• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता

by
७ असार २०८१,
0
इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिक्कल।वर्षौँदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यति बेला सुखी छन् । उनी मात्रै होइन यहाँका सयौँ किसान वर्षौँदेखि आकाशे पानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन् ।

जमुनामा कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले २० लाख रुपैयाँको लागतमा धुवाखोला सिँचाइ आयोजना निर्माण गरेपछि उनीहरू खुसी भएका हुन् ।

‘आयोजना सम्पन्न भई खेतमा पर्याप्त पानी आउन थालेको छ । पक्की नहरको माध्यमबाट किसानका हाम्रा खेतमा सिँचाइ पुगेपछि वर्षौँंदेखि बाँझिएका खाली जमिनमा पनि खेती गर्ने जाँगर आएको छ’, फागोले भने,’सिँचाइ सुविधा विस्तारपछि मौसमअनुसारका अन्नबाली तथा तरकारीबाली उत्पादन गर्न थालेका छौँ ।’

स्थानीय धुवाखोलाको पानी व्यवस्थापन गरी खेतसम्म पुर्‍याएपछि यति बेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको आयोजना उपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका किसान फागोले बताए ।

‘पहिले पहिले धान रोप्नका लागि आकासेपानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझै राख्नुपर्ने बाध्यता पनि थियो सिँचाइ आयोजना सम्पन्न भएपछि यसपटक समयमै रोपाइ गरेका छौँ’ फागोले भने ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामका प्रमुख रामनारायण श्रेष्ठले आयोजनाबाट यस क्षेत्रको ७५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको र छ सय ३१ किसान प्रत्यक्ष लाभान्वित भएका बताए ।

जमुनामा मात्रै होइन यहाँको फाकफोकथुम गाउँपालिका–३ आमचोकका किसान पनि यस वर्षदेखिको उत्तिकै खुसी भएका छन् ।

यहाँ पनि कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा निर्माण भएको सिम्ले कुलो सिँचाइ आयोजनाले किसानलाई राहत मिलेको छ । यस आयोजनाबाट ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने चार सय ५० किसान परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त सिँचाइ आयोजना उपभोक्ता समितिका सचिवसमेत रहेका किसान टेक भारतीले पानी सुविधापछि खेत बाँझै राख्ने समस्या समाधान भएको बताए। ‘विगतका वर्षमा आकासेपानीको पर्खाइमा त असार–साउन नै बित्ने गर्दथ्यो, सिँचाइ सुविधा विस्तारपछि यस वर्ष भने समयमै रोपाइ गरेका छौँ’, भारतीले भने, ‘हामी चार सय ५० किसान परिवार निकै हर्षित छौँ, उत्पादनसमेत बढ्नेमा आशावादी छौँ ।’

जमुना र आमचोक प्रतिनिधि उदाहरण मात्र हुन् । इलाममा कोशी प्रदेश सरकारले सिँचाइ सुविधाका लागि चालु आर्थिक वर्षमा मात्रै चार करोड ८० लाख ७० हजार रुपैयाँ लगानी गरेको छ । त्यसबाट ठूलासाना, नयाँ निर्माण र पुराना मर्मत सम्भार गरी ३५ आयोजनाका लागि उक्त रकम खर्च गरिएको हो । तीमध्ये २३ आयोजना सम्पन्न भइसकेका छन् भने आठ आयोजना अन्तिम चरणमा रहेका सिँचाइ विकास डिभिजन इलामका प्रमुख श्रेष्ठले जानकारी दिए ।

सम्पन्न भएकामध्ये नयाँ बहुवर्षे सिँचाइ आयोजना चार वटा र मर्मतबाट सम्पन्न भएका सिँचाइ आयोजना १९ रहेका छन् । चार वटा आयोजना भने सुरु हुन नसकेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘यस वर्ष इलाममा कोशी प्रदेश सरकारबाट ३५ सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको थियो, सबै आयोजना सम्पन्न भएमा जिल्लामा दुई हजार चार सय दुई हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुनेछ’, श्रेष्ठले भने । उनका अनुसार आयोजनाबाट जिल्लाका १३ हजार चार सय ६९ जना किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यहाँको रोङ गाउँपालिकामा पनि २० लाख रुपैयाँको लागतमा बिरिङ कटहरे सिँचाइ आयोजना सम्पन्न भएको छ भने रु ३५ लाखको लागतमा निर्माण भइरहेको सुके निन्दा सिँचाइ आयोजना अन्तिम चरणमा छ ।

