• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

by
२४ जेष्ठ २०८१,
0
महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघमा पछिल्लो समय पूरा भाडभैलो मच्चिएको छ । महासचिव रोशन पुरीले आफू आगामी अध्यक्षमा जित्ने गरी जिल्ला जिल्लामा पत्रकारै नभएका माओवादी कार्यकर्ताहरुलाई सदस्य बनाएका छन् । जिल्ला शाखा र प्रदेश समितिले सिफारिस नै नगरेका मानिसहरु जो पत्रकारितामै छैनन् त्यस्तलाई प्रत्येक जिल्लामा रोशन पूरीले थपेका छन् । त्यस कारण सदस्यता विवाद टुंिगन मुश्किल परेको छ ।

महासंघका एकजना पदाधिकारीले सदस्यता शुद्धिकरणको जिम्मेवारी लिएका महासचिव नै गैर पत्रकारहरुको हुललाई महासंघमा छिराउने प्रपञ्च रचेपछि सिंगो केन्द्रीय समिति त्यस विरुद्ध खनिएको छ । माओवादीको भातृ संगठन प्रेस सेन्टर बाहेक प्रेस युनियन, प्रेस चौतारी, प्रेस मञ्च, समाजवादी प्रेस जस्ता सबै संघ संस्थाले महासचिवले तयार पारेको लिस्टलाई नस्विकार्ने भनिसकेका छन् । पुरी यस पटक अध्यक्षमा उठ्ने तयारी गरेका छन् ।

सेन्टरले उनलाई सार्ने पक्का पक्की छ । प्रेस युनियनका तर्फबाट रमेश विष्ट बलियो उम्मेदवारका रूपमा छन् । युनियन भित्र उनले अर्को प्रतिस्पर्धी नै छैन । केन्द्रीय सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्मको अनुभवले उनका अगाडि पुरी धेरै कमजोर उम्मेदवार छन् । विष्ट देशैभर चनिएका र काठमाडौंमा राम्रो भोट पकड भएको व्यक्ति हुन् । उनले चौतारी, सेन्टर र राजावादीको भोट तान्न सक्छन् ।

पार्टीमा शेरबहादुर देउवासँगको सम्बन्धका कारण युनियनले जसरी पनि उनलाई नै उम्मेदवार बनाउने देखिएको छ । विष्टलाई बलियो उम्मेदवारका रूपमा देखेपछि सेन्टर तर्सिएको छ । गोविन्द आचार्यपछि दोस्रो अध्यक्ष बनाउने पालो कुरेर बसेको सेन्टरले पुरी मार्फत सदस्यतामा खेलेको छ ।

विष्टलाई टक्कर दिने उद्देश्यले सेन्टरले गरेको ग्रान्ड डिजाइन अनुसार पुरीले काम गरेका छन् । हरेक जिल्लामा शाखाको निर्वाचन समिकरणलाई समेत प्रभावित पार्ने गरी माओवादी कार्यकर्तालाई महासंघको सदस्य बनाएका छन् ।

महासंघका एकजना पदाधिकारीका अनुसार प्रदेशले गत वर्ष भदौमै बुझाएको सदस्यता नामावलीलाई पुरीले महिनौसम्म लुकाएर राखे । कुनै पदाधिकारी वा संगठन समितिमा पनि छलफल गर्न ल्याएनन् । गोप्य रूपमा उनले शुद्धिकरणको काम गर्दै होलान भनेको त युनियन र चौतारीका सदस्यलाई शुद्धिकरणका नाममा काट्ने र आफ्नो थप्ने गरेका रहेछन् । सेन्टरबाट विगतमा गोविन्द आचार्य उपाध्यक्ष भएकै बेलादेखि माओावदी कार्यकर्तालाई हुलका हुल सदस्यता दिने क्रम सुरु भएको त्यतिबेलाकै पदाधिकारी बताउँछन् ।

त्यसपछि सेन्टरबाट ओम शर्मा र उजिर मगर महासचिव हुँदा पनि त्यो क्रम बढाइयो । अघिल्लो कार्यकालमा त्यतिबेलाका महासचिव रमेश विष्टले भने सदस्यतामा माओवादीको चल्न दिएनन् । त्यतिबेलाका अध्यक्ष गोविन्द आचार्यको हस्तक्षेपलाई समेत अस्विकार गरेर विष्टले सदस्यतामा सन्तुलित काम गरेकैले पहिलो पटक प्रत्यक्ष चुनावव हुँदा पनि कुनै प्रकारको समस्या उत्पन्न भएन । उतिबेला केन्द्रीय सदस्य र अहिलेका एकजना पदाधिकारीले त्यस कारणपनि निर्वाचनको परिणाम युनियनको पक्षमा आएको दावी गर्छन । अहिले त बिजोग बनाएका छन् ।

अध्यक्ष विपुल पोखरेल रबर स्टाम्प छन् । महासचिवले उनलाई घुमाएको जे भनेपनि हस्ताक्षर गरिदिने उनको व्यवहारले थप समस्या देखिएको उनै पदाधिकारीले बताए । पुरीले गरे अनुसारको सदस्यता नै स्विकृत भए सेन्टर एक नम्बरको स्थितिमा पुग्ने छ । उसको बार्गेनिङ पावर बड्छ । चौतारीसँगको समबन्ध टाडिएका बेला पुरी र उनको टिमले चौतारीको सदस्यमाथि धेरै कैची चलाएका छन् । उनले चौतारीलाई कमजोर बनाउने, युनियनलाई पनि घटाउने र युनियनसँग गठबन्धन गरेर अध्यक्ष लिने उता चौतारी पनि कमजोर भएको मौकमा जित्ने दाउ लिएका थिए ।

तर, राजनीतिक समिकरण फेरिएपछि उनलाई अप्ठ्यारो छ । चौतारीले अध्यक्ष नछोड्ने स्थितिमा पुरीको योजना फेल हुने भएपछि उनले विवाद समाधान तर्फ प्रयत्न नै गरेका छैनन । महाधिवेशनमा जेठ २६ गते निर्वाचन गराउने मिति उनैले प्रस्ताव गरेर तोकाएका थिए । त्यसले महासंघमा वैधानिक संकट समेत निम्तिएको छ । २६ गते चुनाव हुन गइरहेको छैन । महाधिवेशनले तोकेको मितिलाई कस्ले रद्द गर्ने वा त्यसलाई कसरी सार्ने ठूलो वैधानिक दुविधा छ । वैधानिक संकट देखाएर सरकारबाट महासंघमा तदर्थ समिति घोषणा गराउने दाउपनि सेन्टरले रचि रहेको छ ।

वरिष्ठ उपाध्यक्ष विष्टको सल्लाहमा महासंघका केही पदाधिकारी र सदस्यहरु पुरीको योजना बुझेर त्यस विरुद्ध सजग छन् । तर, अध्यक्षलाई के को लोभ देखाइएको छ, थाह छैन । उनी त माओवादीले जे भनिरहेको छ, त्यतै लागेको महासंघमा युनियनका पदाधिकारीहरु कुरा काटिरहेका छन् । अब तोकिएको मितिमा चुनाव हुन नसकेपछि सदस्यता विवादलाई समय लिएर शाखा, प्रदेश र संगठन समितिको परामर्शबाट टुंग्याएर मात्रै चुनावमा जानुपर्ने आवाज युनियन र चौतारीले गर्न थालेका छन् ।

Previous Post

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार

Next Post

टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी शुरुवात

सम्बन्धित खबर

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
Load More
Next Post
टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी शुरुवात

टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी शुरुवात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In