• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माधवको ‘यू–टर्न’, ओलीको टाउको दुखाइ

by
३० जेष्ठ २०८१,
0
माधवको ‘यू–टर्न’, ओलीको टाउको दुखाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जनताको बहुदलीय जनवाद (जबज) लाई एमाले र एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र पेचिलो बहस छ । एमालेमा एकमतले जबज भने पनि एकीकृत समाजवादीभित्र भने समाजवादी विचारधारा निर्माण गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई कम्युनिष्ट सिद्धान्त भन्दै एमालेले अहिले पनि यही विचारधारालाई बोकिरहेको छ । एमालेमा रहँदा माधव नेपाल र झलनाथ खनालले पनि जबजलाई राजनीतिक सिद्धान्त मानेका थिए । एमालेबाट छुट्टिएर एकीकृत समाजवादी बनेपछि पनि मदनकै सिद्धान्तलाई बोक्यो ।

तर, पछिल्लो समय जबजको विषयमा नेकपा एकीकृत समाजवादीभित्र फरक ढंगले बहस गर्न थालेको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल पनि जबजबाट समाजवादमा पुग्न सकिन्न भन्नेमा सहमत बन्न पुगेका छन् । तर, अहिले पनि जबजप्रतिको माया र त्यसको पेरिफेरिमा एमाले अध्यक्ष केपी ओलीको बचाउ भने गरिरहेका छन् ।

माधव नेपालले पनि जबजबाट समाजवादी क्रान्ति सम्पन्न नहुने धारणा राखेपछि नेकपा एसभित्र जबजले मुलुकको राजनीति सहि दिशामा जाँदैन भन्ने विचारधारा राख्दै आएका झलनाथ खनालको भने नैतिक जित भएको जस्तो देखिन्छ ।

झलनाथ खनाल एक्लैले पहिलेदेखि नै जबजबाट समाजवादी क्रान्ति सम्पन्न नहुने भन्दै वैचारिक रुपमा फरक मत राख्दै आएका थिए । खनालले अहिले पनि जबजको राजनीतिक उद्देश्य समाप्त भइसकेको दाबी गरिरहेका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गरे ।

उनले भने, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सार्यो अरू पार्टीले भन्न सकेका छैनन् । हिजो नवौँ महाधिवेशनले पनि धेरै गलत कुराहरू अगाडि सार्यो । जनताको बहुदलीय जनवादी ९जबज० लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु रु’

अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गर्दै आफ्नो पार्टीले वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजाने बताए । उनले भने, ‘हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौँ । अहिले समाजवादी मोर्चा नयाँ ढंगले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौँ । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाऊ भन्दै हुनुहुन्छ । त्यसैगरी अशोक राईको समूहले पनि मिलेर जाऊँ भन्दै हुनुहुन्छ, अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाऊँ भनिरहेका छन् । त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौँ। यी सबै वामपन्थी शक्तिहरूलाई मिलाएर एकताबद्ध बनाएर हामी अगाडि बढ्छौँ ।’

माधव नेपाल उनै नेता हुन् जो आजभन्दा चार महिना पहिले मात्रै पनि जबजको विकल्प नभएको दाबी गरिरहन्थे । एमालेले अंगिकार गरिरहेको जबजलाई राजनीतिको प्रमुख लाइन भन्दै त्यसको पक्षपोषण गरिरहेका माधव नेपाल जबजप्रति कट्टर पनि देखिन्थे ।

माधव नेपालले एमालेसँगको सहकार्यको ढोका खुला गर्नलाई पनि यस्तो बताएको धेरैले आशंका गर्ने गरेका थिए । ओली पनि जबजका कट्टर समर्थक देखिएकाले माधवले बोलीमा लोली मिलाएको शंका गरिन्थ्यो । तर, पछिल्लो समय ओली माधवप्रति अनुदार पेस हुने गरेका मात्रै छैनन्, पार्टीलाई दक्षिणपन्थी शक्तिसामु लगेर बुझाएको गम्भीर आरोप लगाइरहेका छन् ।

ओलीले माधव नेपालमाथि गम्भीर आरोप लगाउने क्रम नरोकिएपछि माधव समाजवादी मोर्चा र समाजवादी कार्यक्रम तयार पार्नुपर्ने ठाउँमा आइपुगेको धेरैको आंकलन छ । हुनत, केही दिन पहिले मात्रै पनि माधवले प्रचण्डको प्रशंसा गर्दै ओलीलाई धेरै मुर्मुरिन नहुने सुझाव नै दिएका थिए ।

साना कम्युनिष्ट पार्टीहरू समाजवादी मोर्चाको अभ्यासमा जुटेका छन् । कम्युनिष्ट भनेर मात्रै नहुने भन्दै उनीहरूले समाजवादी राजनीतिक विचारधारा निर्माण गर्ने र बृहत्तर एकता र कार्यगत एकताको अभ्यास गर्न खोजिरहेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीको विभाजनपछि केही सेलाएको समाजवादी मोर्चा फेरि सक्रिय बन्ने संकेत देखा परिरहेको छ । यस्तोमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा लगायत दलहरू फेरि कसिलो मोर्चाको तयारीमा छन् ।

यता, एमाले भने एक्लैले बहुमत ल्याउने भन्दै कस्सिएका कारण पनि झस्किएका शक्तिहरू अब राजनीतिक विचारधारामै नयाँपन दिने गरी अघि बढ्न खोजेको देखिन्छ ।

Previous Post

यूएईमा कम्पनी छाडेर अवैधानिक बन्दै नेपाली, अलपत्र परेपछि दूतावासको शरणमा

Next Post

श्रमाधान रोजगार मेला आज सकिँदै

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
Load More
Next Post
श्रमाधान रोजगार मेला आज सकिँदै

श्रमाधान रोजगार मेला आज सकिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In