माइजोगमाई गाउँपालिकामा २० लाख ७० हजार रुपैयाँको लागतमा खड्के खोला सिँचाइ आयोजना र १८ लाख रुपैयाँको लागतमा ढाडे खोला सिँचाइ आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

सन्दकपुर गाउँपालिकामा १५ लाख रुपैयाँको लागतमा गीताङ सिँचाइ आयोजना र पाँच लाख रुपैयाँ लागत दाहाल खोला टारीबेँसी सिँचाइ आयोजना सम्पन्न भएका छन् । सूर्योदय नगरपालिकामा पनि २० लाख रुपैयाँको लागतमा आन्द्रे खोला सिँचाइ आयोजना र आठ लाखको लागतमा रम्फोक खोला ढाडे सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

यस्तै, माई नगरपालिकामा १५/१५ लाख रुपैयाँको लागतमा पलाँसे र लेवाखोला, १० लाख रुपैयाँको लागतमा लोधिया र पाँच लाख रुपैयाँको लागतमा लोदिया माई सिँचाइ आयोजना सम्पन्न भएका छन् भने २० लाख रुपैयाँको लागतमा ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना निर्माणाधीन छ ।

यसैगरी देउमाई नगरपालिकामा १५ लाख रुपैयाँको लागतमा ढोकेखोला तथा १०/१० लाखको लागतमा सेवा खोला, सियाखोला मुहानचुली कुलो, सियाखोला मुहानचुली कुलो (१), सियाखोला मुहान जुवारे कुलो र सियाखोला मुहान जुवारे कुलो सिँचाइ आयोजना (१) र आठ लाख रुपैयाँको लगानीमा फाप्लुङम्बा सिँचाइ आयोजना सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ ।

माङसेबुङ गाउँपालिकामा १० लाख रुपैयाँको लागतमा कुसुण्डे बोहोरागाउँ सिँचाइ आयोजना सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकामा २० लाख रुपैयाँको लागतमा होयाङ खोला सिँचाइ आयोजना अन्तिम चरणमा रहेको छ । इलाम नगरपालिकामा १०/१० लाख रुपैयाँको लागतमा हुलाके कुलो, जानिटार, छाँगे जर्मने सिँचाइ आयोजना र चिसेनी नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना सम्पन्न भएका छन् भने ३५ लाख रुपैयाँको लागतमा करफोक खोला सिँचाइ आयोजना निमाणाधीन छ । यस्तै, चुलाचुली गाउँपालिकामा १० लाख रुपैयाँको लागतमा रतुवा खोला सिँचाइ आयोजना र छ लाख रुपैयाँको लागतमा सानो चाँजु सिँचाइ आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए ।

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्रका अनुसार इलाममा ३२ हजार नौ सय ९५ हेक्टर क्षेत्रमा मकै, १३ हजार चार सय ८१ हेक्टर क्षेत्रमा धान, चार हजार पाँच सय ८४ हेक्टर क्षेत्रमा गहुँ, एक हजार पाँच सय ९७ हेक्टर क्षेत्रमा कोदोको व्यावसायिक खेती हुँदै आएको छ । यस्तै एक हजार सात सय ५५ हेक्टर क्षेत्रमा अलैंँची, आठ सय ९० हेक्टर क्षेत्रमा किबी, दुई सय ९० हेक्टर क्षेत्रमा सुन्तला, एक सय २५ हेक्टर कफीको व्यावसायिक खेती हुँदै आएको छ ।

Previous Post

भोलि इरान जादैँ परराष्ट्रमन्त्री श्रेष्ठ

Next Post

अवैध रकमसहित पक्राउ परेका गजेन्द्र प्रहरीको आँखा छलेर भागे

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
अवैध रकमसहित पक्राउ परेका गजेन्द्र प्रहरीको आँखा छलेर भागे

अवैध रकमसहित पक्राउ परेका गजेन्द्र प्रहरीको आँखा छलेर भागे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In