, उपयोग र व्यवस्थापन गर्ने, काठमाडौँ उपत्यकाको भूमिगत जलस्रोत भण्डारमा पानी पुनर्भरणको आवश्यक व्यवस्था मिलाउने, प्रदूषण नियन्त्रण गरी भूमिगत जलस्रोतको गुणस्तर कायम राख्ने नीतिको उद्देश्य रहेको छ ।

काठमाडौँ उपत्यकामा नियमित, व्यवस्थित र प्रभावकारी रूपले खानेपानी सेवा सञ्चालन गर्न गराउन सहयोग पु¥याउने, खानेपानी तथा घरायसी प्रयोगमा आउने पानीमा सबैको सहज, सरल र समान पहुँच सुनिश्चित गर्नेतर्फ सहयोग पुर्‍याउने नीतिको लक्ष्य छ । उपत्यकाको भूमिगत जलस्रोतमाथिको अधिक निर्भरता क्रमशः घटाउँदै लगिने, काठमाडौँ उपत्यकाको भूमिगत जलस्रोतको उपयोगलाई व्यावसायिक र गैरव्यावसायिक वर्गमा वर्गीकरण गरी सोही अनुरूप व्यवस्थापन गरिने नीतिमा उल्लेख छ ।

भूमिगत जलस्रोतलाई माथिल्लो सतहमा रहेको भूमिगत पानी र तल्लो सतहमा रहेको भूमिगत पानी गरी दुई तहमा वर्गीकरण गरी व्यवस्थापन गरिने समेत नीतिमा लक्ष्य राखिएको छ । उक्त नीतिअनुसार पानीको उपयोगलाई प्राथमिकीकरण गरी यसको उपयोगको प्रयोजन, विधि तथा उपलब्ध भण्डार क्षेत्रका आधारमा भूमिगत स्रोतबाट पानी निकाल्ने कार्यलाई चरणबद्ध रूपमा नियमन र नियन्त्रण गरी भूमिगत जलस्रोत भण्डारमा हस् हुन नदिने गरी यसको दिगो उपयोगको व्यवस्था मिलाइनेछ ।

भूमिगत पानी व्यवस्थापनका लागि भौगोलिक सूचना प्रणाली स्थापना गरी प्रयोगमा ल्याइने, भूमिगत जलस्रोतमा पानीको पुनर्भरण हुने क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रको संरक्षणका लागि आवश्यक कानुनको तर्जुमा गरिनेछ नीतिको लक्ष्य रहेको छ । नीतिका अनुसार पानीको पुनर्भरणमा नकारात्मक असर पार्ने क्रियाकलापहरूलाई नियन्त्रण र निषेध गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ । भूमिगत जलस्रोत भण्डारमा नियमित रूपमा पानी पुनर्भरण हुने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ ।

यसैगरी राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० मा जलवायु परिवर्तनजस्ता प्राकृतिक तथा मानवजन्य कारणहरूले पानीका स्रोतहरूमा आएको हस् तथा संरचनाहरूको क्षतिजस्ता कारणहरूले पानीको उपलब्धतामा कमी हुनु तथा सेवा अवरुद्ध हुन गई खानेपानी तथा सरसफाइ सेवालाई अपेक्षाकृत सुरक्षित भरपर्दो र दिगो बनाउन नसकिनु मुख्य समस्या रहेको उल्लेख छ ।

स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न हास हुँदै गएका सतही र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्नु, खानेपानी तथा सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजानु, विपद् व्यवस्थापनलाई आन्तरिकीकरण गर्नु, अव्यवस्थित शहरीकरणका कारण खानेपानी तथा सरसफाइ सेवामा परेको चापलाई व्यवस्थित गर्नु, पर्याप्त लगानी जुटाउनेलगायत चुनौती रहेको नीतिमा उल्लेख छ । खानेपानीको स्रोत संरक्षण गरेर खानेपानी उपलब्ध गराउने नीतिको लक्ष्य रहेको छ । नेपालको संविधान, २०७२ ले स्वच्छ खानेपानीको पहुँचलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ ।

Previous Post

दुग्ध विकास संस्थान डुबाएको आरोपी सञ्जिब झा फेरी महाप्रबन्धक बन्ने प्रयासमा, शक्ति केन्द्रमा दौडधुप

Next Post

बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
डेंगु सङ्क्रमण ६९ जिल्ला फैलियो, सबैभन्दा बढी काठमाडौंमा

बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In