• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तान–तालिबानबीच बढ्यो तनाव, गोली हानाहान

by
२६ मंसिर २०७९,
0
पाकिस्तान–तालिबानबीच बढ्यो तनाव, गोली हानाहान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिना उत्तेजना हमला गरेको आरोप लगाएको छ।

पाकिस्तानी सेनाले यो आक्रमणमा अफगानिस्तानको सुरक्षा बलले तोपखाना र गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले कान्दाहारका प्रहरी प्रवक्ता हाफिज साबेरले यस हमलामा एक अफगान सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएको जनाएको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले ट्वीट गर्दै भनेका छन्, ‘अफगान सीमा बलको अनावश्यक गोलाबारीका कारण चमनमा धेरै पाकिस्तानीहरू मारिएका छन् र एक दर्जनभन्दा बढी घाइते भएका छन्। यो दुर्भाग्यपूर्ण छ र म यसको घोर भर्त्सना गर्दछु। अफगानिस्तानको अन्तरिम सरकारले यस्तो घटना दोहोरिन नदिन सुनिश्चित गर्नुपर्छ।’

अफगान सरकारका अधिकारी नूर अहमदले दुई पक्षबीचको वार्तापछि घटनास्थलको अवस्था सामान्य भएको बताएका छन्।

किन भयो गोलाबारी ?
रोयटर्सका अनुसार अफगानिस्तानको सुरक्षा बलसँग सम्बन्धित स्रोतले पाकिस्तानी सुरक्षा बलले अफगान सुरक्षाकर्मीलाई अफगान क्षेत्रको सीमामा नयाँ चेकपोस्ट निर्माण गर्नबाट रोकेपछि दुई पक्षबीच झडप भएको जनाएको छ।

सोही क्रममा चमन जिल्लाका प्रहरी अधिकृत अब्दुल्लाह कासीले पाकिस्तानी अखबार डनलाई पाकिस्तानी भूमिमा मोर्टार गोली खसेपछि दुई पक्षबीच गोली हानाहान सुरु भएको बताएका छन् ।

अफगानिस्तानको सीमावर्ती प्रान्त कान्दाहारको चमन पोष्ट दुई देशबीचको व्यापारिक र आवतजावतको मार्ग हो। यस हमलापछि पाकिस्तान सरकारले अफगानिस्तान सरकारसँग वार्ता गरेर यस विषयमा गम्भीरता स्पष्ट गरेको छ। यस्ता घटना दोहोरिन नदिनका लागि कडा कदम चाल्न माग गरिएको छ। तर, यस क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबीच हिंसात्मक झडप भएको यो पहिलो पटक भने होइन। गत महिना पनि यस्तै संघर्षपछि यो सडक केही दिनसम्म बन्द रह्यो। त्यसबेला एक हतियारधारी अफगानीलेसीमा पार गरेर पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण गर्दा एक पाकिस्तानी सैनिकको मृत्यु भयो र दुई जना घाइते भए।

यससँगै गत महिना सडक निर्माणको विषयमा विवाद भएपछि खैबर–पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सीमा पारबाट अफगानिस्तानको गोलाबारीमा दुई बालबालिका र तीन अर्धसैनिक सिपाहीसहित आठ जना घाइते भएका थिए।

दुई पक्षबीच अप्रत्यक्ष टकराव
यी प्रत्यक्ष भिडन्तबाहेक दुवै पक्ष अप्रत्यक्ष रूपमा एकअर्कासँग भिड्दै आएका छन्। दुई देशहरूबीच गोलाबारीको यो पछिल्लो घटनाको २४ घण्टाअघि पाकिस्तानले उसका सुरक्षा बलहरूले अफगान गाँउनजिकै चार आईएस–के लडाकूहरू पत्ता लगाएर मारेको दाबी गरेको थियो

आईएस–केले डिसेम्बर २ मा काबुलस्थित पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो जसमा दूतावासका अधिकारी उबेदुर रहमान निजमानीलाई निशाना बनाइएको थियो। आक्रमणबाट निजमानी सकुशल बाँचे तर उनका निजी सुरक्षाकर्मी गम्भीर घाइते भएका थिए।

यसैबीच पाकिस्तान सरकारले तहरीक–ए–तालिबानबाट नयाँ चुनौतीहरूको सामना गर्नु परिरहेको छ। अफगानिस्तानको अन्तरिम तालिबान सरकारले यस समूहसँग पाकिस्तानको वार्ता सुरु गरेको थियो। यसलाई पाकिस्तानको तालिबान भनिन्छ।

