• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भोगटेको फेदमा जन्मेको ‘लेउवासंघ’ : जसले चिनायो लेखनाथलाई

by
२४ मंसिर २०७९,
0
भोगटेको फेदमा जन्मेको ‘लेउवासंघ’ : जसले चिनायो लेखनाथलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि यस क्षेत्रको पहिचान हुन नसकेको वास्तविकता त्यसै बेलादेखि चासो र चर्चामा रहेको यहाँका अगुवा बताउँछन् ।

नगरपालिकाको घोषणासँगै यस क्षेत्रको पहिचान एवं संस्थागत प्रयासलाई अपरिहार्य ठान्दै गरिएका विभिन्न कार्यमध्येको महत्वपूर्ण प्रयास लेखनाथ उद्योग वाणिज्य सङ्घ रहेको सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य बताउँछन् । नगरपालिकाको घोषणा हुनुअघि यस क्षेत्रभित्रका हालका पोखरा महानगरपालिका वडा नं २६, २७, २८, २९, ३०, ३१ र ३२ मा खासै गन्न लायकका उद्योग सञ्चालनमा नआएका अवस्थामा क्रमशः उद्योग व्यवसाय बढ्दै गएको यहाँका स्थानीय सम्झन्छन् । सुरुमा लेखनाथ क्षेत्रमा तोरी, तेल, चकलेट, खाद्यान्न कुटानी, पिसानी फर्निचर आदि उद्योग सञ्चालनमा आएकोमा पछि विस्तारै बिस्कुट, चाउचाउ, साबुनलगायतका उद्योग थपिँदै गएको हो ।

तत्कालीन समयमा यहाँका मुख्य व्यापारिक केन्द्रमा शिशुवा, अर्घौ पौवा, बूढीबजार, बेगनासाताल, गगनगौँडा, सातमुहाने, राजाको चौतारा रहेका थिए । सात तालको सहरका रुपमा तत्कालीन समयदेखि नै चर्चामा आए पनि यहाँका ताल पर्यटकीयरुपमा उपयोग हुन सकेका थिएनन् । कर्माचार्यका अनुसार यिनै वास्तविकताका बीचमा नगरपालिका घोषणा पछि यहाँका उद्योगी व्यवसायीले लेखनाथमा उद्योग वाणिज्य सङ्घको आवश्यकता महसुस गरेका थिए ।

निरन्तरका छलफलसँगै सङ्घ गठन गर्ने कुरामा एकमत भएका व्यवसायीले २०५४ साल असार ३० गते शनिबार बिहान पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा विचित्रमोहन भट्टराईको बगैँचामा भोगटेको बोटमुनि भएको भेलाबाट चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरेका थिए । पछि सोही समितिलाई विधिवत् दर्ता गरिएको थियो ।

सङ्घ स्थापनाको रजत वर्षसम्म आइपुग्दा त्यसबीचमा यसले उद्योग व्यवसाय क्षेत्रको विकासमात्र नभई समग्र लेखनाथको पहिचानलाई कायम गराउन उल्लेख्य भूमिका खेलेको छ । सङ्घकै अगुवाइमा यहाँको प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरणलाई जोड दिँदै सुरु गरिएको लेखनाथ महोत्सव १८ औँ संस्करणसम्म आइपुगेको छ ।

प्रत्येक वर्षको चिसो मौसमको पारिलो घाममा गरिने महोत्सवको समयमा खुल्ने सुन्दर मनमोहक हिमालले कास्की र आसपासका मात्र नभई पोखरा घुम्न आउने पर्यटकलाई पनि लठ्याउने गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले बताए । सामान्यतः पुसको दोस्रो सातादेखि एक हप्ताभन्दा बढी गरिने यस महोत्सवलाई लेखनाथवासीले सुरुदेखि नै साथ र सहयोग गर्दै आएको उनले बताए ।

