• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

by
४ असार २०८१,
0
पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खलङ्गा (दार्चुला)। नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर हिमालले सुशोभित भएकाले पनि थप आकर्षक रहेको छ ।

शान्त वातावरण, विभिन्न वरपरका विविध क्षेत्रको दृश्य तथा जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रबाट वरपरको प्राकृतिक मनोरम दृश्य पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ । खनिज पदार्थ, खानी, दुर्लभ पशुपक्षी, बहुमूल्य जडीबुटी, देवस्थल तथा वरपर हिमालको आकर्षण यस क्षेत्रका विशेषता हुन् ।

यस क्षेत्रलाई देवभूमि पनि भन्ने गरिन्छ । यसै क्षेत्रमा देवीदेउताका प्राचीन मन्दिरहरु पनि यहाँ अवस्थित छन् । यस क्षेत्रमा महर्षि वेदव्यासले तपस्या गरी वेद, पुराण, महाभारत आदिमा यस क्षेत्रको बारेमा वर्णन पनि गरेका थिए । यहाँ अवस्थित रहेका पुराना तथा प्राचीन मन्दिरहरु र ऋषिमुनिहरुले तपस्या गरेका स्थलहरुको अध्ययनबाट पनि यस अपीनम्पा क्षेत्रको पवित्रता स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

अपी नाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । यस क्षेत्रमा पाइने जडीबुटी, लोपोन्मुख वन्यजन्तु, प्राकृतिक सम्पदाहरु यसका मुख्य आकर्षण हुन् । यहाँ पर्यटकहरूका लागि घरबास (होमस्टे)को पनि व्यवस्था गरिएकाले पनि टाढादेखि नै यहाँ पर्यटक आउने गर्दछन् । यो क्षेत्रमा वर्षको सात महिना हिउँले ढाकिएको हुन्छन् । त्यसकारणले यहाँका बासिन्दा हिउँ नपर्ने अरू ठाउँमा बास बस्न जाने गर्दछन् । तर पनि हिउँ खेल्ने तथा यसमा रमाउनेहरुका लागि त्यो समय झनै आकर्षक हुने गरेको छ ।

दार्चुला सदरमुकामबाट भारतको बाटो हुँदै गाडीमा करिब चार घन्टाको यात्रापछि सीतापुलबाट एक घन्टा पैदल हिँडेर व्यास गाउँपालिका–१ छाङ्गरु अपी नाम्पा संरक्षण क्षेत्रमा प्रवेश गर्न सकिन्छ । नेपाल सरकारले सुदूरपश्चिम जैविक विविधता बोकेको अपी नाम्पा क्षेत्रलाई २०६७ असार २८ मा अपी नाम्पा संरक्षण क्षेत्रका रुपमा घोषणा गरेको हो । यस क्षेत्रभित्र सुदुरपस्चिम प्रदेशकै अग्लो अपी हिमाल पर्दछ ।

अपी हिमालको उचाई सात हजार एकसय ३२ मिटर छ । दार्चुला जिल्लाका उत्तरी भेगका यस क्षेत्रअन्तर्गत चार ओटा वडा दुहू गाउँपालिकाका पाँच वडा अपीहिमाल गाउँपालिकाका छ वडा र मार्मा गाउँपालिकाको सम्पूर्ण भाग, त्यस्तै नौगाड गाउँपालिकाका पाँच वडा र महाकाली नगरपालिकाका दुई वडा गरी जम्मा ३१ वडामा फैलिएको छ ।

यो संरक्षण क्षेत्र करिब एक हजार ९०३ वर्ग किलोमिटरमा फैलिएको छ । पाँच सय ३९ मिटर देखि सात हजार १३२ मिटरको उचाइसम्ममा रहेको यस क्षेत्रको पूर्व तर्फ बझाङ जिल्लाको सिमाना, पश्चिमतर्फ महाकाली नदी, भारतको उत्तराखण्ड जिल्लाको अन्तर्राष्ट्रिय सिमाना, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणतर्फ नौगाड गाउँपालिका पर्दछ ।