टीटीपी पाकिस्तान र अफगानिस्तानको सिमानामा रहेको आदिवासी क्षेत्रमा शासन गर्न चाहन्छ। यसकारण ऊ पाकिस्तानी सेनाको उपस्थिति चाहँदैन। जसका कारण ऊसँग सेनाको झडप भइरहेको छ।

यस समूहसँग लामो समयदेखिको असफल वार्ताको शृङ्खलापछि टीटीपीले यही महिनाको सुरुमा सरकारसँगको युद्धविराम अन्त्य गरेको घोषणा गरेको हो । यस घोषणासँगै टीटीपीले आफ्ना सदस्यहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ।

यसपछि पाकिस्तानमा सेना र टीटीपीबीच अर्को रक्तपातपूर्ण युद्धको खतरा बढेको छ। यससँगै सर्वसाधारणमाथि टीटीपी आक्रमणको खतरा पनि बढेको छ। टीटीपीले देशमा अल्पसङ्ख्यक, महिला र उदारवादीहरूलाई आक्रमण गर्दै आएको छ।

पाकिस्तान–अफगानिस्तान सीमा विवाद
पाकिस्तान र अफगानिस्तानबीचको सीमा विवाद नयाँ होइन। दुई देशबीच २६ सय किलोमिटर लामो सिमाना छ, जसमध्ये ९० प्रतिशत सीमामा पाकिस्तानले काँडेबार लगाएको छ।

अफगानिस्तानबाट पाकिस्तानलाई छुट्याउने सीमालाई डुरान्ड लाइन भनिन्छ। तर अफगानिस्तानले यो सीमालाई स्वीकार गर्दैन।

पाकिस्तानले यसलाई डुरान्ड रेखा नभनेर अन्तर्राष्ट्रिय सीमा भनेको छ। यो सिमानामा अन्तर्राष्ट्रिय मान्यता रहेको उसको भनाइ छ।

ब्रिटिश सरकारले सन् १८९३ मा भारतको तत्कालीन उत्तरपश्चिमी भागमा आफ्नो नियन्त्रण कायम गर्न अफगानिस्तानसँग २६४० किलोमिटर लामो सीमा रेखा कोरेको थियो।

यो सम्झौता काबुलमा तत्कालीन ब्रिटिश भारतका विदेश सचिव सर मोर्टिमर डुरान्ड र अमिर अब्दुर रहमान खानबीच भएको थियो। तर, अफगानिस्तानमा शासन गर्न चाहने जोकोही पनि डुरान्ड लाइनमा सहमत छैनन्। कोही पनि अफगानिस्तानीले यसलाई अन्तर्राष्ट्रिय सीमा मान्दैनन्।

सन् १९२३ मा राजा अमानुल्लाहदेखि वर्तमान सरकारसम्म डुराण्ड रेखाबारेको धारणा यही हो। सन् १९४७ मा पाकिस्तानको जन्म भएपछि केही अफगान शासकहरूले डुराण्ड सम्झौताको वैधतामाथि नै प्रश्न उठाएका थिए।

यस वर्षको सुरुमा तालिबानका एक शीर्ष कमाण्डरले पाकिस्तानलाई तारबार निर्माण गर्न नदिने बताएपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा रहेको स्पष्ट भएको थियो।

तालिबान कमाण्डर मौलवी सनाउल्लाह संगिनले पाकिस्तानले पहिले जे गरे पनि अहिले तारबार निर्माणका लागि अनुमति नदिने बताएका छन्।

तर, तालिबानको केन्द्रीय नेतृत्वबाट यस विषयमा स्पष्ट अडान आएको छैन। यद्यपि अफगानिस्तानमा तालिबान फर्किएपछि दुई देशबीचको सम्बन्ध जसरी चिसो बनेको छ, त्यसको संकेत देखापरेको छ। जबकि पाकिस्तान अफगानिस्तानको तालिबान सरकारलाई औपचारिक मान्यता दिने पहिलो देश हो। तर, दुई देशबीचको सम्बन्ध प्रगाढ र सुदृढ हुनुको सट्टा उदासीनता र तनाव देखिएको छ।

Previous Post

रेशम चौधरीको रिहाइका लागि सरकारले ल्यायो छुट्टै अध्यादेश

Next Post

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

सम्बन्धित खबर

मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
Load More
Next Post
राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In