• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी ‘पोर्नस्टार’ जसले ट्रम्पलाई जेलको बाटो तय गरिदिइन्

by
२० जेष्ठ २०८१,
0
यी ‘पोर्नस्टार’ जसले ट्रम्पलाई जेलको बाटो तय गरिदिइन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राजनीतिक इतिहासमा कुनै पूर्वराष्ट्रपतिलाई जेलको यात्रासम्म तय गराएकी एक पूर्व‘पोर्न स्टार’ यतिबेला संसारभरि चर्चामा छिन्।

उनी स्टोर्मी ड्यान्यल्सको नामले चिनिन्छन्। तर, उनको असली नाम भने स्टेफनी क्लिफोर्ड हो। अहिले उनी ४५ वर्षकी भइन्।

जवानीका बेला उनी पोर्न फिल्म अभिनेत्री भएर काम गर्थिन्। सन् २००४ देखि उनी निर्देशक र लेखक पनि भइन्। पोर्न उद्योगमा उनले ‘बयस्क’ फिल्मका लागि कैयौ पुरस्कारहरू पनि पाएकी छिन्।

उनी एक स्टेज प्रस्तोता पनि हुन्। उनको नाम रहेको स्टोर्मी शब्द अमेरिकाको एक चर्चित सांगितिक ब्यान्ड मोत्ले क्रुका गिटारिस्ट निक्की सिक्सको छोरीको नाम पनि हो। ड्यान्यल्स भनेको अमेरिकाकै चर्चित ह्वीस्की ब्रान्ड ज्याक ड्यान्यल्सबाट लिएकी थिइन्। त्यसैले पनि उनको कामसँगै उनको नाम पनि चर्चामा रह्यो।

उनका धेरै फिल्महरू हलिउडमा निकै चर्चित छन्।

सन् २००६को जुलाइतिर डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने दौडमा थिए। त्यो बेला ट्रम्प र ड्यान्यल्सको भेट क्यालिफोर्निया नजिकै गल्फ टुर्नामेन्टका बेला भएको थियो।

सन् २०११मा ड्यान्यल्सले ‘इन टच विकली’ पत्रिकालाई दिएको एउटा अन्तर्वार्तामा उनले ट्रम्पले डिनरका लागि अफर गरेको र आफू ट्रम्पको होटल कोठामा गएको बताएकी छिन्। यद्यपि यो अन्तर्वार्ता उनले २०११मा दिए पनि त्यो भने २०१८मा प्रकाशित भएको थियो।

‘जब म ट्रम्पको कोठामा पुगें उनी सोफामा बसेर टेलिभिजन हेरिरहेका थिए’ उनले त्यो अन्तर्वार्तामा ट्रम्प र आफूबीच यौन सम्बन्ध भएको पनि बताएकी छिन्।

त्यो बेला ट्रम्पको सबैभन्दा कान्छा छोरा ब्यारेन जम्मा चार महिनाका थिए। २०१८को मार्चमा एक टेलिभिजनमा ड्यान्यल्सले त्यो सम्बन्धबारे आफूलाई मौन रहन ट्रम्पले कैयौ धम्कीहरू दिएको बताएकी थिइन्। सन् २०११मा पत्रिकामा अन्तर्वार्ता दिँदा पनि ड्यान्यल्सले त्यस्ता धम्कीहरू खेपेकी थिइन्।

सन् २०१८मा अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलले एउटा समाचारमा ट्रम्पका कानुनी सहयोगी माइकल कोहेनले राष्ट्रपति चुनाव हुनुभन्दा एक महिनाअघि १६ अक्टोबरमा ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको खुलासा गरेको थियो। त्यो चुनाव जितेर ट्रम्प अमेरिकाको राष्ट्रपति भएका थिए। त्यो रकम ड्यान्यल्स आफ्नो सम्बन्धका बारेमा चुप रहनका लागि दिइएको थियो।

कानुनीरुपमा यसरी पैसा दिन अमेरिकामा अवैध होइन। तर त्यसको विवरणमा भने झुटा कुराहरू लेखिएको थियो। कुनै गलत उद्देश्यका लागि ड्यान्यल्सलाई दिइएको त्यो रकमबारे आफ्नो कारोबार विवरणहरूमा ट्रम्पले आफ्ना कानुनी सहयोगीलाई नै पारिश्रमिकका रुपमा त्यो रकम दिइएको उल्लेख गरेका थिए। आफ्नो कारोबारको रकममा जालसाजी गर्नु भने अमेरिकामा आर्थिक अपराध मानिन्छ। ट्रम्पमाथि मुद्दा चलेको पनि यही कारण हो।

यस्ता ३४ वटा मुद्दाहरूमा ट्रम्प अहिले दोषी करार भएका छन्। यी सबै फौजदारी मुद्दा हुन्।

उनको सजायबारे अमेरिकी अदालतले आगामी ११ तारिखमा फैसला सुनाउनेछ। अमेरिकी राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन गरिने अमेरिकाका लागि यो पहिलो ऐतिहासिक र आश्चर्यजनक घटना हो।

यद्यपि, जेल जाने सम्भावना नै किन नहोस्, ट्रम्पलाई नोभेम्बरमा राष्ट्रपति जो बाइडनलाई सत्ताच्यूत गर्न आफ्नो लडाईं जारी राख्नबाट रोक लगाइएको छैन। अमेरिकाको कानुनमा जेल परे पनि चुनाव लड्न नपाइने भन्ने प्रावधानहरू छैनन्। ट्रम्प जेल परे पनि उनी चुनाव भने लड्न पाउनेछन्।

ट्रम्पका वकिल टोड ब्लान्चेले आफ्नो टोलीले जतिसक्दो चाँडो उपल्लो अदालतमा अपिल गर्ने तयारी गरिरहेको बताएका छन्।

न्यायाधीश जुआन मर्चनले मिल्वौकीमा हुने रिपब्लिकन नेसनल कन्भेन्सनको चार दिनअघि जुलाई ११ का लागि सजाय सुनाउने आदेश दिएका छन्। बाह्र सदस्यीय निर्णायक मण्डलले दुई दिनसम्म ११ घण्टाभन्दा बढी बहस गरेको थियो र केही मिनेटमै फोरम्यानले सर्वसम्मत निष्कर्ष पढेर सुनाएका थिए।

ट्रम्पमाथि बाइडेनले जितेको सन् २०२० को चुनावको परिणाम उल्टाउन षडयन्त्र गरेको र ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरू जम्मा गरेको आरोप पनि लागेको छ। यद्यपि, राष्ट्रपतिको चुनाव भन्दा पहिले यी मुद्दाहरू सुरु हुने सम्भावना छैन।

म्पले भने आफ्ना आपराधिक सजायको निन्दा गर्दै ‘धेरै अनुचित’ भएको बताएका छन्। उनले यसलाई राजनीतिकरूपमा हमला गर्दै पुनरावेदन गर्ने चेतावनी दिएका छन्।

Previous Post

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

Next Post

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In