यस संरक्षण क्षेत्रमा बसोबास गर्ने समुदायहरूको आठ हजार नौ सय ७९ घरधुरीमा कूल जनसङ्ख्या ५९ हजार ६ सय नौ रहेको छ । यहाँका बासिन्दाले ध्युउला, गौरा, विसु प्रमुख चाडपर्व मान्ने गर्दछन् । सो क्षेत्रमा २५ प्रकारका अस्तनधारी जनावर, दुई सय ४३ प्रजातिभन्दा बढी चरा, ३५ प्रकारका माछा र ७५ प्रकारभन्दा बढी जडीबुटीहरु पाइन्छन् । यहाँ मनमोहक फाटँहरु, गुफा, झरना, सुन्दर तालका साथै मनै लोभ्याउने हिमालहरु रहेका छन् ।

उक्त क्षेत्रभित्र हिउँ चितुवा, घोरल, कस्तुरी मृग, हिमाली कालो भालु, डाँफे, मुनाल, हिउँ मयुरजस्ता दुर्लभ वन्यजन्तु रहेका छन् । त्यस्तै जटामसी, यार्सागुम्बा, पाँचऔँले, कुड्की, सुगन्धबाल, तालिसपत्र, लौठसल्लो, पाखनवेद, दाल चिनी, रिठ्ठा, ओखर आदि जस्ता बहुमूल्य जडीबुटी पाइने गर्दछन् ।

खासगरी यार्सागुम्बा सङ्कलनका लागि संरक्षण क्षेत्रको स्वीकृत व्यवस्थापन कार्ययोजनामा उल्लेख भएबमोजिम प्रत्येक आर्थिक वर्षमा जम्मा आठ सय ५० केजी यार्सागुम्बाको छोड्पूर्जी लिएर जिल्ला बाहिर निकासा दिने गरिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख (वार्डेन) विनयकुमार झाले जानकारी दिए ।

उनले भने, “यार्सा गुम्बा प्रतिकेजी ३१ हजार राजस्व दाखिला गरी जिल्लाबाहिर यार्सागुम्बा निकासा हुने गरेका छौँ । चालु आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म जम्मा राजस्व सङ्कलन रकम एक करोड ८० लाख ८६ हजार आठ सय पाँच भएको छ । अघिल्लो आवमा राजस्व रकम एक करोड ५२ लाख एक हजार ६ सय २५ सङ्कलन भएको थियो । गत वर्षभन्दा यस वर्ष आम्दानी बढेको देखिएको छ ।”

यस आवको जेठसम्म संरक्षण क्षेत्र भित्रका यार्सा सङ्कलन गर्न जाने सात सय पाँचजना रहेका छन् । संरक्षण क्षेत्रभित्रका लागि प्रवेश शुल्क पाँच सय तिर्नुपर्ने, जिल्लाभित्रका लागि दुई हजार र जिल्ला बाहिरका लागि तीन हजार शुल्क तिर्नुपर्ने हुन्छ । यस कार्यालयमा कर्मचारीको अभावले गर्दा संरक्षण क्षेत्रमा नियमित गस्ती गर्न नसकिएको सो कार्यालयले जनाएको छ ।

कार्यालयको दरबन्दी ६७ रहे पनि हाल यहाँ ३३ जना कर्मचारी रहेको झाले जानकारी दिए । विश्वकै बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने यो क्षेत्र खुल्ला भएकाले पनि यहाँ मानिसहरु अवैध रुपमा अर्थात् राजस्व नतिरी यार्सा टिप्नका लागि प्रवेश गर्न खोज्दछन् । स्थानीयको आयआर्जनका लागि पनि उनीहरु यार्सा टिप्न त्यहाँ जाने गर्दछन् । यसरी अवैध रुपमा प्रवेश गर्न खोज्नेमा यार्साको व्यापार गर्ने जिल्ला तथा बाहिरका मानिस पनि पर्दछन् ।

त्यसैले यहाँको सो कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी राखेर कडाइ गर्नुपर्ने हुन्छ । यहाँ धेरैजसो भारतीय मुलुकका नागरिक यार्सा टिप्न आउने गर्दछन् । विदेशीहरूको हकमा नेपाल सरकारसँग यार्सागुम्बासम्बन्धी राजस्व सङ्कलन गर्ने नियम, ऐन कानुन नभएकाले उनीहरूसँग राजस्व लिन कठिनाइ भएको पनि झा बताउँछन् ।

