• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

    कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केराखेतीबाट तीन करोड आम्दानी

by
२६ जेष्ठ २०८१,
0
केराखेतीबाट तीन करोड आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी । बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गरेका छन् । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गरेका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गरेका छन् ।

यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताए । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रूपमा केराखेती विस्तार गरेको उनको भनाइ छ । कार्कीले अहिले वार्षिक छ लाख बढी आम्दानी हुने गरेको जानकारी दिए ।

कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गरेका छन् । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उनले बताए । ‘केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ ।

एउटा बोट लगाएपछि आफैँ घारीको रूपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रूपमा १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ’, उनले भए ।

खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आएका छन् ।

बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब दुई सय ५० किसानले छ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिइन् । उनीका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।

गत वर्षमा केरा बिक्री गरेर गाउँमा तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिइन् । ‘गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरू उत्साहित बनेका छन्’, उनीले भनिन्, ‘उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।’

यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताइन् । उनीका अनुसार खबरा क्षेत्रमा परम्परागत रूपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो ।

गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।

गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गतवर्ष नगरपालिकाको ११ लाख र किसानको ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र आँैजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिइन् ।

उनीका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले छ लाख र समुदायको छ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उनीले जानकारी दिइन् ।

केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताइन् ।

गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उनीको भनाइ छ ।

Previous Post

बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

Next Post

दैजीछेला औद्योगिक क्षेत्र चर्चामै सीमित

सम्बन्धित खबर

कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै
आर्थिक

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

५ असार २०८३,
भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो
फिचर-ब्यानर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

५ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
Load More
Next Post
दैजीछेला औद्योगिक क्षेत्र चर्चामै सीमित

दैजीछेला औद्योगिक क्षेत्र चर्चामै सीमित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In