• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वको हतियार विक्रिमा लगातार सातौं बर्ष वृद्धि, युक्रेन युद्धको देखिएन असर

by
२२ मंसिर २०७९,
0
युक्रेनलाई जर्मनीले दियो अत्याधुनिक वायु रक्षा प्रणाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वभर हतियार बिक्री लगातार सातौं वर्ष बढेको छ । रूस(युक्रेन युद्धको कारण आपूर्ति अवरोधले हतियार व्यापारमा भने कुनै प्रभाव देखिएको छैन ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ तथ्याङ्कअनुसार सन् २०२१ मा विश्वका १०० ठूला रक्षा कम्पनीहरूद्वारा हतियार र सैन्य सेवाको बिक्री १.९ प्रतिशतले बढेर ५९२ बिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

सिप्रीले जारी गरेको हतियार उद्योग डाटाबेसमा सन् २०१९-२०२० मा १.१ प्रतिशतको वृद्धिले हतियार बिक्री बढेको लगातार सातौं वर्ष भएको बताएको छ । सिप्रीले आपूर्ति शृङ्खलाको स्थिरता र रुस–युक्रेन युद्धका कारण हतियारको व्यापारमा कमी आउने अनुमान गरेका थियौं ।

कम हतियार बिक्री अपेक्षित थियो

सिप्री सैन्य खर्च र हतियार उत्पादन कार्यक्रमका निर्देशक लुसी बेराउड(सुड्रेउले हतियार बिक्रीमा थप वृद्धिको आशा गर्न सकिने बताएका छन् । उनले आपूर्ति शृङ्खलाको अवरोधले हतियारको व्यापारलाई असर नगरेको द्केहिएको उनले बताए ।

धेरै हतियार कम्पनीहरूको सन् २०२१ मा आफ्नो बिक्री केही हदसम्म प्रभावित भए पनि पूर्ण रूपमा नरोकिएको देखिएको छ । एयरबस र जनरल डाइनामिक्स जस्ता केही कम्पनीहरूले श्रमिक अभावको कुरा गरेका छन् । उनीहरुले अर्डर रहेको, तर बनाउनको लागि पर्याप्त मात्रामा मानिसको अभाव रहेको उनीहरुले बताएका छन् ।

रुस–युक्रेन युद्धको असर देखिएन

सिप्रीको प्रतिवेदनमा फेब्रुअरीमा युक्रेनमा रूसको आक्रमणले विश्वभरका हतियार उत्पादकहरूको विश्वव्यापी आपूर्ति श्रृंखलालाई असर गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ । रुस पश्चिमी देशहरूलाई हतियार उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको महत्वपूर्ण आपूर्तिकर्ता थियो । यस्तो अवस्थामा यसले अमेरिका र युरोपेली देशहरूको सेनालाई बलियो बनाउने सपना चकनाचुर पार्न सक्ने अनुमान गरिएको थियो । यी देशहरूले युक्रेनलाई अर्बौं डलरको गोलाबारूद र अन्य आवश्यक उपकरणहरू आपूर्ति गरेका थिए । यस्तो अवस्थामा यी देशका गोदामहरू खाली भइसकेका थिए, जसलाई भर्नुपर्छ ।

विश्वका शीर्ष १०० कम्पनीमध्ये ४० वटा अमेरिकी कम्पनि

सिप्रीका अनुसार सन् २०२१ मा अमेरिकी कम्पनीहरूले २९९ अर्ब डलरको कुल बिक्री गर्नेछन् । विश्वका शीर्ष १०० हतियार उत्पादकहरूको सूचीमा अमेरिकाबाट मात्रै ४० कम्पनी छन् । पछिल्ला केही महिनायता डलरको भाउ बढेको छ । यस्तो अवस्थामा अमेरिकी कम्पनीहरूले कम हतियार बेचेर बढी नाफा कमाएका छन् । यस सूचीमा शीर्ष ५ कम्पनीहरु सबै अमेरिकाका हुन् । जसमा काहिद मार्टिन, रेथियोन टेक्नोलोजी, बोइङ, नर्थरोप ग्रुम्यान र जनरल डाइनामिक्स पर्छन् ।

चीनको फड्कोले विश्व चकित

यस रिपोर्टमा चिनियाँ हतियार कम्पनीहरूको व्यापारले सारा विश्वलाई चकित पारेको छ । १०० कम्पनीहरूको यो सूचीमा ८ चिनियाँ हतियार निर्माताहरू समावेश छन् । कुल मिलाएर, तिनीहरूले १०९ बिलियन डलर मूल्यको हतियार बेचेका छन् । यो गत वर्षको तुलनामा ६.३ प्रतिशतले बढी हो । यी चार निर्माता शीर्ष १० मा समावेश छन् । सिप्रीका अनुसन्धानकर्ता सियाओ लियाङले सन् २०१० देखि चिनियाँ हतियार उद्योगले गति लिएको बताएका छन् । २०२१ मा यसले दुई अवस्थित कम्पनीहरू बीचको मर्जरपछि हतियार बिक्रीमा ११.१ बिलियन उत्पन्न गरेको थियो । चीनको सीएसएससी संसारको सबैभन्दा ठूलो सैन्य जहाज निर्माणकर्ता बनेको छ ।

Previous Post

उधौलीबाट मानव जीवन र प्रकृतिबीचको सम्बन्ध उजागार : राष्ट्रपति

Next Post

मौसमः देशभर चिसो बढ्यो, तराईका केही क्षेत्रमा हुस्सु

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
देशमा मनसुन एक साता लम्बिने

मौसमः देशभर चिसो बढ्यो, तराईका केही क्षेत्रमा हुस्सु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In