• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै

by
३० बैशाख २०८१,
0
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट । पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छ भने कतै मूल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो ।

पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण पानीका मुहान सुक्दै गएका कारण संरक्षणका लागि पहल थालिएको हो । तीन वर्षअघि मात्रै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको थियो ।

मुहान भासिएर तल जाने समस्या भएपछि मुहान संरक्षण आवश्यक रहेको प्राविधिकहरुको भनाइ छ । कार्यालयले मुहान सुक्दै जान थालेपछि संरक्षणका लागि सिगानाबाट अभियान सुरु गरिएको थियो । छरछरे खानेपानी आयोजनाको मुहान मोटरबाटोका कारण भासिन थालेपछि रु चार लाख बजेटमा संरक्षण गरिएको थियो । मुहान चुहावट नहुने प्रविधिका साथ पक्की रुपमा नै संरक्षण गरिएको थियो ।

यस्तै, काठेखोला गाउँपालिका–४ तङ्ग्रामका खानेपानीका मूल सुक्न थालेपछि तङ्ग्राम गाउँको धुरीमा रहेको खोरताललाई संरक्षण गरी ‘रिचार्ज’ पोखरीका रुपमा विकास गर्न गत वर्षदेखि काम थालिएको छ । गण्डकी प्रदेश सरकारको रु ३० लाख बजेटमा उक्त पोखरीको संरक्षण गर्न थालिएको जनाउँदै पोखरीमा पानी जम्मा भएमा पोखरीमुनिका मुहान बिस्तारै रसाउँदै जाने स्थानीयको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले थालेको मुहान संरक्षण अभियानलाई बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षबाट साथ दिएको छ । बागलुङ–३ स्थित रुम्टामा रहेको खानेपानीको मुहान संरक्षण गरी सङ्कलन गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको हो ।

अहिले वडा कार्यालयअन्तर्गत रुम्टामा मुहान संरक्षण, गहतेमा खानेपानी धारा व्यवस्थापन र हनुमानपौवामा आउने पानीको मुहान संरक्षण गरी नयाँ खानेपानीको धारा ल्याइएको वडाध्यक्ष सनी केसीले जानकारी दिए। उनले थोरै लागतमा प्रभावकारी कामका लागि चौतारी संरक्षण, मुहान संरक्षण तथा पुरानो धारा संरक्षणको कामलाई अभियानका रुपमा लिइएको बताए ।

“चौतारी मासिए, वरपीपल मासिए मुहान सुक्दै गए, बागलुङ बजारवासीले नियमित रुपमा खानेपानी लैजाँदै आएका खानेपानीका मुहान संरक्षण गर्न थालिएको हो, रुम्टाका स्थानीयको सक्रियतामा मुहानलाई नचुहिने बनाएर पानी सङ्कलन गरिएको छ”, अध्यक्ष केसीले भने, “हामीले सडक, भवन मात्रै विकास देखिरहेको सन्दर्भमा रु एक लाखभित्रै ठूलो काम गर्न सकिने योजनामा समेत हाम्रो ध्यान छ, चौतारी संरक्षण तथा मर्मत, हनुमानपौवा मुहान, रुम्टा मुहान र गहते धारा संरक्षणमा जम्मा रु ८० हजार खर्च भएको छ तर हजाराँै बागलुङवासीको तिर्खा मेटाउन सहज भएको छ ।”

‘एक घर, एक धारा’ अभियान आए पनि रुम्टामा खानेपानीका लागि कुवामा दिनभर गाग्री भर्नुपर्ने बाध्यतालाई वडा कार्यालय र स्थानीय जनश्रमदानबाट मुहान संरक्षण गरी पानी सङ्कलन गर्ने व्यवस्था मिलाइएको रुम्टा गदौरेखोला मुहान संरक्षणमा सक्रिय स्थानीय सरेश विकले बताए । उनले वडा कार्यालयको रु ४० हजार र स्थानीयको जनश्रमदान र रु १३ हजार सहयोग सङ्कलन गरी मुहान संरक्षण गरिएको जानकारी दिए।

उनले पहराबाट निस्किएको मुहान सडक छेउमै भएका कारण भासिन थालेपछि संरक्षण गरिएको जनाउँदै सडमा हिँड्ने पैदल यात्रुलाई सहज भएको बताए । संरक्षण गरिएको मुहानको पानी निकै मीठो भएकाले बागलुङ बजारबाट पानी भर्न आउने गरेका छन् । मोटरबाटोका कारण मुहान भासिँदै गएका कारण सम्भावित खानेपानीको अभाव सिर्जना हुन सक्ने भन्दै मुहना संरक्षण गर्न थालिएको हो ।

बागलुङमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा र भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेका छन् । खानेपानीका मुहान सुक्न थालेर खानेपानीको आपूर्ति असहज भएपछि बागलुङ नगर खानेपानीले समेत लिफ्टमार्फत खानेपानी वितरण गरिरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केबी रानाले जानकारी दिए।

Previous Post

‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’

Next Post

रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

सम्बन्धित खबर

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
आवाज

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

१० बैशाख २०८३,
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
आवाज

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

१० बैशाख २०८३,
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
आवाज

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

१० बैशाख २०८३,
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
आर्थिक

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

१० बैशाख २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

१० बैशाख २०८३,
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
आर्थिक

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

१० बैशाख २०८३,
Load More
Next Post
रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In