• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

    लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

    एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

    एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

    खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

    खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

    माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

    माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

    विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

    विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धूमपान र सुर्तिजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो

by
१९ जेष्ठ २०८१,
0
धूमपान र सुर्तिजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । नेपालमा धूमपान र सुर्तिजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ । विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तिजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सुर्तिजन्य पदार्थको प्रयोगसम्बन्धी ऐनलाई कार्यान्वयन गर्नका लागि सरकारले काम गरिरहेको बताए । उनले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्य रणनीतिमा सुर्तीजन्य पदार्थले गर्दा लाग्ने क्यान्सर र त्यसको उपचार पद्दतिबारे समावेश गरिएको उल्लेख गरे ।

नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य डा प्रदीप बैद्यले युवा जगतमा सुर्तिजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैँ सचेत हुनुपर्ने बताए ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का अनुसन्धान प्रमुख डा प्रदीप ज्ञवालीले नेपालमा कति व्यक्तिलाई क्यान्सर लागेको छ भन्ने बारेमा क्यान्सर पञ्जीकरण गर्नु आवश्यक रहेको उल्लेख गरे । त्यसैगरी स्वास्थ्य विभाग इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा रुद्र मरासिनी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ शोधकर्ता डा विष्णुप्रसाद मरासिनीलगायतले नेपालमा दाँत तथा मुखसम्बन्धी क्यान्सरको छुटै अनुसन्धान आवश्यक रहेको उल्लेख गरे ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले मुखमा हुने क्यान्सरलाई कम गर्न अस्पतालले देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतनाका साथै निःशुल्क स्वास्थ्यजाँच गरिरहेको जानकारी दिए । कलेजका प्राचार्य प्राडा रवीन्द्रमान श्रेष्ठ, ओरल मेडिसिन विभागका प्रमुख प्राडा सिद्धार्थ गुप्ता, दन्त जनस्वास्थ्य विभाग प्रमुख डा सुजिता श्रेष्ठलगायतले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक धेरै मानिसको ज्यान जाने गरेकाले यसलाई रोक्न सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए ।

पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन् । नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८ दशमलव नौ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको तथ्याङ्क छ । त्यसअवसरमा कलेजका विद्यार्थीले धूमपानबाट हुने मुखको क्यान्सरसम्बन्धी नाटक प्रदर्शन गरेका थिए ।

‘सुर्तिजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना

विश्व धूमपानरहित दिवसका अवसरमा आजै कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रमा ‘सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना गरिएको छ । ‘सुर्तीजन्य पदार्थको लतमा लागेका व्यक्तिलाई बानीबाट छुटाउने उद्देश्यले केन्द्र स्थापना गरिएको अस्पतालका निर्देशक डा प्रतिक्षा श्रेष्ठले जानकारी दिए ।

केन्द्रले सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई परामर्श प्रदान, रोकथामका उपाय, निकोटिन पदार्थको वैकल्पिक उपाय सुझाउने र विभिन्न सरोकार भएका निकायसँगको सहकार्यमा विद्यालय तथा समुदायमा सुर्तीजन्य पदार्थको प्रयोग र यसका नकारात्मक प्रभावबारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

Previous Post

नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै

Next Post

आठ वर्षपछि दोदा पुल बन्दै

सम्बन्धित खबर

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद
फिचर-ब्यानर

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

२५ जेष्ठ २०८३,
एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
खेलमैदान

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

२५ जेष्ठ २०८३,
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
समाचार

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

२५ जेष्ठ २०८३,
माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ
समाचार

माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

२५ जेष्ठ २०८३,
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

२५ जेष्ठ २०८३,
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
फिचर-ब्यानर

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

२५ जेष्ठ २०८३,
Load More
Next Post
आठ वर्षपछि दोदा पुल बन्दै

आठ वर्षपछि दोदा पुल बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In