• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

by
८ असार २०८१,
0
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दा समेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन् । पछिल्लो समय ग्रामीण सडक धमाधम कालोपत्र भइरहेको सन्दर्भमा बागलुङका तीन ठूला राजमार्ग भने वर्षोंदेखि कालोपत्र हुन नसकेका हुन् ।

बागलुङमा अहिले सञ्चालनमा रहेका ग्रामीण सडक कालोपत्र गर्ने आयोजना धमाधम सम्पन्न हुने चरणमा आए पनि २०७२ सालमा कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग भने अझै धुलाम्मे छ । गण्डकी प्रदेश सरकार अन्तर्गतका चार सडक सम्पन्नताको चरणमा पुगेका छन् भने एक अलपत्र अवस्थामा छ ।

गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक अहिले सम्पन्न भइसकेका छन् । तर राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन नसकेको हो ।

ग्रामीण सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भइसकेको छ भने गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र भइसकेका छन् । राङ्खानी–बरेङ सडकसमेत कालोपत्रको अन्तिम चरणमा रहेको छ । पछिल्लो तीन महिनायता मात्रै ग्रामीण ४० किमि ग्रामीण सडक कालोपत्र भइसकेको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडकसमेत धमाधम कालोपत्र भइसक्दा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद रहेको बताए ।

थापाले कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी दिन नसकेका कारण ठूला सडक कालोपत्र हुन नसकेको बताए । उनले प्रदेश सरकार अन्तरगतका चार वटा सडक कालोपत्र भइसक्दा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर र सालझण्डी ढोरपाटन सडक कालोपत्र हुन नसकेको बताए ।

‘ठूला राजमार्गले सडक होल्डमात्रै गरेर राखे, त्यही ठूला सडकबाट जोडिएका ग्रामीण सडक अहिले धमाधम कालोपत्र भइरहेका छन्, हालै चार वटा ग्रामीण सडक कालोपत्र भइसक्यो’, प्रमुख थापाले भने ‘मध्यपहाडी राजमार्ग ठेकेदारको कारण कालोपत्र भएन, सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोकार बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन ।’ अहिले ग्रामीण सडक अन्तरगत कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडकभने अलपत्र परेको छ ।

विसं २०७२ मा दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडकमा जम्मा ६ किमि सडक मात्रै कालोपत्र भएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले पुनः पाँचौं पटक म्याद थप गरेको छ ।

बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै अहिले ठेक्का रद्द गरेर नयाँ ठेक्कामा गएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिए । हालसम्म पाँचौँ पटक म्याद थप गरेको हुँदा पुस मसान्तसम्म जसरी पनि सक्नुपर्ने उनको भनाइ छ । यस खण्डमा अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको शर्माले बताए ।

‘अन्तिम पटकलाई ठेक्काको म्याद पुस मसान्तसम्म थप गरिएको छ, अहिले निर्माण कम्पनीले पेटी ठेकेदारलाई काममा लगाएको छ’, शर्माले भने, ‘सम्झौता गरेको नौ वर्षसम्म सडक कालोपत्र नभएको हो, त्यसपछि ठेक्का खुलेका दर्जन ग्रामीण सडक लोकमार्ग छेउबाटै कालोपत्र भइसकेका छन् ।’ ढोरपाटन सालझण्डी सडक, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले पूर्णता पाएमा मात्रै बागलुङको अधिकांश भूभागसँग जोडिएका ग्रामीण सडक कालोपत्र भएको सार्थकता पाउने छ ।

Previous Post

काठमाडौँका यी स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने

Next Post

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

सम्बन्धित खबर

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
Load More
Next Post
पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In