‘लेखनाथ क्षेत्रका सर्वसाधारणले यो महोत्सवलाई अपनत्व गरेका कारण पनि यो महोत्सवको पनि महोत्सव बनेको हो,’ उनले भने, ‘यस वर्ष पनि पुसको ७ गतेदेखि १८ गतेसम्म तालचोकमा महोत्सव गर्ने गरी तयारी गरेका छौँ ।’

लेखनाथ महोत्सवमा विभिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिसँगै स्थानीय उत्पादन र एकै ठाउँबाट घरायसी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण यसप्रतिको आकर्षण र विश्वास बर्सेनि बढ्दै गएको सङ्घका महासचिव उपेन्द्रराज सुवेदी ९राजु०ले बताए ।

पन्ध्र वर्षअघि सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उनले बताए । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ गरिँदै आइएको महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको छ ।

महोत्सवमा बचत हुने रकमबाट प्रदर्शनीस्थल र सङ्घको भवन स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास एवं बेगनासताल, रुपाताललगायतका तालको पर्यटकीयस्थलको प्रवर्द्धन गर्न खर्च गरिने उनले बताए ।

सुन्तला महोत्सवबाट लेखनाथ महोत्सवको सुरुआत भए पनि यस क्षेत्रका हंसपुर, भरतपोखरी, थुम्कीलगायतका स्थानमा रोगका कारण सुन्तला मासिनु यतिखेर चुनौतीका रुपमा देखिएको छ । सङ्घले स्थापनाकालदेखि विभिन्न संस्थासँगको सहकार्यमा २०६२–२०६६ मा स्थानीय आर्थिक विकास कार्यक्रम, २०६४–२०७३ मा एक गाउँ एक उत्पादन कार्यक्रम, २०७०–२०७२ मा एक जिल्ला एक उत्पादन कार्यक्रम र व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट २०५८ सालमा ‘घ’ वर्गबाट उत्कृष्ट सम्मान प्राप्प्त गरेको छ भने २०५९, २०६०, २०६१ र २०६४ सालमा ‘ग’ वर्गको उत्कृष्ट सम्मान पाएको छ । त्यस्तै २०६४ सालमा ‘क’ वर्गमा क्षेत्र वृद्धि भएको सङ्घ २०७५ सालमा ‘क’ वर्गबाट र २०७७ सालमा ‘क’ वर्गबाट महासङ्घ गण्डकी प्रदेश उत्कृष्ट सम्मान प्राप्त गरेको छ ।

सङ्घ स्थापनाको साढे दुई दशक यहाँको पहिचानका लागि महत्वपूर्ण सावित भएको अध्यक्ष आत्रेयको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य आधार बनाएर यहाँका विभिन्न सङ्घ संस्था, आमा समूह, टोल विकास, आर्थिक तथा सांस्कृतिक समूह आदिसँग सहकार्य र समन्वय गर्दै लेखनाथको समृद्धिका लागि सङ्घ निरन्तर लागि रहेको छ,’ उनले भने ।

लेखनाथ क्षेत्रका धार्मिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, पुरातात्विक पर्यटकीयस्थलको संरक्षण र प्रवर्द्धन गर्दै यहाँका मठमन्दिर, कोट भञ्ज्याङ, तालतलैया, दुन बेसी, खेलमैदान नदीनाला आदिको पहिचान संरक्षण र विकाससँगै पर्यटकीय रुपमा जोड्ने लक्ष्यका साथ सङ्घ लागिरहेको उनले बताए । सङ्घकै अग्रसरतामा बेगनास ताल पारीको बराह मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट तथा कार्यक्रम स्वीकृत भएको जानकारी दिँदै अध्यक्ष आत्रेयले करिब १० करोड रुपैयाँ लागतमा सम्पन्न हुने परियोजना सम्पन्न गर्न सङ्घ लागिरहेको बताए ।

– वासुदेव पौडेलरासस

Previous Post

डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

Next Post

मनिपालका तीन तलाबाट खसेर एक महिलाको मृत्यु

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
मनिपालका तीन तलाबाट खसेर एक महिलाको मृत्यु

मनिपालका तीन तलाबाट खसेर एक महिलाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In