• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘जरबेरा फूलखेती’ मा मनग्य आम्दानी, किसान आकर्षित

by
२७ जेष्ठ २०८१,
0
‘जरबेरा फूलखेती’ मा मनग्य आम्दानी, किसान आकर्षित

सूर्यविनायक नगरपालिका‐७ गुण्डु कार्की गाउँमा कुश कार्कीले गरेको जरबेरा फुल खेती । जरबेरा फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि यहाँका किसान फूल खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर ः रमेश गिरी / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर । गुन्डुमा जरबेरा फूलखेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा कुश कार्कीले सुरु गरेको जरबेरा फूलखेतीले यहाँका किसानलाई खेती गर्न आकर्षित बनाएको छ ।

‘कट फ्लावर’का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ । पहेंलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फूल सजावट बढी प्रयोग गर्ने गरिन्छ ।

इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट दुई रोपनी जग्गामा वर्षमा रु १० लाखसम्म आम्दानी दिने किसान कार्की बताउछन् । दुई रोपनी जग्गामा फूलखेती सुरु गरेका उनले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप दुई रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गरेका छन् ।

जरबेराका पाँच थरिका फूल फुलिरहेको उनको बारीमा भारतको पुनेबाट प्रतिबिरुवा रु एक सय १० मा खरिद गरि तीन हजार पाँच सय बिरुवा लगाएकामा हाल तीन हजार एक सय बोटले फूलको उत्पादन दिइरहेको र चार सय बिरुवा मरेको किसान कार्कीले जानकारी दिए ।

एक दिन बिराएर एकपटकमा करिब एक हजार आठ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उनले मौसम हेरेर रु १५ देखि रु ३० मा एउटा फूल बताए । यो फूलले चार वर्षसम्म उत्पादन दिने र चार वर्षमा एउटा बोटले दुई हजार एक सय ६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उनले दुई रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा रु १० लाखसम्म आम्दानी हुने बताए ।

सुरुमा रु २० लाख लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उनले दुई वर्षमा लगानी उठाएर चार वर्षसम्म मुनाफा लिन सकिने र चार वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नु नपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताए ।

नगरउपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताइन् । उनले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिइन् ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विगत छ वर्षदेखि सूर्यविनायकको गुण्डुलाई फूलखेतीको पकेट क्षेत्रका रुपमा घोषणा गर्दै अनुदान दिन सुरु गरेको बताए ।

उनले गुण्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको बताए । उनले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताए । गुण्डुका किसानलाई नगरपालिकालको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा शुक्रबार अनुदानमा वितरण गरेको सापकोटाले जानकारी दिए ।

गुण्डुबाट मात्रै एक वर्षमा रु १० करोडको फूल बाहिरिने जनाउँदै उनले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताए । नगरपालिकाको कृषि शाखाका प्रमुख शान्तला बुढाथोकीले गुण्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट खड्काले जरबेरा फूलको व्यावसायिक खेती सुरु गरेको बताए ।

प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि रु नौ लाख ६० हजारमध्ये रु चार लाख ८० हजार अनुदान दिएको उनले बताए । कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताए ।

Previous Post

टी-२० विश्वकपः युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज

Next Post

मोदीको शपथ आज

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
मोदीको शपथ आज

मोदीको शपथ आज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In