• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

by
१९ बैशाख २०८१,
0
रास्वपाका मिलन लिम्बुलाई आफ्नै वडामा केवल ९६ मत !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै उनले साग बेचेरै भएपनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरे । ‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो- पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो । निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ? मेरो जवाफ हुन्थ्यो- सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’, लिम्बुले भनेका शछन्, ‘आज पनि भन्छु- साग बेचेरै भएपनि जनताको सेवा गर्छु ।’

उनले अनैतिक आर्जनबाट जीवन धान्न बानी परेकाहरुलाई यो कुरा अनौठो लाग्नु स्वाभाविकै भएको बताए । ‘प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले (साग बेचेरै भए पनि जनताको सेवा गर्छु) भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन,’ उनले अगाडि भने, ‘जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ट्रोल बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन ।’

  • यस्तो छ उनको प्रतिक्रियाको पूर्णपाठ

साग पसल खोल्दै छु-
निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?

मेरो जवाफ हुन्थ्यो-
सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले ‘साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन ।

इलाम र कृषि उत्पादन
इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो । तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन । उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ । यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ ।

साग पसल खोल्दै छौँ
हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ यसका सम्भावित बजारबारे अध्ययन भएको छ। हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।

साग बेचेर के हुन्छ ?
हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

राजनीति पेसा होइन । राजनीतिलाई पेसा बनाउनु हुँदैन । म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु ।

भन्दै आएको थिए-

  • म अकबरे उम्मेदवार हुँ
  • म अलैँची उम्मेदवार हुँ
  • म अम्लिसो उम्मेदवार हुँ
  • म ओलन उम्मेदवार हुँ

अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ । र, आज पनि भन्छु- साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

Previous Post

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

Next Post

भाजपाकाे चुनावी अभियान अवलाेकनका लागि पुगे नेपालका यी दलका नेता

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
भाजपाकाे चुनावी अभियान अवलाेकनका लागि पुगे नेपालका यी दलका नेता

भाजपाकाे चुनावी अभियान अवलाेकनका लागि पुगे नेपालका यी दलका नेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In