एउटा व्यक्तिलाई एकैसाथ यति धेरै आपत आइलाग्यो कि उसले आत्महत्या गर्नुबाहेक अरु कुनै उपाय नै देखेन । अफिसबाट फर्केर उसले श्रीमतीसँग भन्यो—
मेरो जीवनको केही अर्थ छैन …मैले यत्रो वर्ष केही गर्न सकिनँ । अब बगैँचाको रुखमा झुन्डिएर मर्छु । मैले अब जीवनमा केही गर्नु छैन ।
श्रीमतीले भनी ः के तिमी पागल भयौ र अहिले नै मर्न खोज्छौ ? जिन्दगीमा तिमीले अझ धेरै गर्नु छ ….तिमीले यो फ्ल्याटको किस्ता तिर्नु छ… कारको किस्ता बुझाउनु छ…, किचेनको पेन्टिङ आधा मात्र गरेका छौ, त्यो पूरा गर्न बाँकी छ, बिहान आँगन आधामात्र सफा गरेका छौ, त्यो पूरा गर्न बाँकी छ । अझ मेरो इच्छा त कति छ कति त्यो पनि……।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













