• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : सञ्चारमन्त्री शर्मा

by
२१ बैशाख २०८१,
0
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : सञ्चारमन्त्री शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन भनेकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

मन्त्री शर्माले आज शुभकामना सन्देश जारी गरी सञ्चारजगत्लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् ।

सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारण सभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता थप सुनिश्चित गर्ने गरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय–सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको राय–सुझावसमेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,” सन्देशमा भनिएको छ । उनले आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको छ भने आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको बताएकी छन् ।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा सरकार दृढ रहेको, प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका ‘डिजिटल’लगायतका चुनौती कम गर्न ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ जारी गरिएको, नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको बताएकी छन् ।

“पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै सम्झौता गर्ने छैन । विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ”, शुभकामना सन्देशमा मन्त्री शर्माले भनेकी छन् ।

Previous Post

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आज

Next Post

किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !

सम्बन्धित खबर

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
Load More
Next Post
किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !

किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउने गरेको दाबी !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In