• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

by
५ जेष्ठ २०८१,
0
राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिकअनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक वृद्धि दरको भविष्यवाणी गरिएको थियो ।

पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा राम्रो दृष्टिकोण प्रतिबिम्बित गर्दछ ।

चीनका लागि सामान्य वृद्धि हुनेछ । सन् २०२४ मा वृद्धि दर चार दशमलव आठ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२४ जनवरीको पूर्वानुमानमा यो चार दशमलव सात प्रतिशत थियो ।

प्रतिवेदनअनुसार अमेरिकी अर्थव्यवस्था निरन्तर उच्च ब्याज दरहरूका बावजुद उल्लेखनीयरूपमा उत्साहित रहेको छ र यसले अहिलेसम्म मन्दी वा ‘सफ्ट ल्यान्डिङ’ लाई अस्वीकार गर्दै आएको छ । अमेरिकाका लागि नयाँ पूर्वानुमान जनवरीको एक दशमलव चार प्रतिशतको भविष्यवाणीको सट्टा सन् २०२४ मा दुई दशमलव तीन प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको छ ।

प्रतिवेदनमा अन्य विकसित अर्थतन्त्रहरू भन्दा राम्रो प्रदर्शन गर्दै अमेरिकी अर्थव्यवस्था २०२५ मा एक दशमलव सात प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बेरोजगारी दर अपेक्षाकृत अपरिवर्तित रहने छ भने मुद्रास्फीति २०२५ मा दुई दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

भारतको अर्थतन्त्र सन् २०२४ मा छ दशमलव नौ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा शून्य दशमलव सात प्रतिशतले बढी हो । युक्रेन युद्धका बावजुद रुसको वृद्धि दर दुई दशमलव सात प्रतिशतले बढ्ने छ । यो जनवरीको एक दशमलव तीन प्रतिशतको पूर्वानुमानभन्दा अत्यन्त धेरै हो । अर्को प्रमुख उदीयमान बजार ब्राजिलले दुई दशमलव एक प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा आधा प्रतिशतले बढी हो ।

विश्वका अन्य प्रमुख अर्थतन्त्रका लागि जापानको आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतमा अपरिवर्तित रहने अनुमान गरिएको छ । बेलायतको अर्थतन्त्र न्यून–वृद्धि क्षेत्रमा रहेकाले अब शून्य दशमलव चार प्रतिशतको सट्टा शून्य दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यद्यपि सन् २०२४ मा विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धिदर एक दशमलव तीन प्रतिशतबाट संशोधन गरेर एक दशमलव छ प्रतिशत बनाइएको छ । युरोपेली सङ्घ (इयु) को आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतबाट घटेर एक प्रतिशतमा झारिएको छ ।

अफ्रिका र पश्चिमी एसिया अन्य दुई क्षेत्रहरूमा अपेक्षाभन्दा सुस्त वृद्धिको अनुमान गरिएको छ । प्रतिवेदनमा अफ्रिकाको वृद्धि दर तीन दशमलव पाँच प्रतिशतबाट घटाएर तीन दशमलव तीन प्रतिशत बनाइएको छ । पश्चिम एसियामा अब वृद्धि दर दुई दशमलव नौ प्रतिशतको स्थानमा दुई दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ ।

समग्रमा विकासशील अर्थतन्त्र सन् २०२४ मा चार प्रतिशतको सट्टा चार दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यद्यपि विकसित देशहरूका लागि भने चार दशमलव आठ प्रतिशतको पूर्वानुमान गरिएको छ । यो जनवरीमा पूर्वानुमान गरिएको पाँच प्रतिशतभन्दा कम हो ।

सन् २०२४ मा वस्तु तथा सेवाको विश्वव्यापी व्यापार जनवरीमा अनुमान गरिएको दुई दशमलव चार प्रतिशतको तुलनामा तीन दशमलव दुई प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

दृष्टिकोण केवल सावधानीपूर्वक आशावादी रहेको प्रतिवेदनमा चेतावनी दिइएको छ । लामो समयसम्म उच्च ब्याज दर, ऋण दिगोपन चुनौतीहरू, निरन्तर भू–राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमहरूले विकासका लागि चुनौतीहरू खडा गरिरहेका छन् । परिणामस्वरूप कम विकसित देश र साना टापु विकासोन्मुख राज्यहरूको दशकौँको विकास लाभलाई खतरा भएको छ ।

प्रतिवेदनमा आगामी वर्षहरूमा विश्वव्यापी वृद्धिदर सन् २०१०–२०१९ को औसत तीन दशमलव दुई प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ । मध्य वर्षको अद्यावधिक र जनवरी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले तयार गरेको हो ।

Previous Post

यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारीहरू नै नक्कली लाइसेन्स बनाउने कार्यमा लागेपछि….

Next Post

झापामा हात्ती धपाउन अत्याधुनिक ड्रोन प्रयोग गरिने

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
झापामा हात्ती धपाउन अत्याधुनिक ड्रोन प्रयोग गरिने

झापामा हात्ती धपाउन अत्याधुनिक ड्रोन प्रयोग गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In