• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस वर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक कालोपत्र

by
२६ जेष्ठ २०८१,
0
यस वर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक कालोपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यस वर्ष पनि कालोपत्र नहुने भएको छ । २६ वर्ष अगाडि ट्रयाक खुलेको लोकमार्ग कालोपत्र गर्न झण्डै एक दशकअगाडि निर्माण कम्पनीलाई जिम्मा दिइएकामा काम नगर्दा चालु आर्थिक वर्षमा पनि नसकिने भएको हो ।

कालोपत्र गर्न दुई खण्डमा गरी ठेक्का लगाइएको थियो । बागलुङ नगरपालिका–४ उपल्लाचौरबाट काठेखोला गाउँपालिका–५ इनारपानी घुम्तीसम्मको पहिलो खण्डमा ८० प्रतिशत र इनारपानी घुम्ती भन्दामाथि घोडा बाँधेसम्मको दोस्रो खण्डमा ७४ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ ।

दोस्रो खण्ड इनारपानी घुम्तीबाट घोडाबाँधेसम्मको ठेक्का पाएको निर्माण कम्पनी काम नगरेर कालो सूचीमा परेपछि सडक अलपत्र परेको छ, भने पहिलो खण्डमा निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेको सूचना अधिकारी इञ्जिनियर धीरज ढकालले जानकारी दिए ।पहिलो खण्ड उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत-सिद्धिसाई जेभीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी सम्झौता गरिएको थियो ।

अहिलेसम्म पाँच पटक म्याद थप गर्दा सात किलोमिटर सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किलोमिटर रहेको उनको भनाइ छ। इञ्जिनियर ढकालका अनुसार यस खण्ड चालु आर्थिक वर्षमा नसकिने भएपछि निर्माण कम्पनीले आगामी पुस मसान्तसम्म सक्नेगरी म्याद थप गरेको छ । दोस्रो खण्ड विसं २०७२ माघमा जिम्मा पाएको एमपी-एससीएफ-ई सिसी जेभी गत पुसमा सूचीमा परेको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो ।

काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किलोमिटर सडक एमपी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रुपमा ठेक्का लिएका थिए । यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा ३३ करोड स्रोत सुनिश्चित गरेको थियो ।

अहिले उक्त खण्डको ठेक्का प्रक्रिया अगाडि बढाउन प्राविधिक मूल्याङ्कनको काम भइरहेको इञ्जिनियर ढकालले बताए । उनले यसवर्षको बर्खा लाग्न सुरु भएकाले कालोपत्रको काम नहुने बताए । कालोपत्र गर्न बर्खामा नमिल्ने हुँदा असोजपछि मात्रै काम हुने उनको भनाइ छ । पहिलो खण्डको काम सम्पन्न गर्न सुरुमा ३९ करोड ७१ लाखमा सम्झौता गरेकामा उक्त लागत बढेर ४३ करोड ६५ लाख पुगेको इञ्जिनियर ढकालले जानकारी दिए । अहिले निर्माण कम्पनीले काम गरे पनि अपेक्षा अनुसार गर्न नसकेको उनको भनाइ छ ।

हालसम्म पाँचौँ पटक म्याद थप गरेको हुँदा आगामी पुस मसान्तसम्म जसरी पनि सक्नुपर्ने भन्दै दबाब दिएको इञ्जिनियर ढकालले बताए । उहाँका अनुसार यस खण्डमा २० प्रतिशत मात्रै काम गर्न बाँकी छ । ‘पहिलो खण्डअन्तर्गत उपल्लाचौरबाट कोपिला घुम्तीसम्मको काम भइरहे पनि अपेक्षा अनुसार भएको छैन । यी दुई खण्डकै काम धेरै अगाडि सकिनुपर्ने हो, तर निर्माण कम्पनीको लापरबाहीले अहिलेसम्म सकिन सकेको छैन’, इञ्जिनियर ढकालले भने, ‘पहिलो खण्ड ८० र दोस्रो ७४ प्रतिशत मात्रै काम भएको छ, दोस्रो खण्डको केही दिनमै ठेक्का प्रक्रिया अगाडि बढ्ने छ ।’

लोकमार्ग खुलेको डेढ दशक बित्दा पनि कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको काठेखोला–५ का नन्दप्रसाद कँडेलले बताए । बर्खामा हिलो र हिउँदमा धुलोका कारण सडक छेउछाउका बस्तीनै विस्थापित हुनुपरेको उनले गुनासो पोखे । हिउँदमा सडकको धुलोले घरै पुरिने हुँदा स्थानीयले घर सम्पत्ति छोडेर भाग्नु परेको कँडेलको भनाइ छ । राज्यले काम नगर्ने ठेकेदारलाई कारबाही नगर्दा यो स्थिति आएको उनले बताए ।

Previous Post

नाट्टा अध्यक्षमा थपलिया

Next Post

बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In