हाम्रो जीवनमा तनावको क्षणहरु यदाकदा आउने गर्दछन् । पढाइको तनाव, परिवारको तनाव, व्यापारको तनाव, साथीभाइको तनाव, कामको तनाव । यहाँले पनि यस्तै तनाव झोलिरहनु भएको त छैन ? तनाव भौतिक अथवा मानसिक कारणले हुने गर्दछ जस्तो ः ठूलो आवाज, अर्काे प्रकाशमा बस्नु, साह्रौ तातो अथवा चिसो हुनु, एक्स रे तथा अन्य रेडियसन, अन्य औषधीहरु, ब्याक्टेरिया अथवा रसायनहरुको विषाक्त प्रभाव पर्नु आदि ।
तनाव हुनबाट बचन र तनावबाट छुटकारा पाउन भोजनको महत्वपूर्ण भूमिका रहन्छ ।
भिटामिन बी युक्त भोजन सेवन गर्नु लाभदायक मानिन्छ ।
भिटामिन बीका स्रोतहरु ः दुध, कलेजो, अण्डा, माछा, मासु, हरियो सागपात, अन्न, बदाम, सूर्यमुखीको बियाँ, फर्सीको बियाँ, केरा, बन्दा, गहुँको चोकर आदि ।
तनावको बेलामा प्रोटिन बढी खपत हुने हुनाले दिनमा ३–४ पल्ट प्रोटिनयुक्त भोजन सेवन गर्नुपर्दछ ।
मौसमअनुसारका फलफूल र तरकारीहरु प्रशस्त खानुपर्दछ ।
क्याल्सियम, पोटासियम, म्याग्नेसियमयुक्त भोजनको सेवन पनि तनावमा फाइदाजनक मानिन्छ ।
चिया, कफी, रक्सी, चुरोट आदिको सेवनले तनाव बढाउने हुँदा यसको सेवन बन्द गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













