• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सशस्त्र प्रहरी ऐनको मस्यौदा : १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

by
२३ जेष्ठ २०८१,
0
सशस्त्र प्रहरी ऐनको मस्यौदा : १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी विधेयक २०८१’ को मस्यौदा गृह मन्त्रालय पुगेको छ ।

उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवा हद हटाई उमेर हद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान समेटिएको नयाँ ऐनको मस्यौदा सशस्त्र प्रहरी बलले गृहमा बुझाएको हो । केही दिनअघि प्राप्त मस्यौदामाथि गृहले छलफल सुरु गरेको छ ।

१६ वर्षमै निवृत्तिभरण सुविधा दिने विषयमा अध्ययन गर्न मन्त्रालयले सहसचिव झक्क प्रसाद आचार्यको नेतृत्वमा अध्ययन समिति बनाएको छ । यसअघि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि निवृत्तिभरणको उमेर १६ वर्षमै घटाइने बताउँदै आएका थिए ।

हालको ऐनमा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्ष रहेकोमा एक वर्ष घटाएर नयाँ ऐनको मस्यौदामा महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नै पदावधि एक वर्ष घटाउने प्रस्तावसहितको ऐनको मस्यौदा अघि बढाएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ ।

हाल सशस्त्र प्रहरीमा महानिरीक्षक सीधै सरकारले नियुक्त गर्ने व्यवस्था रहेकोमा नयाँ ऐनको मस्यौदामा महानिरीक्षक बढुवाका लागि बढुवा समितिको अवधारणा समावेश गरिएको छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा समितिको प्रस्ताव गरिएको हो ।

यसैगरी मस्यौदामा एआइजीको चार, डिआइजीको पाँच, एसएसपीको ६ र एसपीको आठ जोड दुई वर्ष पदावधिको प्रस्ताव गरिएको छ । आइजिपी अनिवार्य अवकाश हुनुभन्दा १५ दिनअघि अनिवार्य बिदामा बस्नुपर्ने प्रस्ताव गरिएको छ । त्यसअघि बढुवा समितिको बैठक बसेर सिफारिस गर्नुपर्ने व्यवस्था गर्न मस्यौदामा प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी नेतृत्व चयनलाई अनुमानयोग्य बनाई नेतृत्व हस्तान्तरण प्रक्रिया सहज बनाउन ऐनमै यस्तो प्रावधान राखिएको हो ।

मस्यौदामा ३० वर्षे सेवा हदको प्रावधान हटाएर अवकाशको उमेर हद बढाइएको छ । राजपत्राङ्कित अधिकृतको ६० वर्ष, राजपत्र अनङ्कित अधिकृतहरूको ५५, बिल्लादार तथा जवानको ५१ र परिचरको ५५ वर्ष राखिएको छ ।

यसै गरी निवृत्तिभरणको न्यूनतम नोकरी अवधि संशोधन गरिएको छ । राजपत्राङ्कित कर्मचारीलाई २० वर्ष, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकलाई १८ वर्ष तथा अन्य कर्मचारीलाई १६ वर्षमा निवृत्तिभरण हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

हाल सबैको न्यूनतम जागिर अवधि २० वर्ष छ । यो प्रावधान स्वीकृत भएमा निवृत्तिभरणमा उपचार खर्चलगायत सुविधा बढ्ने छ । १५ देखि २० वर्ष सेवामा रही सेवाबाट अलग भएका कर्मचारीले उपचार खर्चमा १० प्रतिशत थप पाउने प्रस्ताव मस्यौदामा गरिएको छ । पदावधिको कारण निवृत्तिभरणका लागि नोकरी अवधि नपुगेमा बाँकी रहेको उमेर अवधिलाई समेत गणना गरेर निवृत्तिभरण दिने प्रावधान मस्यौदामा समेटिएको छ ।

प्रस्तावित ऐनको मस्यौदामा बढुवासम्बन्धी प्रावधान हेरफेर गर्न लागिएको छ । हालको सशस्त्र प्रहरी नियमावलीको प्रावधान अनुसार बढुवा समितिले सय पूर्णाङ्कमा तजबिजीका आधारमा पाँच नम्बर दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर तीन नम्बर मात्र दिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । विभूषणबापतको दुई नम्बर पनि हटाइएको छ । बढुवालाई पारदर्शी बनाउन यस्तो प्रस्ताव राखिएको हो ।

मस्यौदामा कार्यसम्पादन मूल्याङ्कनबापत ४०, ज्येष्ठताको २५, शैक्षिक योग्यताको सात, तालिमको २०, चुनौतीपूर्ण काम गरेको पाँच र बढुवा समितिले तीन अङ्क दिने उल्लेख छ । शैक्षिक योग्यताको सात नम्बरमा कमान्ड एन्ड स्टाफ कलेजबापत दुई नम्बर राखिएको छ । स्टाफ कलेज नगरेका अधिकृतलाई डिआइजीसम्म बढुवा दिने प्रस्ताव पनि मस्यौदामा गरिएको छ ।

एसएसपीसम्मका सशस्त्र प्रहरी कर्मचारीले अवकाशको एक महिनाअघि विशेष बढुवा पाउने व्यवस्था थपिएको छ । न्यूनतम पाँच वर्ष पदावधि पुगेका सशस्त्र प्रहरीलाई यस्तो सुविधा दिन लागिएको छ ।

खेलाडीका लागि छुट्टै पुल दरबन्दी बनाउने प्रस्ताव गरिएको छ । खेलाडी तथा अदम्य साहसका साथ काम गर्ने प्रहरी अब एसपीसम्म विशेष बढुवा हुन पाउने भएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई सङ्गठनले एसपीसम्मको पदमा बढुवा गर्न सक्नेछ ।

सशस्त्र प्रहरीमा भर्नाको उमेर अवधि पनि हेरफेर गर्न मस्यौदामा प्रस्ताव गरिएको छ । साधारण समूहतर्फ इन्स्पेक्टरमा २१ देखि २७ वर्ष, जवानमा १८ देखि २२ वर्ष, परिचरमा १८ देखि २५ वर्ष उमेर राखिएको छ । दरबन्दी रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिने व्यवस्था गरिएको छ । यसै गरी सीमा क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरी बलमा भर्ना गर्दा कोटा दिने प्रस्ताव गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा मर्यादा पालक इकाइ राख्ने र सशस्त्र प्रहरी विशेष अदालतले तीन महिनादेखि एक वर्षसम्म कैद सजाय सुनाउन सक्ने प्रस्ताव गरिएको छ । प्रहरी कर्मचारीलाई विवाह बिदा, असाधारण बिदा, पर्यटन बिदाजस्ता सुविधा थप गरिएको छ । आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले सुधारतर्फ कमान्डमा जाँदा र फर्कँदासमेत सम्पत्ति विवरण बुझाउनुपर्ने नयाँ प्रावधान राखिएको सशस्त्र प्रहरी स्रोतले बतायो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नयाँ ऐनको मस्यौदामाथि छलफल भइरहेको छ ।

Previous Post

पोखरामा सहकारीपीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

Next Post

महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

सम्बन्धित खबर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट
फिचर-ब्यानर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

२ जेष्ठ २०८३,
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
खेलमैदान

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In