महादेव गोविन्द रानाडे जब सानै थिए तब उनी आफ्ना केही साथीहरुसँग चौपड (एक खेल) खेल्न सौखिन थिए । एक दिन उनका साथी चौपड खेल्न गएनन् तब रानाडेले आफ्नो आँगनमा रहेको निर्जीव खम्बाको तर्फबाट दायाँ हात र आफ्नो तर्फबाट बायाँ हातले खेल खेल्न थाले । उनको दायाँ हातले बायाँ हातलाई हराइदियो ।
रानाडेकी फुपू उनको नजिकै बसेर यो सबै हेरिरहेकी थिइन् । उनी मुस्कुराउँदै बोलिन्— अरे गोविन्द, कमाल भयो, तिमीले एक निर्जीव खम्बासँग हा¥यौ ।
फुपूको कुरा सुनेर उनले भने, हो फुपू म यो खम्बासँग हारेँ, किनकि मलाई दायाँ हातले खेल्ने अभ्यास छैन ।
उसोभए तिमीले आफ्नो लागि किन दाहिने हातले नखेलेको ? फुपूले सोधिन् ।
किनकि यस्तो गरेको भए अन्याय हुनेथियो, विचरा खम्बाले केही बोल्न सक्दैन । यदि मैले यसको चाल देब्रे हातले चलेको भए यो सरासर बेइमानी हुन्थ्यो । अब सबैले मलाई खेल्न आउँदैन भन्नेछन् । किनकि मैले खम्बासँग हारेँ । तर कसैले मैले बेइमानी गरे त भन्दैनन् ।
उनकी फुपू सानो बालकको मुखबाट यस्तो कुरा सुनेर खुशी भइन् ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













