• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माधव नेपाल फेरि ‘अध्यक्षमा उठ्ने’, चुनौती दिन झलनाथ खनाल ‘तम्तयार’

by
७ असार २०८१,
0
माधव नेपाल फेरि ‘अध्यक्षमा उठ्ने’, चुनौती दिन झलनाथ खनाल ‘तम्तयार’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।सत्ताधारी नेकपा एकीकृत समाजवादीको आसन्न महाधिवेशनबाट नेतृत्व सम्हाल्न पार्टीका दुई प्रमुख नेताहरू अग्रसर देखिएका छन्।नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीको महाधिवेशन १० दिनपछि काठमाण्डूमा सुरु हुँदै छ।

पार्टीमा सम्मानित नेताको हैसियतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने बताए।सहमतिको निम्ति भने प्रयास गर्ने पक्षमा आफू रहेको उनको भनाइ छ।

त्यस्तो सहमति राजनीतिक कार्यदिशा, कार्यक्रम र सिद्धान्तको आधारमा खोजिने बताउँदै त्यसको नेतृत्व आफूले गरिरहेको नेता खनालले सङ्केत दिए।

“नीति र नेतृत्वमा कहिल्यै तलमाथि हुन दिनु हुँदैन”, उनले भने, “समाजवादी कार्यक्रम र क्रान्तिबारेमा लामो समयदेखि लड्दै आएको त मै हो, अहिले सबै सहमतिमा पुगेका छौँ।”

नीति मेरो नेतृत्व पनि मेरै: खनाल
महाधिवेशनको निम्ति चारवटा दस्ताबेज उक्त पार्टीले पारित गरेको छ।अध्यक्ष नेपालले राजनीतिक, नेता खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसाल विधान र महासचिव घनश्याम भुसालले साङ्गठनिक तयार गरेका हुन्।

अध्यक्ष नेपालको दस्ताबेज पारित भएमा उनकै नेतृत्व अनुमोदन हुने सम्भावनाबारे प्रश्न गर्दा खनालले त्यसलाई फरक ढङ्गले अर्थ्याए।उनी भन्छन्: “नेपालको समाजवादी क्रान्तिमा पहिलो पटक अगाडि सारेको दस्ताबेज नै समाजवादी कार्यक्रम सम्बन्धी दस्ताबेज हो, समाजवादी क्रान्तिको सिङ्गै कालखण्डको कार्यक्रम हो।”

चारवटा दस्ताबेजहरूमध्ये ‘सबैभन्दा महत्त्वपूर्ण, दूरगामी र सिङ्गै क्रान्तिलाई मार्गदर्शन गर्ने’ खनालको दाबी छ।आफ्नो नेतृत्वमा लेखिएको दस्ताबेजबारे उनले भने: “त्यसो भएकाले त्यो दस्ताबेज जसरी पारित हुन्छ, त्यही आधारमा नेतृत्व निर्माण हुन्छ।”

तर उपाध्यक्ष भुसालले साझा अवधारणामा दस्ताबेज तयार गरिरहेको बताए।उनले पार्टी गठनको बेलादेखि नै समाजवादी नीति, कार्यक्रम र कार्यदिशा लिएर पार्टी अघि बढिरहेको बताउँदै खनालको दाबीको खण्डन गरे, “दस्ताबेज कुनै एक नेताको होइन।”

माधव नेपाल उठेमा अध्यक्षमा चुनाव?
पार्टी गठन भएको करिब तीन वर्षको हालसम्मको समीक्षा गर्दा आम कार्यकर्ताहरूबाट (नेतृत्व) परिवर्तन गरेर जाऔँ भन्ने निष्कर्षमा पुगेको खनालको ठम्याइ छ।विभाजनपछि राजनीतिक, वैचारिक, सैद्धान्तिक र सङ्गठनात्मक रूपमा राम्ररी पुष्टि गर्न नसकिएको भन्दै उनले नेपालको नेतृत्वमाथि प्रश्न उठाए।

त्यो परिवर्तनको औचित्य दर्साउन खोज्दै खनालले भने, “त्यसलाई अलि राम्ररी पुष्टि गर्नको निम्ति अलिक धारिलो र प्रभावकारी ढङ्गले जानुपर्ने आवश्यकता भयो भन्ने आम कार्यकर्ताको चाहना छ।”अध्यक्ष नेपाल निकट उपाध्यक्ष भुसालले ‘एमालेबाट विद्रोह गरेर पार्टीलाई कसले यहाँसम्म ल्यायो’ भन्दै नेता खनालको तर्कको खण्डन गरेका छन्।

देशव्यापी सङ्गठन विस्तार नै अध्यक्ष नेपालको नेतृत्वमा भएको बताउँदै उनले नेपाल नै फेरि अध्यक्ष बन्ने बताए।त्यो अवस्थामा के खनाल पनि चुनाव लड्लान्?“लोकतन्त्रको निम्ति लड्ने मान्छे हुँ म त”, उनले भने, “लोकतान्त्रिक ढङ्गले जाऊँ भन्दा त को पछि हट्छ र?”आफ्नो पूर्वपार्टी नेकपा एमालेको नेतृत्व गरिसकेका नेताद्वय नेपाल र खनाल प्रधानमन्त्री पनि बनिसकेका छन्।

एमालेबाट टुक्रिएर बनेको सानो आकारको पार्टीको महाधिवेशनबाट नेतृत्वमा पुग्न दुवैजना नेताहरू अग्रसर देखिएका छन्।तर नेता नेपालले आफ्नो उम्मेदवारीबारे औपचारिक रूपमा मुख खोलिसकेका छैनन्।कतिपयले भने दुवै नेताको विकल्प खोजेर सहमतिको प्रयास हुनसक्ने आकलन पनि गरेका छन्।

Previous Post

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

Next Post

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In