• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

by
१९ जेष्ठ २०८१,
0
‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र पर्याप्त आरामका लागि पुरुषको व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो ।

कर्णाली मावि टीकापुरकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउँछिन् । “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ”, उनी भन्छिन्, “यस्तो बेलामा आवश्यक स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिने काममा पुरुष सहयोगी बन्नुपर्छ ।”

उनी अहिलेको परिवेशमा महिनावारी भएका बेला छुवाछूत गर्दा पर्याप्त पानीसमेत खान नपाएर किशोरी तथा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताउँछिन्। “हामी कहिलेकाहीँ विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला लुगामा रगत देखिएमा कक्षाका सबै केटासाथी बाहिर नजाउञ्जेल उठ्न सक्दैनौँ, देखिहाले केटा साथीले जिस्काउँछन्”, उनले भने, “यो सहयोग भयो त? अनि शिक्षकसँग पनि भन्न आँट आउँदैन, केटी साथी वा महिला शिक्षकसँग भन्न सक्छौँ ।”

किशोरीहरु महिनावारीबारे सङ्कोच नमानी कुरा गर्ने वातावरण घर, समुदाय र विद्यालयमा हुनुपर्ने बताउछन् । जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावल महिनावारी प्राकृतिक वरदान भए पनि महिलालाई यो समयमा दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गर्नु राम्रो नभएको बताइन् ।

“म महिनावारी हुँदा मलाई आवश्यक लुगा तथा सामानको जोहो गर्न घरका पुरुषको सहयोग मिल्नुपर्छ । कति बुबा तथा दाजुभाइले बहिनी तथा छोरीका लागि प्याड किन्नुभएको छ रु”, उनले भनिन्, “घरबाटै सहयोग सुरु हुनुपर्छ । पसलमा प्याड किन्न गएका पुरुष देखेर ओहो तपाई किन्न आउनुभएको भनी हास्ने समाज सुध्रनुपर्छ ।”

कर्णाली मावि सत्तीका समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताइन्। “आमा काममा नभएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ”, उनी भन्छिन्, “बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव व्यवस्थापनका लागि रमाइलो वातावरण बनाउने काममा सघाउनुपर्छ ।”

कैलालीका छोरीहरु महिनावारी हुनु पाप नभई उत्सव हो भन्ने कुरा छोरीहरुको मनमा महसुस गराइदिनुपर्ने बताउँछन् । न्यू लाइट एजुकेसन होमकी ओजश्वी भाट महिनावारी हुनु सन्तान जन्माउन वा श्रृष्टि चलाउनका लागि सक्षम हुनु हो भन्ने कुरा छोरीहरुलाई पनि बुझाउनुपर्ने बताउँछिन् ।

“महिनावारीसँगै शरीरमा आउने शारीरिक, मानसिक परिवर्तनबारे ज्ञान दिनुपर्छ, यस्तो बेलामा घर तथा विद्यालयको वातावरण छोरीका लागि सहज हुनुपर्छ”, उनी भन्छिन्, “यसमा परिवार, विद्यालय जिम्मेवार बन्नुपर्छ । महिनावारीका समयमा हामी केही तनावमा हुन्छौँ । यस्तो बेलामा पढाइमा रुचि नलाग्न सक्छ ।”

टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास चिर्न आवश्यक रहेको बताउँछिन् । “हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक छ”, उनले भनिन्, “स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले महिनावारीमा हुने समस्या र समाधानका उपायबारे समुदायमा सिकाउनुपर्छ ।”

महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र सचेतनामा सबै जिम्मेवार बन्नुपर्ने बताइन्छ । वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का कुने रमाइलो दिन, जन्मदिनजस्ता कुरामा छोरीहरुलाई स्यानिटर प्याड गिफ्ट दिने पुरुष हुनुपर्ने बताइन् ।

“घरका महिलालाई प्याड किनेर लगिदिने पुरुष निकै कम भेटिन्छन्”, उनले भनिन्, “प्याड किन्न अर्थ चाहिन्छ, अर्थ पुरुषको स्वामित्वमा हुन्छ, आवश्यक पोषिलो खानेकुरा जुटाइदिने, घरायसी काममा सघाउन पुरुष सहयोगी हुनुपर्छ ।”

Previous Post

धनुषामा गहुँ उत्पादनमा कमी

Next Post

नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै

नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In