• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस वर्षको मनसुनबाट कोशीमा १ लाखभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान

by
४ असार २०८१,
0
यस वर्षको मनसुनबाट कोशीमा १ लाखभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ। प्रदेशका १४ जिल्ला र एक सय ३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा ल्याएको हो।

प्रदेशमा मनसुन भित्रिसकेका कारण विगतको विपद्का घटना र तथ्याङ्क विश्लेषण गरी समितिले प्रतिकार्य योजना आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो। योजनामा यस वर्ष मनसुनमा हुन सक्ने बर्षा, त्यसले पुर्याउने प्रभाव, सम्भावित क्षतिको आकलन तथा विश्लेषण गरिएको छ।

प्रदेश सरकारका मन्त्रालय, सुरक्षा निकाय अन्य सहयोगी निकाय, विभिन्न निकायहरुबाट प्राप्त हुने प्रतिकार्य सामग्री, जनशक्तिजस्ता आधारभूत विषयवस्तु यस योजनामा समेट्ने प्रयास गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ निर्माण कार्यदलका संयोजक रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए।

उनकाअनुसार यसवर्ष कोशी प्रदेशमा मनुसनजन्य विपद्बाट एक लाख १३ हजार तीन सय ३५ घरधुरी विपद्को प्रभावमा पर्ने सक्ने आकलन गरिएको छ। त्यसमध्ये पनि ३७ हजार आठ घरधुरी अझ बढी प्रभावित हुने योजनामा उल्लेख छ। विपद् पश्चात तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न तथा मानवीय सहायता उपलब्ध गराउन कार्य योजनामा मातहतका विभिन्न निकायलाई जिम्मेवारी तोकिएको छ।

कोशी प्रदेशमा सबैभन्दा बढी डुबानबाट सुनसरी जिल्ला प्रभावित हुन सक्ने आकलन गरिएको छ। सुनसरीमा डुबानबाट तीन लाख ६१ हजार सात सय १८, झापामा ४९ हजार दुई सय ३२, मोरङमा २६ हजार नौ सय ५४, उदयपुरमा १६ हजार आठ सय ९९ परिवार प्रभावित हुन सक्ने जनाइएको छ।

पहिराबाट तेह्रथुममा चार हजार नौ सय ९५, ताप्लेजुङमा एक हजार इक सय २९, सोलुखुम्बुमा तीन हजार दुई सय ७३, भोजपुरमा सात हजार तीन सय ४५, धनकुटामा तीन हजार चार सय ६३, इलाममा एक हजार ५३, खोटाङमा चार हजार चार सय ६०, सङ्खुवासभामा सात हजार छ सय २७, ओखलढुङ्गामा पाँच हजार दुई सय ७१ परिवार प्रभावित हुनसक्ने कार्य योजनामा उल्लेख गरिएको विपद् व्यवस्थापन समिति सदस्य यशप्रसाद सुब्बाले बताए।

कोशी प्रदेशमा रहेका एक हजार पाँच सय साना ठूला नदी रहेका छन्। वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्न सक्ने हुँदा पहाडी क्षेत्रमा पहिरो, भेल, आकस्मिक बाढी र तराई क्षेत्रमा डुबान, कटान जस्ता विपद् निम्त्याउने गरेको उनले बताए। उनले पहाडी क्षेत्रको भौगोलिक बनावट, जोखिम नक्साङ्कन नहुनु, भूउपयोग योजना नबन्नु, कृषि प्रणाली, पूर्वाधार निर्माण र सुरक्षित आवासयोग्य भूमिको छनोट गर्ने परम्परा नबस्नु, विपद् र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पहाडी क्षेत्रमा डोजरलगायतका हेभी उपकरणको मद्दतले जथभावी सडकलगायतका पूर्वाधार निर्माण गरिनुलगायतका कारणले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताए।

विपद व्यवस्थापनका लागि प्रदेशका १४ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।

Previous Post

पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध

Next Post

उड्न लागेको बुध्द एयरको रनवेमा स्यालले बाटो काटेपछि….

सम्बन्धित खबर

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
Load More
Next Post
उड्न लागेको बुध्द एयरको रनवेमा स्यालले बाटो काटेपछि….

उड्न लागेको बुध्द एयरको रनवेमा स्यालले बाटो काटेपछि....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In