कार्यालय प्रमुख झा यो नीति सरकारले बनाइदिएको भए नेपाल सरकारको ढुकुटीमा करोडौँ रुपैयाँ राजस्व जम्मा हुने बताउनुहुन्छ । अब छिटो नै संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनर्गठनपछि यार्सागुम्बा सङ्कलन एकद्वार प्रणाली बनाउने र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनमा यस कार्यालयले प्रक्रिया अगाडि बढाउने प्रमुख झाले बताए ।

अपी नाम्पा संरक्षण क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू घुम्न आउने गर्दछन् । अपी नाम्पा संरक्षण क्षेत्र प्राकृतिक विविधता तथा जडीबुटीले भरिपूर्ण भएकाले यसमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यातायातको पहुँच, प्रचारप्रसार लगायतमा सबैले ध्यान दिनुपर्ने कार्यालय प्रमुख झाको भनाइ छ ।

यहाँबाट अपी हिमाल र व्यास हिमाल निकै आकर्षक देखिन्छ । साथै, यसै क्षेत्रभित्रका ब्रह्मदह, रानीकोट, थाइसैनमा मनमोहक फाँटहरु हेर्न पाइन्छ । अपी नाम्पा संरक्षण क्षेत्रमा रहेको ब्रह्मदह रानीकोट क्षेत्र धेरै गन्तव्यहरुमध्ये एक गन्तव्य हो ।

प्रचारप्रसारको अभाव र भौगोलिक विकटताको कारण नेपालतर्फ यातायातको बाटो समेत नहुनु यहाँको मुख्य समस्या हो । अहिले नेपाल सरकारले चीनसँगको जोड्ने नाका टिङ्करसम्म गाडी गुड्ने बाटो बनाउने तयारी गरेकाले यसबाट पनि उक्त क्षेत्रमा आउने पर्यटकलाई सहज हुनेछ ।

त्यस्तै आन्तरिक तथा बाह्य पर्यटकलाई संरक्षण क्षेत्रभित्र आकर्षित गर्नका लागि तिनै तहका सरकारले भौतिक संरचनामा सुधार, जडीबुटी प्रशोधन केन्द्र, पर्यटक लोभ्याउने प्याकेज ल्याउनुपर्ने अपी नाम्पा संरक्षण क्षेत्रका रेन्जर विनोद जेठारा क्षेत्री बताउँछन् ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयबाट अपी नाम्पा आधार शिविरसम्म हिँडेर पुग्न लगभग ६८ किलोमिटर दूरी छ । दार्चुलाबाट नजिक पर्ने तिब्बतको कैलाश मानसरोवर धर्मस्थल यात्रा तत्काल खोल्दा धेरै पक्षबाट व्यवसायी, सरकार र नागरिकलाई समेत फाइदा पुग्ने देखिन्छ ।

दार्चुला जिल्लामा यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था सङ्घ र प्रदेश सरकारले यथाशीघ्र गर्नुपर्ने दार्चुलाका स्थानीयबासी दीपक खातीको माग छ । उनले सङ्कलित जडीबुटीको भण्डारण र प्रशोधन केन्द्र बनाउनुपर्ने र तिनको मूल्य तोकी बजारीकरणको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।

यहाँका बासिन्दाहरू शिक्षा, सीप र स्वास्थ्यका लागि पनि भारत जाने गर्दछन् । यहाँ सौका समुदायको बहुलयता रहेको छ । यस क्षेत्रको मुख्य पेशा यर्सागुम्बा तथा अरु जडीबुटी सङ्कलन गरी बिक्री वितरण गर्नु हो । यहाँको छाङ्गरुबाट चीनको नाका टिङ्कर पुग्न करिब चार घण्टा पैदल हिँड्नु पर्दछ । विसं २०७६ देखि कोरोना महामारीपछि बन्द भएको टिङ्कर नाका दुई देशको सम्झौताअनुसार यही असार ११ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

Previous Post

काटे वा चोट लागेमा घरेलु उपचार गर्न सकिने

Next Post

न्यून रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
न्यून रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा

न्यून रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In